शनिबार, आश्विन ३१,२०८३ 10:43:02
Bizshala
  • शनिबार, आश्विन ३१,२०८३ 10:43:03
Bizshala
Global IME Bank Limited

घटेर २५ सय विन्दुको लाइनमा आईपुग्यो नेप्से, जानकार भन्छन्, ‘सरकारप्रति लगानीकर्ताको अविश्वासको परिणाम’

Bizshala
घटेर २५ सय विन्दुको लाइनमा आईपुग्यो नेप्से, जानकार भन्छन्, ‘सरकारप्रति लगानीकर्ताको अविश्वासको परिणाम’
New Office

काठमाण्डौ । साताको पहिलो कारोबार दिन सेयरबजार दोहोरो अंकले घटेको छ । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ०.७३ प्रतिशत अर्थात १९.१३ अंकले घटेर २ हजार ५९९.५८ विन्दुमा सीमित बनेको छ। यससँगै बलिया तथा ठूला कम्पनीहरूको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.६८ प्रतिशतले घटेर ४५८.१८ विन्दुमा झरेको छ ।

आज नेप्सेमा सूचीकृत ३५० वटा स्क्रिप्टको ८५ लाख ७२ हजार ९७० कित्ता सेयर किनबेच हुँदा कुल कारोबार रकम ३ अर्ब ३२ करोड ३९ लाख बढीको सेयर कारोबार भएको छ । गत शुक्रबार भने ४ अर्ब १६ करोड बढीको सेयर कारोबार भएको थियो ।

आजको बजारबारे नेपाल सेयरधनी संघका अध्यक्ष घनश्याम पाण्डे भन्छन्, ‘पछिल्लो समय बजार लगातार घट्दै जानुमा सरकारप्रति लगानीकर्ताहरुको अविश्वास हो । अहिलेको सरकारको कामकारबाहीप्रति लगानीकर्ता सन्तुष्ट छैनन् र विश्वास पनि गर्न सकिरहेका छैनन् । सरकारले लगानीको वातावरण राम्रो बनाउँदै जानुको सट्टा ठूला लगानीकर्तालाई तर्साउने, धम्काउने र भगाउने कार्य गरेको छ ।’

उनले थपे, ‘अर्थमन्त्रीले समेत सेयरबजारमा ‘पम्प एण्ड डम्प’ गर्दैन भन्दै हिड्नुभएको छ, यसले झनै लगानीकर्ताको सेन्टिमेन्टमा नकारात्मक प्रभाव पारेको छ । नत्र बजार अहिले यो सिजनमा यसरी घट्नुपर्ने कुनै कारण थिएन । बजारमा पैसा पनि प्रशस्त छ, तर लगानीकर्ताहरुले बजारमा लगानी थप्न डराइरहेका छन् । परिपक्व लिडरसिप नहुँदा लगानीको वातावरण उचित बनेको छैन । पोलिसी पनि प्रभावकारी देखिदैन । बजार आज २५ सयको विन्दुमा झरिसकेको छ । सम्भवतः यो भन्दा तल नजाला भन्ने मात्रै आश छ ।’

Shivam Cement
Mahalaxmi Development Bank
CG Motors

कुन समूहमा भयो कतिको थपघट ?

आज कारोबारमा आएका १३ वटै समूहमा रातो पोतिएको छ । आज हाईड्रो समूह सर्वाधिक अर्थात १.१९ प्रतिशतले घट्यो । यस्तै बैंकिङ समूह ०.६७, विकास बैंक ०.४७, फाइनान्स ०.८०, होटल ०.०१, लगानी ०.४१, जीवन बीमा ०.८१, उत्पादन तथा प्रशोधन ०.४६, लघुवित्त ०.५३, म्युचुअल फण्ड ०.८०, निर्जीवन बीमा १.१२, अन्य ०.७८ र व्यापार समूह ०.५० प्रतिशतले घट्यो ।

सर्वाधिक कारोबार हुने कम्पनी

आज रिलायन्स स्पीनिङ मिल्सको सर्वाधिक कारोबार भयो । यो कम्पनीको आज १२ करोड ७२ लाख बढीको सेयर कारोबार भयो । यस्तै सोलु हाईड्रोको ११ करोड ८८ लाख, साहस उर्जाको १० करोड ६५ लाख, रिडी पावरको ९ करोड ४० लाख र एक्सेल डेभलपमेन्ट बैंकको ७ करोड ५६ लाख बढीको सेयर कारोबार भयो ।

सर्वाधिक कमाउने र गुमाउने कम्पनी

आज कारोबारमा आएका कम्पनीहरु मध्ये एउटा कम्पनीको सेयरमूल्यमा मात्रै अपर सर्किट लाग्यो । आज सर्वोत्तम पेन्ट्सको सेयरमूल्यमा मात्रै अपर सर्किट लाग्यो ।

यस्तै धौलागिरी लघुवित्तको सेयरमूल्य ११.९८ प्रतिशत, सिवाईसी नेपाल लघुवित्तको ९.१४ र सयपत्री हाईड्रोको सेयरमूल्य ६.२७ प्रतिशतले बढ्यो ।  

यो दिन पञ्चकन्या माई हाईड्रोको सेयरमूल्य सर्वाधिक अर्थात ९.८३ प्रतिशतले घट्यो ।  

Garima Development Bank
Bizshala
Muktinath Bikas Bank Limited
Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.