सोमबार, श्रावण १८,२०८३ 11:44:33
Bizshala
  • सोमबार, श्रावण १८,२०८३ 11:44:33
Bizshala
Global IME Bank Limited

सेयर बजारमा करिब ३% को उछाल, कारोबार एक वर्षकै उच्च

सेयर बजारमा करिब ३% को उछाल, कारोबार एक वर्षकै उच्च
New Office

काठमाण्डौ । साताको अन्तिम कारोबार दिन आज पनि नेपाल स्टक एक्सचेञ्च (नेप्से) परिसूचकमा उछाल आएको छ । आज नेप्से परिसूचक २.७१ प्रतिशत अर्थात ७५.८४ अंकले बढेर २ हजार ८७०.६३ विन्दुमा पुगेको छ ।

यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि २.२९ प्रतिशतले बढेर ५००.४९ विन्दुमा पुगेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३११ वटा स्क्रिप्टको ३ करोड ८६ लाख ३४ हजार ३५० कित्ता सेयर १६ अर्ब ५९ करोड २१ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको  छ ।

आजको कारोबार एक वर्ष अर्थात गत वर्षको भदौ ११ पछिकै उच्च हो । गत वर्षको भर्दौ ११ गते  १८ अर्ब ६५ करोड बढीको कारोबार भएको थियो । 

आजको बजारबारे बजार जानकार निमानन्द कंडेल भन्छन्,  ‘असारको क्लोजिङ सकिएका कारण आज बजारमा उछाल आएको हो । साउन तथा भदौलाई प्राय लगानीको सिजनको रुपमा समेत लिइन्छ । आज नयाँ र पुराना सबै लगानीकर्ता सक्रिय भएका कारण बजारमा राम्रो अंकको सुधार देखिएको छ ।’

यसका साथै अर्थ समितिले पनि राष्ट्र बैंकलाई बैंक तथा वित्तीय संस्थाप्रति लचक हुन निर्देशन दिएका कारण पनि बजारमा सुधार आएको उनको बुझाई छ ।  

अर्का बजार जानकार गोविन्द प्रसाद घिमिरेले लामो समयपछि आज लगानीकर्ताकाक लागि सुखद दिन रहेको बताए । ‘लचक मौद्रिक नीति र लगानीकर्तामा बढेको आत्मविश्वासका कारण नेप्से परिसूचकमा हरियाली छाएको छ । बजारले सहजै २८ सय विन्दुको मनोवैज्ञानिक आधार पार गरेका कारण नयाँ उचाईको सम्भावना समेत रहेको छ ।’

कम्पनीहको चौथौ त्रैमासिक प्रतिवेदनले बजारको आगामी दिशा तय गर्ने उनले बताए ।  

यो दिन नेप्सेमा सूचीकृत १३ वटै समूहमा हरियाली छायो । आज अन्य समूहमा उछाल आएको छ । अन्य समूह आज ५.३७ प्रतिशतले बढ्यो । यस्तै बैंकिङ समूह १.८७, विकास बैंक २.०५, फाइनान्स ३.०६, होटल २.८०, हाईड्रो ३.१५, लगानी ३.३३, जीवन बीमा ३.१९, उत्पादन तथा प्रशोधन २.९३, लघुवित्त २.६७, म्युचुअल फण्ड ०.२४, निर्जीवन बीमा २.४० र व्यापार समूह १.९१ प्रतिशतले बढ्यो ।  

धेरै कारोबार गर्ने कम्पनीहरु

यो दिन नेपाल पुनर्बीमा कम्पनीको सर्वाधिक सेयर कारोबार भयो । यो कम्पनीको आज ८४ करोड ४२ लाख रुपैयाँ बढीको सेयर कारोबार भयो । यो दिन बुटवल पावरको पनि ६० करोड ६८ लाख, राधी विद्युत कम्पनीको ५६ करोड ७४ लाख, सानिमा माई हाईड्रोको ४२ करोड ६१ लाख र ङादी ग्रुप पावरको ४१ करोड १७ लाख बढीको सेयर कारोबार भयो ।  

धरै कमाउने र गुमाउने कम्पनीहरु

आज नेप्सेमा कारोबार भएका ४ वटा कम्पनीको सेयरमूल्यमा अपर सर्किट लाग्यो । आज ट्रेड टावर,शुभम् पावर,थ्रीस्टार हाईड्रो र इष्टर्न हाईड्रोको सेयरमूल्यमा अपर सर्किट लाग्यो ।  

बाराही हाईड्रोको सेयरमूल्य पनि आज ९.९० प्रतिशत, बाराही हाईड्रोको ९ र नेपाल पुनर्बीमा कम्पनीको ८.५३ प्रतिशतले बढ्यो ।  

आज एनआईबीएल स्टेबल फण्डको मूल्य सर्वाधिक अर्थात ७.५८ प्रतिशतले घट्यो । एनआईसी एशिया फ्लेक्सी फण्डको पनि ६.२१ र रिलायबल समृद्धि फण्डको ५.७४ प्रतिशतले घट्यो ।  

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.