मंगलवार, असार १७,२०८२ 01:38:07
  • मंगलवार, असार १७,२०८२ 01:38:07
Global IME Bank Limited

उच्च कारोबारसहित नेप्सेमा उछाल, जानकार भन्छन्,‘परिसूचकले पनि छिट्टै रेकर्ड तोड्छ’

Hyundai Nepal
उच्च कारोबारसहित नेप्सेमा उछाल, जानकार भन्छन्,‘परिसूचकले पनि छिट्टै रेकर्ड तोड्छ’
Nabil Bank Limited

काठमाण्डौ । साताको चौथो कारोबार दिन आज पनि नेपाल स्टक एक्सचेञ्च (नेप्से)मा दोहोरो अंकको उछाल आएको छ । आज नेप्से परिसूचक २.३८ प्रतिशत अर्थात ६४.२५ अंकले बढेर २ हजार २ हजार ७६०.९० विन्दुमा पुगेको छ ।

यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि २.१९ प्रतिशतले बढेर ४९६.०३ विन्दुमा पुगेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३३२ वटा स्क्रिप्टको ५ करोड ९ लाख ६७ हजार ९५१ कित्ता सेयर २१ अर्ब ९१ करोड १५ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको  छ ।

आज भएको कारोबार हालसम्मकै उच्च हो । यसअघि २०७८ साउन ३१ गते २१ अर्ब ६४ करोड रुपैयाँबराबरको कारोबार भएको थियो ।  

आजको बजारबारे नेपाल इन्भेष्टर्स फोरमका निवर्तमान अध्यक्ष छोटेलाल रौनियार भन्छन्, ‘आज बजार बढ्नुमा २–३ वटा कारण रहेका छन् । पहिलो भनेको सरकार,अर्थमन्त्री र गभर्नरबीचको समन्वय मिल्नु हो । यो सँगसँगै घट्दो ब्याजदर र पूँजीबजारप्रति सरकारको उदार नीतिले पनि बजार बढ्न सहयोग गरेको छ । ’

पूँजी बजारको अबको भविष्य अझै उज्वल रहेको र बजार अहिले इन्ट्रा डे करेक्सन हुँदै माथि गईरहेको उनले बताए । यस्तो बेलामा कमसल कम्पनीभन्दा राम्रा कम्पनी लगानी गर्न रौनियारले आग्रह गरे । उनले आज कारोबारको हिसाबले रेकर्ड तोकिएको र अब छिट्टै नै परिसूचकले पनि नयाँ रेकर्ड कायम गर्ने दाबी गरे ।  

अर्का बजार जानकार अर्जुन थापा भन्छन्,‘अहिले बजार बढ्नुमा सरकारको लचिलो नीति र उच्च तरलतासँगै घट्दो ब्याजदर मुख्य कारण हुन् । आजको उच्च कारोकारले बजार अझै बलियो अवस्थामा नै रहेको देखिन्छ । यस्तै अनौपचारिक क्षेत्रको पैसा समेत बजारमा आउँदा यसको प्रभाव सेयर बजारमा देखिएको छ ।’  

‘यो दिन नेप्सेमा सूचीकृत १३ वटै समूहमा हरियाली छायो । आज वित्त समूह सर्वाधिक अर्थात ८.०८ प्रतिशतले बढ्यो । यस्तै बैंकिङ समूह १.०४ प्रतिशत, विकास बैंक ३.२१,होटल २.९६,हाईड्रो २.११, लगानी ६.८९,जीवन बीमा २.१०,उत्पादन तथा प्रशोधन १.८०,लघुवित्त ०.६३,म्युचुअल फण्ड १.३०,निर्जीवन बीमा १.८७,अन्य ३.९९ र व्यापार समूह २.७६ प्रतिशतले बढ्यो ।  

CG Motors
Muktinath Bikas Bank Limited

धेरै कारोबार गर्ने कम्पनीहरु

यो दिन हिमालयन रि इन्स्योरेन्स कम्पनीको सर्वाधिक सेयर कारोबार भयो । आज यो कम्पनीको ८४ करोड ४९ लाख बढीको सेयर कारोबार भयो । यस्तै माउन्टेन हाईड्रो आज ४१ करोड ९ लाख, शिवम् सिमन्ेटको ४ करोड २६ लाख, नेपाल फाइनान्स ३८ करोड ९४ लाख र अपि पावर कम्पनीको आज ३७ करोड ८२ लाख बढीको सेयर कारोबार भयो ।  

धरै कमाउने र गुमाउने कम्पनीहरु

आज नेप्सेमा कारोबार भएका १७ वटा कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट लाग्यो । आज युनाइटेड अजोड इन्स्योरेन्स,गोर्खाज फाइनान्स,श्री इन्भेष्टमेन्ट,रिलायन्स फाइनान्स,दिव्यश्वरी हाईड्रोपावर,मकर जितुमाया सुरी,नेपाल रिपब्लिक मिडिया,कुथेली बुखरी स्मल हाईड्रो,नेपाल वेयरहाउजिङ,प्रोग्रेसिश फाइनान्स,ओरियन्टल होटल,समृद्धि फाइनान्स,मल्टीपर्पस फाइनान्स,फर्स्ट माइक्रोफाइनान्स,गुहेश्वरी मर्चेन्ट,पोखरा फाइनान्स र महालक्ष्मी विकास बैंकको सेयरमूल्यमा सकारात्मक सर्किट लाग्यो ।  

आज आत्मनिर्भर लघुवित्तको सेयरमूल्यमा सर्वाधिक गिरावट आयो । यो कम्पनीको सेयरमूल्य ६.५२ प्रतिशतले घट्यो ।    

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.