आईतवार, असार १५,२०८२ 10:16:56
  • आईतवार, असार १५,२०८२ 10:16:56
Global IME Bank Limited

नेप्सेमा सामान्य नाफा बुक, जानकार भन्छन्,‘ खरिद गर्ने उपयुक्त समय’

Hyundai Nepal
नेप्सेमा सामान्य नाफा बुक, जानकार भन्छन्,‘ खरिद गर्ने उपयुक्त समय’
Nabil Bank Limited

काठमाण्डौ । साताको तेस्रो कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च(नेप्से) मा झिनो अंकको गिरावट आएको छ । आज नेप्से परिसूचक ०.२१ प्रतिशत अर्थात ४.६२ अंकले घटेर २ हजार १३६.३५ विन्दुमा पुगेको छ ।

यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.२० प्रतिशतले घटेर ३७७.४५ विन्दुमा पुगेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३२४ वटा स्क्रिप्टको १ करोड ४ लाख ७५ हजार १८१ कित्ता सेयर ४ अर्ब ५६ करोड ९८ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको  छ ।

आजको बजारबारे बजार जानकार अजयसिंह थापा(जयशम्भु) भन्छन्, ‘लगातार बढेको बजार आज झिनो अंकले घट्नु सामान्य नै हो । नयाँ सरकारको समीकरण बन्दै गर्दा मौद्रिक नीति पनि सकारात्मक आउने र भविष्यमा बजारको राम्रो सम्भावना देखेर नै बजारले गति लिएको देखिन्छ । ब्याजदर पनि घट्दो छ । यी सबै कारणले बजारलाई सपोर्ट गरेको छ ।’

प्राविधिक रुपमा पनि २० दिने मुभिङ एभरेजभन्दा माथि बजार चलेकोले बजार अप ट्रेण्डमा नै रहेको थापाले बताए ।  

अर्का बजार जानकार दामोदर गजुरेलको विचारमा पनि मौद्रिक नीति केहि ऋण लगानी बढाउने गरी आउने गभर्नरले संकेत गर्दै जादा अब बजार घट्दैन भन्ने आधार बन्दै गएको छ । ‘आज बजार सामान्य घटेतापनि बिक्री दबाव घट्दै गएको  देखिन्छ । त्यसैले यो समय सेयर खरिद गर्ने उपयुक्त समय हो,’ गजुरेलले भने ।

यो दिन नेप्सेमा सूचीकृत १३ वटा समूहमध्ये ३ वटामा मात्रै हरियाली छाएको छ भने अन्य १० वटा समूहमा रातो पोतिएको छ । आज वित्त समूह ०.२६ प्रतिशत,लघुवित्त ०.९२ र म्युचुअल फण्ड ०.४६ प्रतिशतले बढ्यो ।  

CG Motors
Muktinath Bikas Bank Limited

आज होटल समूहमा सबैभन्दा धेरै गिरावट आयो । यो समूह आज ०.९५ प्रतिशतले घट्यो । यस्तै बैंकिङ समूह ०.१८ प्रतिशत, विकास बैंक ०.३६, हाईड्रो ०.३९, लगानी ०.२९, जीवन बीमा ०.६२, उत्पादन तथा प्रशोधन ०.१५,निर्जीवन बीमा ०.३३, अन्य ०.५४ र व्यापार समूह ०.८२ प्रतिशतले घट्यो ।  

धेरै कारोबार गर्ने कम्पनीहरु

यो दिन एनआरएन इन्फ्रास्ट्रक्चरको सर्वाधिक सेयर कारोबार भयो । आज यो कम्पनीको २८ करोड ७० लाख बढीको सेयर कारोबार भयो । जानकी फाइनान्सको आज १५ करोड ५५ लाख,सिईडिबि हाईड्रोको ९ करोड ६३ लाख,हिमालयन रि इन्स्योरेन्सको ९ करोड ४ लाख र निफ्राको ७ करोड ३५ लाख रुपैयाँ बढीको सेयर कारोबार भएको छ ।  

धरै कमाउने र गुमाउने कम्पनीहरु

आज समाज लघुवित्तको सेयरमूल्यमा मात्रै सकारात्मक सर्किट लागेको छ । यो कम्पनीको सेयरमूल्य आज ९.६८ प्रतिशतले बढेको छ । साथै आज सिन्धु् विकास बैंकको सेयरमूल्य ५.१६ प्रतिशत र दोर्दी खोला जलविद्युतको ५.०३ प्रतिशतले बढ्यो ।  

आज मैलुङ खोला जलविद्युत कम्पनीको सेयरमूल्य सर्वाधिक अर्थात ८.३९ प्रतिशतले घट्यो । आँखुखोला जलविद्युतको सेयरमूल्य आज ४.२७ र स्वाभिमान लघुवित्तको सेयरमूल्य ३.९० प्रतिशतले घट्यो ।    

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.