आईतवार, असार १५,२०८२ 09:43:17
  • आईतवार, असार १५,२०८२ 09:43:17
Global IME Bank Limited

लगातार ५ दिन घट्यो नेप्से, १० वटा समूह राताम्मे

Hyundai Nepal
लगातार ५ दिन घट्यो नेप्से, १० वटा समूह राताम्मे
Nabil Bank Limited

काठमाण्डौ । साताको दोस्रो कारोबार दिन आज पनि नेपाल स्टक एक्सचेञ्च(नेप्से)मा गिरावट आएको छ । आज नेप्से परिसूचक ०.३६ प्रतिशत अर्थात ९.६२ अंकले घटेर २ हजार ६१०.७६ विन्दुमा सीमित बनेको छ ।

यससँगै नेप्से लगातार ५ दिन घटेको छ । आज बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.२८ प्रतिशतले घटेर ४४०.२५ विन्दुमा खुम्चिएको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३१९ वटा स्क्रिप्टको १ करोड ८४ लाख ३७ हजार ९४२ कित्ता सेयर ७ अर्ब ६३ करोड ४१ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको  छ ।

CG Motors
Muktinath Bikas Bank Limited

आजको बजारबारे बजार जानकार अजयसिंह थापा(जयशम्भु) भन्छन्,  ‘बजारमा माहोल खासै राम्रो देखिदैन । सरकारको नीति तथा कार्यक्रममा पनि पूँजी बजारका लागि नयाँ विषय केही आएन । नयाँ स्टक एक्सचेञ्जको विषय समेत रोकियो ।’

नीति तथा कार्यक्रम हेर्दा बजेटमा पनि खासै आशा गर्ने ठाउँ नदेखएिकाले बजार अझै करेक्सन हुन सक्ने उनले दाबी गरे ।  

अर्का बजार जानकार दामोदर गजुरेल भने थापाको विचारमा सहमत देखिएनन् । गजुरेलले भने बजार सकारात्मक नै भएको बताए । ‘अब आउने बजेट र नयाँ गभर्नरको विषयले बजारले फेरि लय लिन सक्छ । राष्ट्र बैंकको आर्थिक तथ्यांकहरु समेत सकारात्मक छन् । यसकारण बजार सकारात्मक रहने देखिन्छ तर प्रचण्ड र ओलीबीचको भेटले भने सत्ता समिकरणमा परिवर्तन हुन सक्ने आशंकाका कारण बजारमा केही गिरावट आएको छ,’ उनले भने ।    

यो दिन नेप्सेमा सूचीकृत १३ वटा समूहमध्ये ३ वटा बाहेक अन्य सबैमा रातो पोतियो । आज लघुवित्त समूह ०.१४ प्रतिशत, म्युचुअल फण्ड ०.२९ र निर्जीवन बीमा समूह ०.०६ प्रतिशतले बढ्यो ।  

व्यापार समूह आज सर्वाधिक अर्थात १.१३ प्रतिशतले घट्यो । यस्तै बैंकिङ समूह ०.३५ प्रतिशत, विकास बैंक ०.७४, फाइनान्स ०.९२,होटल ०.०५,हाईड्रो ०.६६, लगानी ०.२०,जीवन बीमा ०.१२, उत्पादन तथा प्रशोधन ०.९० र अन्य समूह ०.०१ प्रतिशतले घट्यो ।  

धेरै कारोबार गर्ने कम्पनीहरु

यो दिन राधी विद्युत कम्पनीको सर्वाधिक सेयर कारोबार भयो । आज यो कम्पनीको ७६ करोड ५ लाख बढीको कारोबार भयो । ङादी ग्रुप पावरको पनि आज ५५ करोड ६२ लाख, सानिमा माई हाईड्रोको ४८ करोड ५४ लाख, युनिभर्सल पावरको ४७ करोड १५ लाख र एनआरएन इन्फ्रास्ट्रक्चरको ३७ करोड ६९ लाख बढीको सेयर कारोबार भयो ।  

धरै कमाउने र गुमाउने कम्पनीहरु

आज नेप्सेमा कारोबार भएका ४ वटा कम्पनीको सेयरमूल्यमा अपर सर्किट लाग्यो । आज नेपाल माइक्रो इन्स्योरेन्स, ओम मेगा श्री फर्मास्युटिकल्स,सिटिजन सुपर ३० म्युचुअल फण्ड र क्रेष्ट माइक्रो लाइफको सेयरमूल्यमा अपर सर्किट लाग्यो ।  

यस्तै मकर जितुमाया सुरीको सेयरमूल्य ९.३० प्रतिशत,राधी विद्युतको ७.४२ र युनिभर्सल पावरको सेयरमूल्य ७.१७ प्रतिशतले बढ्यो ।  

आज हिमालयन पावर पाटर्नरको सेयरमूल्य सर्वाधिक अर्थात ९.९९ प्रतिशतले घट्यो । रिभर फल्स पावरको सेयरमूल्य ७.९५ प्रतिशत र कर्पोरेट डेभलपमेन्ट बैंकको सेयरमूल्य ४.६१ प्रतिशतले घट्यो ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.