शुक्रबार, असार १२,२०८३ 05:20:19
Bizshala
  • शुक्रबार, असार १२,२०८३ 05:20:19
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

१५ बीमा कम्पनीको सेयरभाउ बढ्यो, सर्वाधिक गुमाउनेमा दुई लघुबीमा

Laxmi Sunrise Bank Limited
१५ बीमा कम्पनीको सेयरभाउ बढ्यो, सर्वाधिक गुमाउनेमा दुई लघुबीमा

काठमाण्डौ । साताको दोस्रो कारोबार दिन सेयरबजारमा सामान्य अंकको बढोत्तरी भएको छ । नेप्से परिसूचक २.८० अंकले बढेर २६५८.६६ विन्दुमा उक्लिएको छ । नेप्सेमा सूचीकृत ३१८ कम्पनीको ३ करोड ३६ लाख ३७ हजार ९६६ कित्ता सेयर किनबेच हुँदा १३ अर्ब १८ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ । 

आज बीमा समूहका दुईवटै उपसूचक बढेका छन् । जीवन बीमा समूह ०.३८ प्रतिशत र निर्जीवन बीमा उपसूचक ०.३८ प्रतिशतले बढेको छ । आज १५ बीमा कम्पनीको सेयरभाउ बढेको छ । सर्वाधिक कमाउनेमा प्रभु महालक्ष्मी लाइफ रहेको छ । कम्पनीको सेयरभाउ २.१८ प्रतिशतले बढेर ५००.६३ रुपैयाँ पुगेको छ ।

त्यस्तै, सिटिजन लाइफको ०.२१ प्रतिशत, एलआइसी नेपालको ०.०८ प्रतिशत, नेशनल लाइफको १.७० प्रतिशत, प्रभु महालक्ष्मी लाइफको २.१८ प्रतिशत, सन नेपाल लाइफको ०.६१ प्रतिशत, हिमालयन एभरेष्टको ०.१६ प्रतिशत, आइजीआई प्रुडेन्सियलको ०.३५ प्रतिशत, नेपाल इन्स्योरेन्सको ०.२८ प्रतिशत, प्रभु इन्स्योरेन्सको २.१३ प्रतिशत, आरबीसीएलको ०.०५ प्रतिशत, सलिकोको ०.९८ प्रतिशत, सानिमा जिआइसीको १.५९ प्रतिशत, शिखरको ०.७४ प्रतिशत, सिद्धार्थ प्रिमियरको ०.६४ प्रतिशत र युनाइटेड अजोडको ०.६९ प्रतिशतले बढेको छ । 

New Office
CG Motors
Garima Development Bank

आज सर्वाधिक गुमाउने बीमा कम्पनीमा गार्डियन माइक्रो लाइफ र नेपाल माइक्रो इन्स्योरेन्स रहेको छ । गार्डियन माइक्रो लाइफको सेयरभाउ २.४३ प्रतिशतले घटेर २२६१.६६ रुपैयाँ कायम भएको छ भने नेपाल माइक्रो इन्स्योरेन्स कम्पनीको सेयरभाउ २.३९ प्रतिशतले घटेर १६८०.७१ रुपैयाँ कायम भएको छ । 

त्यस्तै, एनएलजीको १.१० प्रतिशत, नेको इन्स्योरेन्सको ०.१० प्रतिशत, एशियन लाइफको ०.०२ रुपैयाँ, क्रेष्ट माइक्रो लाइफको १.८८ प्रतिशत, हिमालयन लाइफको ०.१५ प्रतिशत, आइएमई लाइफको ०.१४ प्रतिशत, नेपाल लाइफको ०.०६ प्रतिशत, रिलायबल नेपाल लाइफको ०.०६ प्रतिशत, सूर्यज्योति लाइफको ०.२० प्रतिशत र सानिमा रिलायन्स लाइफको ०.०८ प्रतिशतले घटेको छ । यता पुनर्बीमातर्फ हिमालयन रि को सेयरभाउ ०.९० प्रतिशतले घटेर ९०५.४७ रुपैयाँ र नेपाल रि को सेयरभाउ ०.९५ प्रतिशतले घटेर १२४३.३२ रुपैयाँ कायम भएको छ ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.