सोमबार, श्रावण १८,२०८३ 11:41:16
Bizshala
  • सोमबार, श्रावण १८,२०८३ 11:41:16
Bizshala
Global IME Bank Limited

नेप्सेको वृद्धि यात्रा आज पनि जारी, जानकार भन्छन्, ‘आधारभूत र प्राविधिक रुपमा बजार बलियो’

नेप्सेको वृद्धि यात्रा आज पनि जारी, जानकार भन्छन्, ‘आधारभूत र प्राविधिक रुपमा बजार बलियो’
New Office

काठमाण्डौ । साताको दोस्रो कारोबार दिन आज पनि नेपाल स्टक एक्सचेञ्च (नेप्से) मा दोहोरो अंकको उछाल आएको छ । आज नेप्से परिसूचक १.३९ प्रतिशत अर्थात ३७.१३ अंकले बढेर २ हजार ६९०.७२ विन्दुमा पुगेको छ ।

यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि १.५३ प्रतिशतले बढेर ४३८.७८ विन्दुमा पुगेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३०५ वटा स्क्रिप्टको १ करोड ५८ लाख ४५ हजार ४४९ कित्ता सेयर ७ अर्ब ९ करोड ५९ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको  छ ।

आजको बजारबारे बजार जानकार अजयसिंह थापा(जयशम्भु) भन्छन्,  ‘बजारमा लगभग करेक्सन सकिएर पनि ४–५ दिन बजार बढेको छ । यसले अब ठूलो करेक्सन नआउने र बजार ३ हजारदेखि ३२ सयसम्म पुग्न सक्ने देखिन्छ ।’

आधारभूत रुपमा पनि ब्याजदर घट्दो भएकाले र राष्ट्र बैंकले तरलता खिचिरहेका कारणले पनि ब्याजदर अझै घट्न सक्ने थापाले बताए । उनका अनुसार आधारभूत र प्राविधिक रुपमा पनि बजार माथि नै जानेछ ।  

अर्का बजार जानकार दामोदर गजुरेलले पनि आधारभूत र प्राविधिक रुपमा बजार  बलियो अवस्थामै रहेको छ । ‘बोलिङ्गर ब्याण्डमा अप ट्रेण्ड देखिन्छ, म्याक्डिमा बाई सिग्नल देखिन्छ र मनीफ्लो इन्डेक्समा स्मार्ट लगानीकर्ताले सेयर खरिद गरेको देखिन्छ । यस कारण बजारले अप ट्रेण्ड नै लिने सम्भावना देखिन्छ ।’

अहिले रेमिट्यान्स बढेका कारण चाडवाड पछि व्यापार र बचेको पैसा पुनःसेयर बजारमै फर्कने ठम्याई गजुरेलको रहेको छ ।  

यो दिन नेप्सेमा सूचीकृत १३ वटा समूहमध्ये २ वटा बाहेक अन्य सबैमा हरियाली छायो । आज होटल समूहमा सर्वाधिक उछाल आयो । यो समूह आज ३.५० प्रतिशतले बढेर ६ हजार ७४९ विन्दुमा पुग्यो ।  

यस्तै आज वाणिज्य बैंक समूह १.९० प्रतिशत, विकास बैंक १.१९,हाईड्रो १.०५,लगानी १.४६,जीवन बीमा १.११,लघुवित्त १.५१,म्युचुअल फण्ड ०.३४,निर्जीवन बीमा ०.८८ र अन्य समूह २.६१ प्रतिशतले बढ्यो ।  

आज वित्त समूह ०.७१ र उत्पादन तथा प्रशोधन समूह १.२९ प्रतिशतले घट्यो ।  

धेरै कारोबार गर्ने कम्पनीहरु

यो दिन चन्द्रागिरी हिल्सको सर्वाधिक सेयर कारोबार भयो । आज यो कम्पनीको २६ करोड २३ लाख बढीको कारोबार भयो । एनआरएन इन्फ्रास्ट्रक्चरको आज २४ करोड ११ लाख,हिमालयन रि इन्स्योरेन्सको २३ करोड ७८ लाख,नेपाल फाइनान्सको २३ करोड ५१ लाख र गूडविल फाइनान्सको २३ करोड बढ्रीको सेयर कारोबार भयो ।  

धरै कमाउने र गुमाउने कम्पनीहरु

आज नेप्सेमा कारोबार भएका २ वटा कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट लाग्यो । आज थ्रिस्टार हाईड्रो र दोल्ती पावरको सेयरमूल्यमा अपर सर्किट लाग्यो । एनआईसी एशिया फ्लेक्सी फण्डको इकाई मूल्य ८.८० प्रतिशत,जोशी हाईड्रोपावरको सेयरमूल्य ८.४२ प्रतिशत,पिपुल्स हाईड्रो पावरको ७.५९ र पाँचथर पावरको सेयरमूल्य ७.५८ प्रतिशतले बढ्यो ।  

यो दिन इष्टर्न हाईड्रोको सेयरमूल्य सर्वाधिक घट्यो । यो कम्पनीको सेयरमूल्य आज १० प्रतिशतले घट्यो ।  

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.