बुधबार, असार १०,२०८३ 04:07:08
Bizshala
  • बुधबार, असार १०,२०८३ 04:07:08
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

नेप्सेमा दोहोरो अंकको गिरावट, कारोबार ३.३६ अर्बमा सीमित

Laxmi Sunrise Bank Limited
नेप्सेमा दोहोरो अंकको गिरावट, कारोबार ३.३६ अर्बमा सीमित

काठमाण्डौ । साताको तेस्रो कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च (नेप्से) मा दोहोरो अंकको गिरावट आएको छ । आज नेप्से परिसूचक ०.७६ प्रतिशत अर्थात १९.४३ अंकले घटेर २ हजार ५२८.१६ विन्दुमा सीमित बनेको छ ।

यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि १.०३ प्रतिशतले घटेर ४३९.९४ विन्दुमा झरेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३१७ वटा स्क्रिप्टको ७४ लाख ८८ हजार २७३ कित्ता सेयर ३ अर्ब ३६ करोड ६१ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको  छ ।

यो दिन नेप्सेमा सूचीकृत १३ वटा समूहमध्ये ३ वटा बाहेक अन्य सबैमा रातो पोतियो । आज व्यापार समूह १.४८ प्रतिशत, अन्य ०.७९ र म्युचुअल फण्ड समूह ०.०६ प्रतिशतले बढ्यो ।  

हाईड्रो समूहमा आज सर्वाधिक गिरावट आयो । यो समूह आज १.७१ प्रतिशतले घट्यो । यसैगरी,बैंकिङ समूह ०.८२, विकास बैंक १, फाइनान्स १.४०,होटल १.११, लगानी १.१६, जीवन बीमा ०.९८, लघुवित्त ०.७९ र निर्जीवन बीमा समूह १.१० प्रतिशतले घट्यो ।  

आजको बजारबारे बोल्दै नेपाल इन्भेष्टर फोरमका निवर्तमान उपाध्यक्ष छोटेलाल रौनियारले राजनीतिक कारणले बजार घटेको बताए। उनले असोजमसान्तको प्रभाव समेत बजारमा देखिएको बताए । आजसम्म बेच्नेहरुले ब्याज तिर्न भ्याउँछन्,’ उनले भने, ‘अहिले केही लगानीकर्ताहरु पर्ख र हेरको अवस्थामा रहेका छन् । दीर्घकालको लागि आफ्नै पैसा हुनेले खरिद गर्ने अवसर रहेको छ ।’

सस्तो ब्याजदर र अधिक तरलताका कारण अहिले साइडवेजमा रहेता पनि तिहारपछि भने बजारले गति लिने रौनियारको भनाइ रहेको छ ।

त्यसैगरि, अर्का बजार जानकार देव गुरागाई पनि हालको बजारमा राजनीतिक अवस्थाकै कारण अन्यौलतामा रहेको बताउँछन् । उनको बिचारमा अहिले जिउधनको सुरक्षा नभएको कारण बजारमा चमक नदेखिएको हो । आज कारोबार घट्नुमा लगानीकर्ताहरुको आत्मबल कमजोर हुनु पनि अर्को कारण रहेको उनले बताए । ‘आज बजार घट्नुमा असोज मसान्तको प्रभाव र तिहार तथा छठ जस्ता चाडपर्वले पनि बजारमा प्रभाव परेको हुन सक्छ,’ उनले भने ।  

New Office
CG Motors
Garima Development Bank

धेरै कारोबार गर्ने कम्पनीहरु

यो दिन नेपाल पुनर्बीमा कम्पनीको सर्वाधिक सेयर कारोबार भयो । आज यो कम्पनीको ३२ करोड ७ लाख बढीको कारोबार भयो । हिमालयन रि इन्स्योरेन्सको पनि आज १६ करोड ९ लाख, सीईडीबी होल्डिङको १२ करोड ६८ लाख, युनियन हाईड्रोपावरको १० करोड १८ लाख र शिवम् सिमेन्टको ८ करोड ७८ लाख बढीको सेयर कारोबार भयो ।  

धरै कमाउने र गुमाउने कम्पनीहरु

आज नेप्सेमा कारोबार भएका २ वटा कम्पनीको सेयरमूल्यमा अपर सर्किट लाग्यो । आज शुभम् पावर र ग्रामीण विकास लघुवित्तको सेयरमूल्यमा अपर सर्किट लाग्यो ।  

यस्तै क्रेष्ट माईक्रो लाइफको सेयरमूल्य ५.८६ प्रतिशत, विन्ध्यावासिनी हाईड्रोको ५.३१ र सुपर माई हाईड्रोको सेयरमूल्य ४.८४ प्रतिशतले बढ्यो ।  

यो दिन समाज लघुवित्तको सेयरमूल्य सर्वाधिक अर्थात १० प्रतिशतले घट्यो । सामुदायिक लघुवित्तको सेयरमूल्य पनि ७.५४ प्रतिशत, माईखोला हाईड्रोपावरको ६.७२ प्रतिशत र एशियन हाईड्रोपावरको सेयरमूल्य ६.१८ प्रतिशतले घट्यो ।  

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.