बिहीबार, बैशाख ३१,२०८३ 07:10:41
Bizshala
  • बिहीबार, बैशाख ३१,२०८३ 07:10:41
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

बीमा समूहमा छायो हरियाली, १५ कम्पनीको सेयरभाउ बढ्यो

Laxmi Sunrise Bank Limited
बीमा समूहमा छायो हरियाली, १५ कम्पनीको सेयरभाउ बढ्यो
Shivam Cement

काठमाण्डौ । साताको अन्तिम कारोबार दिन सेयरबजारमा झिनो अंकको गिरावट आएको छ । नेप्से परिसूचक ३.२४ अंकले घटेर १९६५.९३ विन्दुमा कायम हुन पुगेको छ ।  

नेप्सेमा सूचीकृत ३०३ कम्पनीको ६३ लाख १२ हजार ५५२ कित्ता सेयर किनबेच हुँदा २ अर्ब ३६ करोड रुपैयाँमाथिको कारोबार भएको छ ।  

बीमा समूहका दुईवटै उपसूचक आज चम्किएका छन् । जीवन बीमा समूह ०.४४ प्रतिशत र निर्जीवन बीमा समूह ०.२० प्रतिशतले वृद्धि भएको छ ।  

बीमा समूह बढ्दा आज १५ वटा बीमा कम्पनीको सेयरभाउ बढेको छ । सर्वाधिक कमाउने अर्थात सेयरभाउ बढ्ने कम्पनीमा आइएमई लाइफ रहेको छ । कम्पनीको सेयरभाउ ३.३९ प्रतिशतले बढेर ५६९ रुपैयाँ ९० पैसा पुगेको छ ।  

यसका साथै नेको इन्स्योरेन्सको १.९७ प्रतिशत, सलिकोको १.८३ प्रतिशत, सिटिजन लाइफको ०.७३ प्रतिशत, सुर्यज्योति लाइफको ०.६५ प्रतिशत, एशियन लाइफको ०.५५ प्रतिशत, सन नेपाल लाइफको ०.५१ प्रतिशत, एलआइसी नेपालको ०.३६ प्रतिशत, सानिमा जिआइसीको ०.३५ प्रतिशत, सानिमा रिलायन्स लाइफको ०.३५ प्रतिशत, आरबीसीएलको ०.३० प्रतिशत, हिमालयन एभरेष्टको ०.२६ प्रतिशत, रिलायबल नेपाल लाइफको ०.२६ प्रतिशत, हिमालयन लाइफको ०.२१ प्रतिशत र नेशनल लाइफको ०.१८ प्रतिशतले सेयरभाउ बढेको छ ।  

Bizshala
New Office
CG Motors

आज सर्वाधिक गुमाउने बीमा कम्पनीमा नेपाल रि इन्स्योरेन्स रहेको छ । कम्पनीको सेयरभाउ ०.९२ प्रतिशतले घटेर ७०२ रुपैयाँ कायम भएको छ ।  

यसका साथै सिद्धार्थ प्रिमियरको ०.५४ प्रतिशत, प्रभु इन्स्योरेन्सको ०.५१ प्रतिशत, आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सको ०.४६ प्रतिशत, प्रभु महालक्ष्मी लाइफको ०.४० प्रतिशत, नेपाल इन्स्योरेन्सको ०.३७ प्रतिशत, नेपाल लाइफको ०.३४ प्रतिशत, शिखरको ०.२९ प्रतिशत, युनाइटेड अजोडको ०.१९ प्रतिशत, एनएलजीको ०.१५ प्रतिशत र हिमालयन रि इन्स्योरेन्सको ०.०२ प्रतिशतले सेयरभाउ घटेको छ ।  

बीमा कम्पनीहरुमा आज सर्वाधिक कारोरबा आइएमई लाइफको भएको छ । कम्पनीको आज एकैदिन ७ करोड ५९ लाख रुपैयाँको कारोबार भएको छ ।

Garima Development Bank
Shivam Cement
IME remit
Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.