शनिबार, फाल्गुन १०,२०८१ 09:46:15
IME remit
  • शनिबार, फाल्गुन १०,२०८१ 09:46:15
IME remit
Global IME Bank Limited

सामान्य अंकले बढ्यो नेप्से, ‘ठूलो परिवर्तनका लागि नयाँ लगानी आवश्यक’

Hyundai Nepal
सामान्य अंकले बढ्यो नेप्से, ‘ठूलो परिवर्तनका लागि नयाँ लगानी आवश्यक’
Nabil Bank Limited

काठमाण्डौ । साताको पहिलो कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च(नेप्से) मा सामान्य अंकको वृद्धि भएको छ । आज नेप्से परिसूचक ०.४२ प्रतिशत अर्थात ८.२६ अंकले बढेर १ हजार ९७४.५० विन्दुमा पुगेको छ ।

यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.०६ प्रतिशतले बढेर ३५०.८२ विन्दुमा पुगेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३११ वटा कम्पनीको ७८ लाख ५७ हजार ३१ कित्ता सेयर ३ अर्ब १५ करोड ५१ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको  छ ।

आजको बजारबारे बजार जानकार महेश रिजाल भन्छन्, ‘बजारमा नयाँ लगानी नभित्रिएसम्म र लार्ज क्याप भएका कम्पनी नचलेसम्म बजारमा ठूलो परिवर्तन आउने देखिदैन । अहिले धेरै लगानीकर्ताको मनोबल घटेको छ । आजको बढोत्तरीले बजार घट्न रोकेको भन्न सकिन्छ ।’

आज होटलमा करेक्सन आएर निर्जीवन बीमा चलेको बताउँदै रिजालले बजेटबाट केहि सुधारको हुनसक्ने सम्भावनाका कारण बजारमा सुधार आएको रिजालले बताए । रिजालका अनुसार आफ्नै पैसा लगानी गरेका लगानीकर्ताका लागि भने दीर्घकालिन लगानी गर्ने सहि समय आएको छ ।  

अर्का बजार जानकार निमानन्द कडेल भन्छन्,‘ बजार हाल न्यून विन्दुमै रहेको देखिन्छ । आज बजारलाई बीमा समूहले केहि सपोर्ट गरेको छ ।’

उनले मौद्रिक नीतिमार्फत पूँजी बजारसम्बन्धी केहि नीतिमा परिवर्तन हुने सक्ने आँकलन गरे ।    

यो दिन नेप्सेमा सूचीकृत १३ वटा समूहमध्ये ३ वटा समूहबाहेक अन्य सबै समूहमा हरियाली छाएको छ । आज निर्जीवन बीमा समूह सबैभन्दा बढी अर्थात २.६४ प्रतिशतले बढ्यो ।  

त्यस्तै आज बैंकिङ समूह ०.४३, विकास बैंक १.०४,हाईड्रो ०.१६,लगानी ०.१५,जीवन बीमा १.२५,म्युचुअल फण्ड ०.१५,उत्पादन तथा प्रशोधन १.४९,अन्य ०.६९ र व्यापार समूह १.१८ प्रतिशतले बढ्यो ।  

Shivam Cement
CG Motors
Sagarmatha Cement

आज होटल समूह सर्वाधिक अर्थात २.४० प्रतिशतले घट्यो । यो दिन फाइनान्स समूह ०.८६ र लघुवित्त समूह १.३५ प्रतिशतले घट्यो ।  

धेरै कारोबार गर्ने कम्पनीहरु

यो दिन सांग्रिला डेभलपमेन्ट बैंकको सर्वाधिक सेयर कारोबार भयो । आज यो कैंकको १० करोड ५० लाख रुपैयाँबराबरको सेयर कारोबार भयो ।  

त्यस्तै आज पोखरा फाइनान्सको ८ करोड ६ लाख,सोनापुर मिनरल्सको ८ करोड ५ लाख शिवम् सिमेन्टको ७ करोड ७१ लाख र नेपाल इन्स्योरेन्सको ६ करोड ९५ लाख बढीको सेयर कारोबार भयो ।  

धरै कमाउने र गुमाउने कम्पनीहरु

यो दिन श्रुजनशिल लघुवित्तको सेयरमूल्य सर्वाधिक बढ्यो । यो कम्पनीको सेयरमूल्य आज १० प्रतिशतले बढ्यो ।  

यसैगरी उन्नति सहकार्य लघुवित्तको सेयरमूल्य ७.५२ प्रतिशत र युनाइटेड अजोड इन्स्योरेन्सको सेयरमूल्य ५.६९ प्रतिशतले बढ्यो ।  

आज मानुषी लघुवित्तको सेयरमूल्य सर्वाधिक अर्थात ५.४४ प्रतिशतले घट्यो । यो दिन दोल्ती पावरको सेयरमूल्ःय पनि ४.५९ प्रतिशत,आरएसडीसी लघुवित्तको ४.४२ र सोल्टी होटलको सेयरमूल्य ३.६९ प्रतिशतले घट्यो ।  

Nepal Investment Mega Bank Limited
IME remit
Shivam Cement
New Office
Bizshala
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.