सोमबार, श्रावण १८,२०८३ 11:40:57
Bizshala
  • सोमबार, श्रावण १८,२०८३ 11:40:57
Bizshala
Global IME Bank Limited

नेप्से परिसूचक र कारोबार दुवै घट्यो, ‘नाफा बुकका कारण स्वभाविक करेक्सन’

नेप्से परिसूचक र कारोबार दुवै घट्यो, ‘नाफा बुकका कारण स्वभाविक करेक्सन’
New Office

काठमाण्डौ । साताको अन्तिम कारोबार दिन आज पनि नेपाल स्टक एक्सचेञ्च (नेप्से) मा दोहोरो अंकको गिरावट आएको छ । आज नेप्से परिसूचक ०.९९ प्रतिशत अर्थात २६.०७ अंकले घटेर २ हजार ५९७.४९ विन्दुमा सीमित बनेको छ ।

यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.८७ प्रतिशतले घटेर ४६६.७१ विन्दुमा झरेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३१० वटा स्क्रिप्टको १ करोड ५१ लाख ९९ हजार ७६३ कित्ता सेयर ६ अर्ब ७७ करोड ८१ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको  छ ।

आज नेप्से परिसूचक र कारोबार दुवैमा गिरावट आएको छ । अघिल्लो दिन ७ अर्ब बढीको कारोबार भएको थियो ।  

आजको बजारबारे बजार जानकार प्रेम ओली भन्छन्,  ‘अघिल्लो दिन १०० अंक बढीको बढेको बजारमा आज करेक्सन आएको छ । बजार अब दशैंको दबाब पनि सकिए जस्तो देखिन्छ । कात्तिकमा बैंक तथा वित्तीय संस्थाको रिपोर्ट आउँदैछ र मौद्रिक नीतिको समीक्षा पनि केही लचक आउने सम्भावना भएकाले बजार सम्हालिने छ । ’

अघिल्लो दिनको तुलनामा बजार घट्दा कारोबार पनि घट्नुलाई सामान्य मान्न सकिने उनले बताए ।  

अर्का बजार जानकार निमानन्द कंडेलले पनि आजको सेयर बजाको घटाईलाई स्वभाविक भएको बताए । ‘अघिल्लो दिन ठूलो अंकको वृद्धि आएकाले आजको बजारको गिरावटलार्इ  सामान्य रुपमा लिन सकिन्छ । आजसम्म सेयर बेच्नेले दशैं अघि नै पैसा पाउने भएकाले पनि आज बजारमा बिक्री दबाब परेको हो, ’उनले भने ।  

यही कारण बजारमा लगभग बटम लागेको कंडेलले दाबी गरे ।  

  यो दिन नेप्सेमा सूचीकृत १३ वटा समूहमध्ये वित्त समूह बाहेक अन्य सबैमा गिरावट छायो । आज वित्त समूह १.७५ प्रतिशतले बढ्यो ।  

यस्तै आज निर्जीवन बीमा समूहमा सर्वाधिक गिरावट आयो । यो समूह आज १.८२ प्रतिशतले घट्यो । बैंकिङ समूह आज ०.७१ प्रतिशत, विकास बैंक १.३८,होटल १.७९,हाईड्रो १.७४,लगानी १.५२,जीवन बीमा ०.४०,उत्पादन तथा प्रशोधन १.७९,लघुवित्त १.१२,म्युचुअल फण्ड ०.४१,अन्य ०.०३ र व्यापार समूह १.१८ प्रतिशतले घट्यो ।    

धेरै कारोबार गर्ने कम्पनीहरु

यो दिन नेपाल फाइनान्सको सर्वाधिक सेयर कारोबार भयो । आज यो कम्पनीको २० करोड ७१ लाख बढीको कारोबार भयो । हिमालयन रि इन्स्योरेन्सको आज १७ करोड ३१ लाख, गुडविल फाइनान्सको १५ करोड ९६ लाख,नेपाल बैंकको १५ करोड २७ लाख र शिवम् सिमेन्टको १३ करोड ७५ लाख बढीको सेयर कारोबार भयो ।  

धरै कमाउने र गुमाउने कम्पनीहरु

आज नेप्सेमा कारोबार भएका २ वटा कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट लाग्यो । आज थ्रिस्टार हाईड्रोको र स्वरोजगार लघुवित्तको सेयरमूल्यमा अपर सर्किट लाग्यो ।  

यो दिन इष्टर्न हाईड्रोको सेयरमुल्य ९.४५ प्रतिशत,अपर हेवाखोला हाईड्रोको ८.०२ र नेपाल वेयरहाउजिङको ७.७६ प्रतिशतले बढ्यो ।  

आज विन नेपाल लघुवित्त सर्वाधिक सेयरमूल्य घट्ने कम्पनीको रुपमा रह्यो । यो कम्पनीको सेयरमूल्य आज १० प्रतिशतले घट्यो । यस्तै न्यादी हाईड्रोको सेयरमूल्य ९.२० प्रतिशत,मिड सोलु हाईड्रोको ७.३१ र अपर सोलु हाईड्रोको ७.२३ प्रतिशतले घट्यो ।  

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.