आईतवार, भाद्र २३,२०८१ 10:46:14
IME remit
  • आईतवार, भाद्र २३,२०८१ 10:46:14
IME remit
Global IME Bank Limited

४ दिनको वृद्धि पछि घट्यो नेप्से, जानकार भन्छन्,‘ नाफा बुक मुख्य कारण’

Hyundai Nepal
४ दिनको वृद्धि पछि घट्यो नेप्से, जानकार भन्छन्,‘ नाफा बुक मुख्य कारण’
Nabil Bank Limited

काठमाण्डौ । साताको पहिलो कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च(नेप्से) मा दोहोरो अंकको गिरावट आएको छ । आज नेप्से परिसूचक १.०३ प्रतिशत अर्थात २२.१४ अंकले घटेर २ हजार १०९.३४ विन्दुमा पुगेको छ ।

यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.८९ प्रतिशतले घटेर ३७९.२३ विन्दुमा सीमित बनेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३१५ वटा कम्पनीको १ करोड १० लाख ४४ हजार ४८५ कित्ता सेयर ४ अर्ब ४४ करोड १५ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको  छ ।

आजको बजारबारे अर्थशास्त्री सूर्यनारायण पौडेल भन्छन्, ‘केहि दिनदेखि निरन्तर बढेको बजारमा अल्पकालिन लगानीकर्ताले आज नाफा बुक गरेका कारण बजार  घटेको हो । बजार तलमाथि गर्दै अघि बढ्ने हो ।’

यद्यपी बजार र कारोबार दुवै घटेका कारण आजको बजारमा नाफा बुक भएको मान्न सकिने पौडेलले बताए । ‘१९६० मा बजारले बलियो सपोर्ट लिएका कारण बजार मजबुत नै रहेको मान्न सकिन्छ । सबै विषय सकारात्मक रहेको छ ।’ उनले भने ।  

अर्का बजार जानकार महेश रिजाल पनि आजको करेक्सन स्वभाविक नै रहेको र आउँदै गरेको बजेटमा करको हल्लाले आजको बजारमा गिरावट आउन पुगेको हो । यदि बजारमा हल्ला भए जसरी नै करको दरहरु हेरफेर भएको खण्डमा बजारको अवस्था प्यानिक हुने देखिन्छ,’ उनले भने ।    

यो दिन नेप्सेमा सूचीकृत १३ वटा समूहमध्ये २ वटा बाहेक अन्य सबै समूहमा रातो पोतिएको छ । आज होटल समूह ३.३७ र म्युचुल फण्ड  समूह ०.२१ प्रतिशतले बढेका छन् ।  

आज वित्त समूहमा सबैभन्दा धेरै गिरावट आएको छ । यो समूह आज २.१९ प्रतिशतले घट्यो ।  

CG Motors
Muktinath Bikas Bank Limited
Sagarmatha Cement

त्यस्तै आज बैंकिङ समूह ०.८७, विकास बैंक १.१६,हाईड्रो १.६२,लगानी १.४०,जीवन बीमा ०.८०,उत्पादन तथा प्रशोधन ०.८६,लघुवित्त १.७८,निर्जीवन बीमा १.०१,अन्य ०.८९ र व्यापार समूह १.२३ प्रतिशतले घटे ।  

धेरै कारोबार गर्ने कम्पनीहरु

यो दिन आइएमई लाइफ इन्स्योरेन्सको सर्वाधिक सेयर कारोबार भयो । आज यो कम्पनीको १५ करोड ६६ लाख,सिईडिबि हाईड्रोको १५ करोड ३१ लाख,फर्स्ट माइक्रोफाइनान्सको १४ करोड ८१ लाख,नबिल बैंकको १३ करोड ४० लाख र सोल्टी होटलको १० करोड १० करोड १ लाख रुपैयाँको कारोबार भएको छ ।    

धरै कमाउने र गुमाउने कम्पनीहरु

आज कालिञ्चोक दर्शन लिमिटेडको सेयरमूल्य सर्वाधिक बढ्यो । आज यो कम्पनीको सेयरमूल्य १० प्रतिशतले बढ्यो । यो दिन सिटी होटलको सेयरमूल्य ८.२४ प्रतिशत,बेद्धभूमी नेपाल हाईड्रोका ७.३० र बाराही हाईड्रोको सेयरमूल्य ६.६८ प्रतिशतले बढ्यो ।  

आज इन्फिनिटी लघुवित्तको सेयरमूल्य सर्वाधिक अर्थात ६.३६ प्रतिशतले घट्यो ।  

यसैगरी विन नेपाल लघुवित्तको सेयरमूल्य ६.३५ प्रतिशत,भगवति हाईड्रोको ५.८९ र गणपति लघुवित्तको सेयरमूल्य ५.६९ प्रतिशतले घट्यो ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.

Global IME Bank Limited
X
Global IME Bank Limited
X