बिहीबार, बैशाख ३,२०८३ 04:59:09
Bizshala
  • बिहीबार, बैशाख ३,२०८३ 04:59:09
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

७ वटा बीमा कम्पनीको मात्रै सेयरभाउ बढ्यो, सर्वाधिक गुमाउनेमा नेपाल रि इन्स्योरेन्स

Bizshala
७ वटा बीमा कम्पनीको मात्रै सेयरभाउ बढ्यो, सर्वाधिक गुमाउनेमा नेपाल रि इन्स्योरेन्स
Shivam Cement

काठमाण्डौ । साताको तेस्रो कारोबार दिन सेयरबजारमा सामान्य अंकको गिरावट आएको छ । नेप्से परिसूचक ८.१८ अंकले घटेर २९२३.४६ विन्दुमा कायम भएको छ । नेप्सेमा सूचीकृत ३३२ कम्पनीको ५ करोड २७ लाख ६४ हजार ८३२ कित्ता सेयर किनबेच हुँदा २१ अर्ब ५१ करोड रुपैयाँमाथिको कारोबार भएको छ । नेप्सेमा रहेका १३ उपसूचकमध्ये आज ५ वटा समूहमा मात्रै हरियाली छाएको छ भने ८ वटा समूह राताम्य भएको छ । 

बीमा समूहका दुईवटा उपसूचकमध्ये जीवन बीमा समूह ०.५४ प्रतिशत बढेको छ भने निर्जीवन बीमा समूह १.०२ प्रतिशतले घटेको छ । आज जम्मा ७ वटा बीमा कम्पनीको मात्रै सेयरभाउ बढेको छ । सर्वाधिक कमाउने वा सेयरमूल्य बढ्ने कम्पनीमा एलआइसी नेपाल रहेको छ । कम्पनीको सेयरभाउ ५.१५ प्रतिशतले बढेर २००० रुपैयाँ पुगेको छ । त्यस्तै, नेपाल लाइफको ३.०२ प्रतिशत, सन नेपाल लाइफको १.७६ प्रतिशत, शिखर इन्स्योरेन्सको १.४७ प्रतिशत, सुर्यज्योति लाइफको १.४५ प्रतिशत, सगरमाथा लुम्बिनी इन्स्योरेन्सको १.३२ प्रतिशत र एनएलजी इन्स्योरेन्सको ०.८० प्रतिशतले सेयरभाउ बढेको छ ।

Laxmi Sunrise Bank Limited
Bizshala
New Office

साथै आज सर्वाधिक गुमाउने वा सेयरमूल्य घट्ने बीमा कम्पनीमा भने नेपाल रि इन्स्योरेन्स रहेको छ । कम्पनीको सेयरभाउ २.८६ प्रतिशतले घटेर ९५२ रुपैयाँ कायम भएग्को छ । त्यस्तै, आरबीसीएलको २.८३ प्रतिशत, सानिमा रिलायन्स लाइफको २.७८ प्रतिशत, सानिमा जिआइसीको २.७७ प्रतिशत, नेशनल लाइफको २.२५ प्रतिशत, प्रभु इन्स्योरेन्सको १.८८ प्रतिशत, नेको इन्स्योरेन्सको १.८७ प्रतिशत, आइएमई लाइफको १.६८ प्रतिशत, युनाइटेड अजोडको १.६६ प्रतिशत, हिमालयन एभरेष्टको १.५९ प्रतिशत, रिलायबल नेपाल लाइफको १.१९ प्रतिशत, हिमालयन लाइफको १.११ प्रतिशत, आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सको १.०५ प्रतिशत, प्रभु महालक्ष्मी लाइफको १.०३ प्रतिशत, एशियन लाइफको ०.९९ प्रतिशत, सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको ०.६८ प्रतिशत, सिटिजन लाइफको ०.२९ प्रतिशत, नेपाल इन्स्योरेन्सको ०.१९ प्रतिशत र हिमालयन रि इन्स्योरेन्सको ०.०१ प्रतिशतले सेयरभाउ घटेको छ । बीमा कम्पनीहरुमा सर्वाधिक कारोबार आज हिमायलन रि इन्स्योरेन्सको ६८ करोड २१ लाख रुपैयाँमाथिको कारोबार भएको छ । 

त्यस्तै, हिमालयन लाइफको पनि ३३ करोड ६८ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

CG Motors
Garima Development Bank
IME remit
Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.