बिहीबार, मंसिर ११,२०८२ 04:40:10
Bizshala
  • बिहीबार, मंसिर ११,२०८२ 04:40:10
Bizshala
Global IME Bank Limited

साताभर बढ्यो सेयरबजार, जानकार भन्छन्, ‘नयाँ उचाईको आधार तयार हुँदैछ’

Hyundai Nepal
साताभर बढ्यो सेयरबजार, जानकार भन्छन्, ‘नयाँ उचाईको आधार तयार हुँदैछ’
Shivam Cement

काठमाण्डौ । सेयरबजारको वृद्धि आजपनि जारी रहेको छ । यससँगै यो साताभर पाचै दिन सेयरबजार बढ्यो । साताको अन्तिम कारोबार दिन नेपाल स्टक एक्सचेञ्च (नेप्से) परिसूचक ०.३९ प्रतिशत अर्थात १०.४३ अंकले बढेर २ हजार ६७६.०३ विन्दुमा पुगेको छ ।

यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.५२ प्रतिशतले बढेर ४६१.६१ विन्दुमा पुगेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३३३ वटा स्क्रिप्टको १ करोड ४६ लाख ९३ हजार ८०७ कित्ता सेयर ६ अर्ब ६६ करोड २३ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको  छ । आजको कारोबार अघिल्लो दिनको तुलनामा केही कम हो । अघिल्लो दिन भने ६ अर्ब ६९ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको थियो ।

CG Motors
Garima Development Bank
IME remit

आजको बजारबारे बजार जानकार कविराज तिमल्सीना भन्छन्, ‘बजारले स्थिर राजनीति अवस्था खोजिरहेको हुन्छ । केही दिनयता राजनीतिक घटनाक्रम शान्त जस्तो देखिन्छ । यसकारण पनि लगानीकर्ताहरुमा मनोबल बढ्न पुगेको छ । साथै लगानीकर्ताहरुले अन्य सेक्टरमा भन्दा सेयरबजारमा लगानी गर्दा बढी सुरक्षित महसुस गर्ने भएकाले अहिले नयाँ तथा पुराना लगानीकर्ताहरु बजारमा लगानी गर्न हौसिएका छन् । चुनाव फागुन २१ मै हुने विषयले पनि लगानीकर्ताहरुमा थप मनोबल वृद्धि भएको छ । यस्तै माहोल कायम रहने हो भने बजार अवश्य माथि जान्छ ।’

साथै, अर्का बजार जानकार मुक्ति अर्याल भन्छन्, ‘अहिले बजार बढ्नका लागि मौद्रिक नीतिको समीक्षामा थप लचकता हुने हल्लाले सपोर्ट गरिरहेको छ । सम्भवतः अबको एक दुई दिनमा मौद्रिक नीतिको समिक्षा सार्वजनिक हुने कुरा छ र लगानीकर्ताहरुले राखेका केही मागहरु सम्बोधन हुने कुरा छ । अहिले बजार बढ्नका लागि सूचीकृत कम्पनीहरुको लाभांश घोषणाले गर्दा पनि हो । लाभांश सिजनमा बजार बढ्ने गर्दछ, केही कम्पनीहरुले राम्रै लाभश पनि दिइरहेका छन् ।’

यो दिन नेप्सेमा सूचीकृत १३ वटा समूहमध्ये ८ वटामा हरियाली छायो भने ५ वटामा रातो पोतियो । आज बैंकिङ समूह सर्वाधिक अर्थात १.४७ प्रतिशतले बढ्यो । यस्तै विकास बैंक समूह ०.१७, होटल ०.३३, हाईड्रो ०.०१, लगानी ०.७२, जीवन बीमा ०.१४, म्युचुअल फण्ड ०.७८ र निर्जीवन बीमा ०.०८ प्रतिशतले बढ्यो ।

फाइनान्स समूह आज सर्वाधिक घट्यो । यो समूह आज ०.३८ प्रतिशतले घट्यो ।

यस्तै उत्पादन तथा प्रशोधन ०.२६, लघुवित्त ०.३५, अन्य ०.०५ र व्यापार समूह ०.१४ प्रतिशतले घट्यो ।  

Laxmi Sunrise Bank Limited
Muktinath Bikas Bank Limited
Bizshala

धेरै कारोबार गर्ने कम्पनीहरु

यो दिन एनआरएन इन्फ्रास्ट्रक्चरको सर्वाधिक सेयर कारोबार भयो । आज यो कम्पनीको ४० करोड १७ लाख बढीको सेयर कारोबार भयो ।

यस्तै ङादी ग्रुप पावरको १६ करोड ३६ लाख, हिमालयन रि इन्स्योरेन्सको १५ करोड ९७ लाख, सिईडिबी होल्डिङको १५ करोड ७८ लाख र युनाइटेड मोदी हाईड्रोको १४ करोड ५० लाख बढीको सेयर कारोबार भयो ।

धरै कमाउने र गुमाउने कम्पनीहरु

आज नेप्सेमा कारोबार भएका ५ वटा कम्पनीको सेयरमूल्यमा अपर सर्किट लाग्यो । आज सागर डिष्टिलरी, झापा इनर्जी, श्रीनगर एग्रोटेक,स्वस्तिक लघुवित्त र एनआरएन इन्फ्रास्ट्रक्चरको सेयरमूल्यमा अपर सर्किट लाग्यो ।  

यस्तै आज हिमाल दोलखा हाईड्रोको सेयरमूल्य ५.८१ प्रतिशत, ओम मेगा श्री फर्मास्युटिकल्सको ५.७७ र गणपति लघुवित्तको सेयरमूल्य ५.६० प्रतिशतले बढ्यो ।

यो दिन हिमस्टार उर्जाको सेयरमूल्य सर्वाधिक अर्थात ७.७८ प्रतिशतले घट्यो ।  

यस्तै फर्स्ट माईक्रोफाइनान्स लघुवित्तको सेयरमूल्य ७.७८ प्रतिशत र महुली लघुवित्तको सेयरमूल्य ४.१६ प्रतिशतले घट्यो । 

Global IME Bank Limited
Nabil Bank Limited
Mahalaxmi Development Bank
Mahalaxmi Development Bank
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.