शनिबार, फाल्गुन १०,२०८१ 10:03:35
IME remit
  • शनिबार, फाल्गुन १०,२०८१ 10:03:35
IME remit
Global IME Bank Limited

तीन बीमा कम्पनीको मात्रै सेयरभाउ बढ्यो, सर्वाधिक गुमाउनेमा सानिमा जिआइसी इन्स्योरेन्स

Hyundai Nepal
तीन बीमा कम्पनीको मात्रै सेयरभाउ बढ्यो, सर्वाधिक गुमाउनेमा सानिमा जिआइसी इन्स्योरेन्स
Nabil Bank Limited

काठमाण्डौ । साताको दोस्रो कारोबार दिन सेयरबजारमा दोहोरो अंकको गिरावट आएको छ । नेप्से परिसूचक २०.४६ अंकले घटेर २६६१.०९ विन्दुमा कायम भएको छ । नेप्सेमा सूचीकृत ३२५ कम्पनीको ४ करोड ७७ लाख ९० हजार ८३७ कित्ता सेयर किनबेच हुँदा १९ अर्ब ६० करोड रुपैयाँमाथिको कारोबार भएको छ । नेप्सेमा रहेका १३ वटा उपसूचकमध्ये आज फाइनान्स र हाइड्रो उपसूचकमात्रै बढेको छ भने अरु उपसूचक राताम्य भएका छन् । 

बीमा समूहका दुईवटै उपसूचक घटेको छ । जीवन बीमा समूह १.९७ प्रतिशत र निर्जीवन बीमा समूह १.०६ प्रतिशतले घटेको छ । बीमा समूह घट्दा आज ३ वटा बीम कम्पनीको मात्रै सेयरभाउ बढेको छ । सर्वाधिक सेयरमूल्य बढ्ने कम्पनीमा सिद्धार्थ प्रिमियर इन्स्योरेन्स रहेको छ । कम्पनीको सेयरभाउ ३.५४ प्रतिशतले बढेर ९६५ रुपैयाँ पुगेको छ । त्यस्तै, आरबीसीएलको १.०७ प्रतिशतले बढेर १८ हजार ३०० रुपैयाँ र नेशनल लाइफ इन्स्योरेन्सको १.३२ प्रतिशतले बढेर ६९० रुपैयाँ पुगेको छ । 

Shivam Cement
CG Motors
Sagarmatha Cement

आज सर्वाधिक गुमाउने वा सेयरमूल्य घट्ने बीमा कम्पनीमा सानिमा जिआइसी इन्स्योरेन्स रहेको छ । कम्पनीको सेयरभाउ ५.१० प्रतिशतले घटेर ६८८ रुपैयाँ कायम भएको छ । त्यस्तै, सानिमा रिलायन्स लाइफको ३.८१ प्रतिशत, आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सको ३.५५ प्रतिशत, हिमालयन लाइफको ३.४५ प्रतिशत, हिमालयन एभरेष्टको ३.४५ प्रतिशत, सुर्यज्योति लाइफको ३.३५ प्रतिशत, प्रभु इन्स्योरेन्सको ३.१२ प्रतिशत, प्रभु महालक्ष्मी लाइफको ३.११ प्रतिशत, आइएमई लाइफको २.८८ प्रतिशत, युनाइटेड अजोडको २.८२ प्रतिशत, एलआइसी नेपालको २.७९ प्रतिशत र एशियन लाइफको २.०३ प्रतिशतले घटेको छ । 

यसका साथै एनएलजी इन्स्योरेन्सको १.९३ प्रतिशत, सिटिजन लाइफको १.८२ प्रतिशत, हिमालयन रि इन्स्योरेन्सको १.७९ प्रतिशत, रिलायबल नेपाल लाइफको १.७१ प्रतिशत, सन नेपाल लाइफको १.६९ प्रतिशत, नेको इन्स्योरेन्सको १.४२ प्रतिशत, शिखर इन्स्योरेन्सको १.०६ प्रतिशत, नेपाल लाइफको ०.७२ प्रतिशत, सगरमाथा लुम्बिनी इन्स्योरेन्सको ०.६० प्रतिशत र नेपाल पुनर्बीमा कम्पनीको ०.३३ प्रतिशतले सेयरमूल्य घटेको छ ।

Nepal Investment Mega Bank Limited
IME remit
Shivam Cement
New Office
Bizshala
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.