बिहीबार, असार ११,२०८३ 06:34:55
Bizshala
  • बिहीबार, असार ११,२०८३ 06:34:55
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

२० बीमा कम्पनीको सेयरभाउ बढ्यो, सर्वाधिक कमाउनेमा एनएलजी इन्स्योरेन्स

Laxmi Sunrise Bank Limited
२० बीमा कम्पनीको सेयरभाउ बढ्यो, सर्वाधिक कमाउनेमा एनएलजी इन्स्योरेन्स

काठमाण्डौ । साताको दोस्रो कारोबार दिन सेयरबजारमा दोहोरो अंकको बढोत्तरी भएको छ । नेप्से परिसूचक २१.७६ अंकले बढेर २८९२.७२ विन्दुमा उक्लिएको छ । नेप्सेमा सूचीकृत ३११ कम्पनीको ३ करोड ५६ लाख ४९ हजार २११ कित्ता सेयर किनबेच हुँदा १६ अर्ब ३२ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ ।

आज बीमा समूहका दुईवटै उपसूचक बढेका छन् । जीवन बीमा समूह ०.२८ प्रतिशत र निर्जीवन बीमा समूह १.४० प्रतिशतले बढेको छ । आज २० बीमा कम्पनीको सेयरभाउ बढेको छ । सर्वाधिक कमाउनेमा एनएलजी इन्स्योरेन्स रहेको छ । कम्पनीको सेयरभाउ ७.६३ प्रतिशतले बढेर ९१५.६३ रुपैयाँ पुगेको छ । 

New Office
CG Motors
Garima Development Bank

त्यस्तै, हिमालयन एभरेष्टको ०.३८ प्रतिशत, आइजीआई प्रुडेन्सियलको १.६३ प्रतिशत, नेको इन्स्योरेन्सको १.५७ प्रतिशत, नेपाल माइक्रो इन्स्योरेन्सको १.५२ प्रतिशत, आरबीसीएलको ०.६१ प्रतिशत, सलिकोको ०.४८ प्रतिशत, सानिमा जिआइसीको ०.९० प्रतितशत, सिद्धार्थ प्रिमियरको १.१८ प्रतिशत, युनाइटेड अजोडको १.५१ प्रतिशत, एशियन लाइफको ०.३१ प्रतिशत, सिटिजन लाइफको ०.७३ प्रतिशत, क्रेष्ट माइक्रो लाइफको ०.४७ प्रतिशत, हिमालयन लाइफको ०.२६ प्रतिशत, आइएमई लाइफको ०.५५ प्रतिशत, एलआइसी नेपालको ०.४६ प्रतिशत, सूर्यज्योति लाइफको ०.१३ प्रतिशत, सानिमा रिलायन्स लाइफको ०.६८ प्रतिशत, हिमालयन रि को ४.३७ प्रतिशत र नेपाल रि को २.२६ प्रतिशतले बढेको छ । 

आज सर्वाधिक गुमाउने बीमा कम्पनीमा भने गार्डियन माइक्रो लाइफ रहेको छ । कम्पनीको सेयरभाउ १.९९ प्रतिशतले घटेर २१९९.७० रुपैयाँ कायम भएको छ । 

त्यस्तै, नेपाल लाइफको ०.०६ प्रतिशत, नेशनल लाइफको ०.५७ प्रतिशत, प्रभु् महालक्ष्मी लाइफको ०.३० प्रतिशत, रिलायबल नेपाल लाइफको ०.१९ प्रतिशत, सन नेपाल लाइफको ०.५२ प्रतिशत, नेपाल इन्स्योरेन्सको ०.७१ प्रतिशत, प्रभु इन्स्योरेन्सको ०.०१ प्रतिशत र शिखरको ०.४८ प्रतिशतले घटेको छ ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.