बिहीबार, बैशाख ३१,२०८३ 07:10:39
Bizshala
  • बिहीबार, बैशाख ३१,२०८३ 07:10:39
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

४ बीमा कम्पनीको मात्रै सेयरभाउ बढ्यो, नेको इन्स्योरेन्सका सेयरधनीले सर्वाधिक गुमाए

Laxmi Sunrise Bank Limited
४ बीमा कम्पनीको मात्रै सेयरभाउ बढ्यो, नेको इन्स्योरेन्सका सेयरधनीले सर्वाधिक गुमाए
Shivam Cement

काठमाण्डौ । साताको दोस्रो कारोबार दिन सेयरबजारमा झिनो अंकको बृद्धि देखिएको छ । नेप्से परिसूचक ०.०७ प्रतिशतले वृद्धि भई १९८०.३४ विन्दुमा पुगेको छ ।  

नेप्सेमा सूचीकृत ३१७ कम्पनीको ७३ लाख ४१ हजार १७७ कित्ता सेयर किनबेच हुँदा २ अर्ब ९५ करोड रुपैयाँमाथिको कारोबार भएको छ ।  

नेप्सेमा रहेका १३ उपसूचकमध्ये आज ४ वटा सूचकमा मात्रै हरियाली छाएको छ । बीमा समूहका दुईवटै उपसूचक घटेका छन् । जीवन बीमा सूचक ०.२५ प्रतिशत र निर्जीवन बीमा सूचक ०.५१ प्रतिशतले घटेको छ ।  

बीमा समूह राताम्य हुँदा आज ४ वटा बीमा कम्पनीको मात्रै सेयरभाउ बढेको छ । सर्वाधिक कमाउने अर्थात सेयरमूल्य बढ्नेमा सन नेपाल लाइफ रहेको छ । कम्पनीको सेयरभाउ १.६३ प्रतिशतले बृद्धि भई ५९८.५० रुपैयाँ पुगेको छ ।  

त्यस्तै, सगरमाथा लुम्बिनी इन्स्योरेन्सको ०.८१ प्रतिशत,  हिमालयन लाइफको ०.१३ प्रतिशत र सानिमा रिलायन्स लाइफको ०.०२ प्रतिशतले सेयरमूल्य बढेको छ ।  

आज सर्वाधिक गुमाउने वा सेयरमूल्य घट्ने कम्पनीमा नेको इन्स्योरेन्स रहेको छ । कम्पनीको सेयरभाउ २.९५ प्रतिशतले घटेर ७९० रुपैयाँ कायम भएको छ ।  

Bizshala
New Office
CG Motors

यसका साथै एलआइसी नेपालको १.५० प्रतिशत, हिमालयन रि को १.११ प्रतिशत, सिद्धार्थ प्रिमियरको १.०९ प्रतिशत, प्रभु इन्स्योरेन्सको ०.९८ प्रतिशत, नेपाल इन्स्योरेन्सको ०.९६ प्रतिशत, एनएलजीको ०.७२ प्रतिशत, नेपाल रि को ०.७१ प्रतिशत, नेशनल लाइफको ०.६७ प्रतिशत, प्रभु महालक्ष्मी लाइफको ०.५६ प्रतिशत, एशियन लाइफको ०.५४ प्रतिशत, सिटिजन लाइफको ०.५४ प्रतिशत, शिखरको ०.२२ प्रतिशत, रिलायबल नेपाल लाइफको ०.२१ प्रतिशत, युनाइटेड अजोडको ०.२० प्रतिशत, आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सको ०.१९ प्रतिशत, आइएमई लाइफको ०.१९ प्रतिशत र सूर्यज्योति लाइफको ०.०२ प्रतिशतले सेयरभाउ घटेको छ ।  

आज सर्वाधिक कारोबार हुने बीमा कम्पनीमा सन नेपाल लाइफ रहेको छ । कम्पनीको आज एकैदिन ४ करोड ७१ लाख रुपैयाँमाथिको कारोबार भएको छ । त्यस्तै, युनाइटेड अजोडको ४ करोड ६४ लाख रुपैयाँको कारोबार भएको छ ।

Garima Development Bank
Shivam Cement
IME remit
Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.