शनिबार, मंसिर ६,२०८२ 10:22:09
IME remit
  • शनिबार, मंसिर ६,२०८२ 10:22:09
IME remit
Global IME Bank Limited

उच्च अंकको वृद्धिका साथ नेप्सेको पुनरागमन, जानकार भन्छन्, ‘अब करेक्सन फेज समाप्त भयो’

Hyundai Nepal
उच्च अंकको वृद्धिका साथ नेप्सेको पुनरागमन, जानकार भन्छन्, ‘अब करेक्सन फेज समाप्त भयो’
Shivam Cement

काठमाण्डौ । साताको अन्तिम कारोबार दिन आज पनि नेपाल स्टक एक्सचेञ्च (नेप्से)मा दोहोरो अंकको उछाल आएको छ । आज नेप्से परिसूचक २.९९ प्रतिशत अर्थात ७८.१७ अंकले बढेर २ हजार ६८८.३८ विन्दुमा पुगेको छ ।

यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि २.८९ प्रतिशतले बढेर ४७६.४८ विन्दुमा पुगेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३१८ वटा स्क्रिप्टको १ करोड ९४ लाख ३३ हजार १५४ कित्ता सेयर ८ अर्ब १६ करोड ९२ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको  छ ।

CG Motors
New Office
Garima Development Bank

आजको बजारबारे बजार जानकार उपेन्द्र पाठक भन्छन्,  ‘आजको वृद्धिसँगै बजार फेरि बुलिस चरणमा प्रवेश गरेको छ । पछिल्लोसमय २ बजेपछि घटिरहेको बजार आज भने भोल्युम सहित बढेको छ । यसले लगानीकर्ताको बमनोबल बढेको भन्न सकिन्छ ।’

प्राविधिक रुपमा पनि बजारले हायर हाई र हायर लोका सिरिज बनाउँदै अघि बढेको छ उनले बताए । ‘फिवोनासीको ३८ प्रतिशत करेक्सन भएर बजार २६१० बाटै फर्केका कारण पनि अब बजारमा करेक्सन सकिएको बलियो आधार देखिन्छ,’ पाठकले भने ।  

अर्का बजार जानकार विरेन्द्र विष्टले पनि बजारमा करेक्सन फेज सकिएको तर्क राखे । ‘अब मौद्रिक नीतिको समीक्षा पनि आउँदैछ । जसमा  व्यक्तिगततर्फको क्याप हट्न सक्ने छलफल भएको कुरा बाहिर आएको छ । जसका कारण बजारले अब गतिलो बाउन्स लिने विश्वास गर्न सकिन्छ,’ उनले भने ।

यो दिन नेप्सेमा सूचीकृत १३ वटा समूहमध्ये एउटा बाहेक अन्य सबैमा हरियाली छायो । आज हाईड्रो समूह सर्वाधिक अर्थात ४.२४ प्रतिशतले बढ्यो । बैंकिङ समूह आज २.६६ प्रतिशत, विकास बैंक २.७०,वित्त ३.४०,होटल २.५०,लगानी ३.७२,जीवन बीमा ३.४६,उत्पादन तथा प्रशोधन २.१४,लघुवित्त १.५८,निर्जीवन बीमा २.०१,अन्य ३.८२ र व्यापार समूह ०.६३ प्रतिशतले बढ्यो ।

आज म्युचुअल फण्ड मात्रै घट्यो । यो समूह ०.०९ प्रतिशतले घट्यो ।  

धेरै कारोबार गर्ने कम्पनीहरु

यो दिन सिईडिबि हाईड्रोको सर्वाधिक सेयर कारोबार भयो । सिईडिबि हाईड्रोको आज ४७ करोड ६५ लाख बढीको सेयर कारोबार भयो । यस्तै हिमालयन रि इन्स्योरेन्सको २४ करोड ४८ लाख,एनआरएन इन्फ्रास्ट्रक्चरको २४ करोड १२ लाख,अपि पावरको १८ करोड ८३ लाख र एचआईडीसीएलपीको १७ करोड ९ लाख बढीको सेयर कारोबार भयो ।  

धरै कमाउने र गुमाउने कम्पनीहरु

आज नेप्सेमा कारोबार भएका ९ वटा कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट लाग्यो । आज विन नेपाल लघुवित्त,ग्रिन भेन्चर,इष्टर्न हाईड्रोपावर,राँवा इनर्जी,एशियन हाईड्रोपावर,सिंगटी हाईड्रो,इमजिङ नेपाल,मायाखोला हाईड्रोपावर र मकर जितुमाया सुरीको सेयरमूल्यमा अपर सर्किट लाग्यो ।  

यो दिन थ्रिस्टार हाईड्रोको सेयरमूल्य सर्वाधिक अर्थात १० प्रतिशतले घटेर लोअर सर्किट लाग्यो ।  

Laxmi Sunrise Bank Limited
Shivam Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
IME remit
Mahalaxmi Development Bank
Bizshala
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.