सोमबार, कार्तिक २,२०८३ 12:44:40
  • सोमबार, कार्तिक २,२०८३ 12:44:41
Global IME Bank Limited

साताको अन्तिम कारोबार दिन सामान्य अंकले बढ्यो सेयरबजार, कारोबार झण्डै साढे ७ अर्ब

Bizshala
साताको अन्तिम कारोबार दिन सामान्य अंकले बढ्यो सेयरबजार, कारोबार झण्डै साढे ७ अर्ब
New Office

काठमाण्डौ । साताको अन्तिम कारोबार दिन आज सेयरबजार सामान्य अंकले बढेको छ । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से)परिसूचक ०.१८ प्रतिशत अर्थात् ५.३६ अंकले बढेर  २ हजार ८३८ विन्दुमा पुगेको छ। यससँगै बलिया तथा ठूला कम्पनीहरूको मापक सेन्सेटिभ इन्डेक्स भने ०.१२ प्रतिशतले घटेर ४७६.८७ विन्दुमा झरेको छ।

आज नेप्सेमा सूचीकृत ३३५ वटा स्क्रिप्टका १ करोड ८० लाख ६३ हजार ७२८ कित्ता सेयर किनबेच हुँदा कुल कारोबार रकम ७ अर्ब ४६ करोड ६ लाख रुपैयाँभन्दा बढी पुगेको छ।  

Shivam Cement
Mahalaxmi Development Bank
CG Motors

आजको बजारबारे नेपाल इन्भेष्टर्स फोरमा उपाध्यक्ष राजन लम्साल भन्छन्, ‘आज बजारमा सामान्य सुधार देखिएको छ, तर अपेक्षा गरेअनुसारको भोल्युम भने बजारमा छैन । बजारसँगै कारोबार पनि बढ्नलाई आधारहरु तय भएपनि यतिबेला लगानीकर्ताहरु झ्याप्पै लगानी पनि गर्न सकिरहेका छैनन् । विशेषगरी यतिबेला लगानीकर्ताहरु तेस्रो त्रैमासिक रिर्पोटको प्रतिक्षामा छन् । तेस्रो त्रैमासिक रिर्पोटले वर्षभरीको अवस्था डिटरमाइन गर्ने हुँदा सेयर बेच्न वा किन्नकै लागि पनि लगानीकर्ताहरु बैंक वित्तीय संस्था वा अन्य कम्पनीका रिर्पोटको प्रतिक्षामा छन् । सम्भवः ७ गते बैंक वित्तीय संस्थाको रिर्पोट आउनेछ र त्यसैले नै बजार कता जान्छ भन्ने निधो गर्नेछ ।’

कुन समूहमा भयो कतिको थपघट ?

आज कारोबारमा आएका १३ वटा समूहमध्ये ५ वटामा हरियाली छायो भने ८ वटामा रातो पोतियो । आज उत्पादन तथा प्रशोधन समूह सर्वाधिक अर्थात १.४० प्रतिशतले बढ््यो । यस्तै होटल समूह १.३८ प्रतिशत, हाईड्रो ०.६७, अन्य ०.५६ र व्यापार ०.०३ प्रतिशतले बढ्यो ।  

आज निर्जीवन बीमा समूह सर्वाधिक अर्थात ०.५१ प्रतिशतले घट्यो । यसैगरी बैंकिङ समूह ०.२७ प्रतिशत, विकास बैंक ०.३८, फाइनान्स ०.३२, लगानी ०.०९, जीवन बीमा ०.०७, लघुवित्त ०.३३, म्युचुअल फण्ड ०.१३ र निर्जीवन बीमा ०.५१ प्रतिशतले घट्यो ।  

Garima Development Bank
Bizshala
Muktinath Bikas Bank Limited

सर्वाधिक कारोबार हुने कम्पनी

आज नेशनल हाईड्रोपावरको सर्वाधिक अर्थात ६६ करोड ८६ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ।

त्यसैगरी सोलु हाईड्रोको ३७ करोड २६ लाख, रिडी पावरको ३४ करोड २ लाख र रिलायन्स स्पीनिङ मिल्सको ३२ करोड ९५ लाख बढीको सेयर कारोबार भएको छ।

सर्वाधिक कमाउने र गुमाउने कम्पनी

आज कारोबारमा आएका कम्पनीहरूमध्ये ६ वटा कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ। आज रिजलाइन इनर्जी, सूर्यकुण्ड हाईड्रो, होटल फरेष्ट इन, पाल्पा सिमेन्ट, शिखर पावर डेभलपमेन्ट ् रिज लाइनको सेयरमूल्यमा अपर सर्किट लाग्यो ।  

यस्तै खानीखोला हाईड्रोको सेयरमूल्य ८.३३ प्रतिशत, रिलायन्स स्पीनिङ मिल्सको सोलु हाईड्रोको सेयरमूल्य ४.५४ प्रतिशतले बढ्यो ।    

एशियन हाईड्रोको सेयरमूल्य आज सर्वाधिक अर्थात ४.५४ प्रतिशतले घट्यो । 

Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.