सोमबार, कार्तिक २,२०८३ 04:34:09
  • सोमबार, कार्तिक २,२०८३ 04:34:09
Global IME Bank Limited

लगातार ५ दिन घट्यो नेप्से, १० वटा समूह राताम्मे

Bizshala
लगातार ५ दिन घट्यो नेप्से, १० वटा समूह राताम्मे
New Office

काठमाण्डौ । साताको दोस्रो कारोबार दिन आज पनि नेपाल स्टक एक्सचेञ्च(नेप्से)मा गिरावट आएको छ । आज नेप्से परिसूचक ०.३६ प्रतिशत अर्थात ९.६२ अंकले घटेर २ हजार ६१०.७६ विन्दुमा सीमित बनेको छ ।

यससँगै नेप्से लगातार ५ दिन घटेको छ । आज बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.२८ प्रतिशतले घटेर ४४०.२५ विन्दुमा खुम्चिएको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३१९ वटा स्क्रिप्टको १ करोड ८४ लाख ३७ हजार ९४२ कित्ता सेयर ७ अर्ब ६३ करोड ४१ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको  छ ।

Shivam Cement
Mahalaxmi Development Bank
CG Motors

आजको बजारबारे बजार जानकार अजयसिंह थापा(जयशम्भु) भन्छन्,  ‘बजारमा माहोल खासै राम्रो देखिदैन । सरकारको नीति तथा कार्यक्रममा पनि पूँजी बजारका लागि नयाँ विषय केही आएन । नयाँ स्टक एक्सचेञ्जको विषय समेत रोकियो ।’

नीति तथा कार्यक्रम हेर्दा बजेटमा पनि खासै आशा गर्ने ठाउँ नदेखएिकाले बजार अझै करेक्सन हुन सक्ने उनले दाबी गरे ।  

अर्का बजार जानकार दामोदर गजुरेल भने थापाको विचारमा सहमत देखिएनन् । गजुरेलले भने बजार सकारात्मक नै भएको बताए । ‘अब आउने बजेट र नयाँ गभर्नरको विषयले बजारले फेरि लय लिन सक्छ । राष्ट्र बैंकको आर्थिक तथ्यांकहरु समेत सकारात्मक छन् । यसकारण बजार सकारात्मक रहने देखिन्छ तर प्रचण्ड र ओलीबीचको भेटले भने सत्ता समिकरणमा परिवर्तन हुन सक्ने आशंकाका कारण बजारमा केही गिरावट आएको छ,’ उनले भने ।    

यो दिन नेप्सेमा सूचीकृत १३ वटा समूहमध्ये ३ वटा बाहेक अन्य सबैमा रातो पोतियो । आज लघुवित्त समूह ०.१४ प्रतिशत, म्युचुअल फण्ड ०.२९ र निर्जीवन बीमा समूह ०.०६ प्रतिशतले बढ्यो ।  

व्यापार समूह आज सर्वाधिक अर्थात १.१३ प्रतिशतले घट्यो । यस्तै बैंकिङ समूह ०.३५ प्रतिशत, विकास बैंक ०.७४, फाइनान्स ०.९२,होटल ०.०५,हाईड्रो ०.६६, लगानी ०.२०,जीवन बीमा ०.१२, उत्पादन तथा प्रशोधन ०.९० र अन्य समूह ०.०१ प्रतिशतले घट्यो ।  

Garima Development Bank
Bizshala
Muktinath Bikas Bank Limited

धेरै कारोबार गर्ने कम्पनीहरु

यो दिन राधी विद्युत कम्पनीको सर्वाधिक सेयर कारोबार भयो । आज यो कम्पनीको ७६ करोड ५ लाख बढीको कारोबार भयो । ङादी ग्रुप पावरको पनि आज ५५ करोड ६२ लाख, सानिमा माई हाईड्रोको ४८ करोड ५४ लाख, युनिभर्सल पावरको ४७ करोड १५ लाख र एनआरएन इन्फ्रास्ट्रक्चरको ३७ करोड ६९ लाख बढीको सेयर कारोबार भयो ।  

धरै कमाउने र गुमाउने कम्पनीहरु

आज नेप्सेमा कारोबार भएका ४ वटा कम्पनीको सेयरमूल्यमा अपर सर्किट लाग्यो । आज नेपाल माइक्रो इन्स्योरेन्स, ओम मेगा श्री फर्मास्युटिकल्स,सिटिजन सुपर ३० म्युचुअल फण्ड र क्रेष्ट माइक्रो लाइफको सेयरमूल्यमा अपर सर्किट लाग्यो ।  

यस्तै मकर जितुमाया सुरीको सेयरमूल्य ९.३० प्रतिशत,राधी विद्युतको ७.४२ र युनिभर्सल पावरको सेयरमूल्य ७.१७ प्रतिशतले बढ्यो ।  

आज हिमालयन पावर पाटर्नरको सेयरमूल्य सर्वाधिक अर्थात ९.९९ प्रतिशतले घट्यो । रिभर फल्स पावरको सेयरमूल्य ७.९५ प्रतिशत र कर्पोरेट डेभलपमेन्ट बैंकको सेयरमूल्य ४.६१ प्रतिशतले घट्यो ।  

Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.