बिहीबार, बैशाख ३१,२०८३ 07:11:23
Bizshala
  • बिहीबार, बैशाख ३१,२०८३ 07:11:23
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

२७ सयको विन्दुबाट तल खस्यो नेप्से, जानकार भन्छन्, ‘गभर्नरको विषयले अन्यौलता बढ्यो’

Laxmi Sunrise Bank Limited
२७ सयको विन्दुबाट तल खस्यो नेप्से, जानकार भन्छन्, ‘गभर्नरको विषयले अन्यौलता बढ्यो’
Shivam Cement

काठमाण्डौ । साताको दोस्रो कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च (नेप्से) सामान्य अंकले घटेको छ । आज नेप्से परिसूचक ०.२८ प्रतिशत अर्थात ७.७५ अंकले घटेर २ हजार ६९८.२८ विन्दुमा झरेको छ ।

यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.१६ प्रतिशतले घटेर ४५५.८१ विन्दुमा सीमित बनेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३१९ वटा स्क्रिप्टको २ करोड १२ लाख ३ हजार ७६६ कित्ता सेयर ८ अर्ब ७७ करोड ५७ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको  छ ।

आजको बजारबारे नेपाल इन्भेष्टर्स फोरमका अध्यक्ष तुलसीराम ढकाल भन्छन्,‘सरकारले गभर्नर नियुक्ती समयमै गर्न नसक्दा बजारमा लगानीकर्ताको सेन्टिमेन्ट कमजोर बनेको छ । अहिले लगानीकर्ता पर्ख र हेरको अवस्थामा छन् । यद्यपी नयाँ वर्षको सुरुवातसँगै बजारमा केही सकारात्मक संकतेहरु भने देखिएका छन् ।’

Bizshala
New Office
CG Motors

उनले लगानीकर्ता नयाँ गभर्नरको तीव्र प्रतिक्षामा रहेको बताउदै गभर्नर नियुक्तीमा ढिलाई भएको खण्डमा लगानीकर्ताले सरकारलाई दबाब दिन पछि नहट्ने समेत बताए ।    

अर्का बजार जानकार अजयसिंह थापा(जयशम्भु) ले विभिन्न आन्दोलन चल्नु र गभर्नर नियुक्तीको विषयले लगानीकर्ता अन्यौलतामा रहेका ले बजारले गति लिन नसकेको बताए । ‘खेलाडी लागि परेको एकाध कम्पनी बाहेक अन्यको सेयरमूल्य खासै बढेको छैन । प्राविधिक रुपमा पनि बजारमा एउटा करेक्सन बाँकी नै रहेको र जेठ महिनामा बजारले खासै गति लिने देखिदैन ’ उनले भने ।    

यो दिन नेप्सेमा सूचीकृत १३ वटा समूहमध्ये ५ वटा बाहेक अन्य सबैमा हरियाली छायो । आज हाईड्रो समूह सर्वाधिक अर्थात ०.७८ प्रतिशतले बढ्यो । विकास बैंक समूह पनि आज ०.१४ प्रतिशत,लगानी ०.११,उत्पादन तथा प्रशोधन ०.२१,लघुवित्त ०.०२, म्युचुअल फण्ड ०.३३ र व्यापार समूह ०.०४ प्रतिशतले बढ्यो ।  

होटल समूह आज ०.६३ अंकले बढ्यो ।  

आज घटेका ५ वटा समूहमध्ये फाइनान्स समूह सर्वाधिक घट्यो । यो समूह आज १.०७ प्रतिशतले घट्यो । यस्तै बैंकिङ समूह ०.७५ प्रतिशत,जीवन बीमा ०.११, निर्जीवन बीमा ०.०४ र अन्य समूह ०.९० प्रतिशतले घट्यो ।    

Garima Development Bank
Shivam Cement
IME remit

धेरै कारोबार गर्ने कम्पनीहरु

यो दिन ङादी ग्रुप पावरको सर्वाधिक सेयर कारोबार भयो । आज यो कम्पनीको ५३ करोड ९९ लाख बढीको कारोबार भयो । युनिर्भसल पावर पार्टनरको पनि आज ५२ करोड ४७ लाख, एचआईडीसीएलको ४३ करोड ४५ लाख,हिमालयन पावर पार्टनरको ३५ करोड ५५ लाख र एनआरएन इन्फ्रास्ट्रक्चरको आज ३१ करोड ५४ लाख बढीको सेयर कारोबार भयो ।  

धरै कमाउने र गुमाउने कम्पनीहरु

आज नेप्सेमा कारोबार भएका ३ वटा कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट लाग्यो । आज नेपाल माइक्रो इन्स्योरेन्स, क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्स र युनिर्भसल पावरको सेयरमूल्यमा अपर सर्किट लाग्यो । ग्रिन लाइफ हाईड्रोको सेयरमूल्य पनि आज ९.३८ प्रतिशत र सनराइज फर्स्ट म्युचुअल फण्डको मूल्य ७.८१ प्रतिशतले बढ्यो ।  

एनएमबी हाईब्रिड फण्ड एलको मूल्य आज सर्वाधिक अर्थात ७.९० प्रतिशतले घट्यो । यस्तै नेपाल एसबिआई बैंकको सेयरमूल्य ४.२० र विन नेपाल लघुवित्तको सेयरमूल्य ४.१९ प्रतिशतले घट्यो ।  

Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.