बिहीबार, बैशाख ३१,२०८३ 07:11:24
Bizshala
  • बिहीबार, बैशाख ३१,२०८३ 07:11:24
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

बैंकिङ समूह चम्किदा लगातार तेस्रो दिन नेप्सेमा उछाल, थप मजबुत बन्दै बजार

Laxmi Sunrise Bank Limited
बैंकिङ समूह चम्किदा लगातार तेस्रो दिन नेप्सेमा उछाल, थप मजबुत बन्दै बजार
Shivam Cement

काठमाण्डौ । साताको अन्तिम कारोबार दिन आज पनि नेपाल स्टक एक्सचेञ्च(नेप्से) मा दोहोरो अंकको उछाल आएको छ । आज नेप्से परिसूचक २.५२ प्रतिशत अर्थात ५९.६८ अंकले बढेर २ हजार ४२४.३२ विन्दुमा पुगेको छ ।

यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ३.९० प्रतिशतले बढेर ४३६.१४ विन्दुमा पुगेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३१२ वटा स्क्रिप्टको ३ करोड ९९ लाख ३८ हजार २३७ कित्ता सेयर १५ अर्ब ५४ करोड ८८ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको  छ ।

आजको कारोबार गत २०७८ भदौ ८ पछिकै उच्च कारोबार हो । त्यबेला १६ अर्बको कारोबार भएको थियो । २०७८ भदौ २ गते हालसम्मकै उच्च कारोबार अर्थात २१ अर्ब ६४ करोडबराबरको कारोबार भएको थियो ।  

आजको बजारबारे अर्थशास्त्री सूर्यनारायण पौडेल भन्छन्,  ‘ पछिल्लो समय विशेष गरेर आर्थिक र राजनीतिक कारणले ३–४ वर्षदेखि घटेको बजार उचालिएको छ । २२ सय विन्दुलाई भोल्युमसहित ब्रेक गर्नुले बजार बुलिस लयमा रहेको बुझ््न सकिन्छ । आज बजारलाई बैंकिङ समूहले राम्रो साथ दिएको छ । यसको मुख्य कारण सेयर कर्जा लिने र संस्थागत तथा पुराना लगानीकर्ताको आगमन हुनु हो ।’

यद्यपी बजार भी सेपमा बढेको बढ्यै गर्नुभन्दा करेक्सन हुँदै अघि बढेको बजार मजबुत हुने पौडेलले बताए ।  

अर्का बजार जानकार अजुर्न थापाको विचारमा पनि सरकार पूँजी बजार र अनौपचारिक क्षेत्रमा केहि लचक हुने संकेत देखिएका कारण पछिल्लो समय घरजग्गा र सेयर बजारमा बढोत्तरी आएको छ । ‘यसका साथै आउने मौद्रिक नीतिमा बैंकहरुलाई नउठेको ऋणमा केहि पुनर्विचार गर्न सक्ने,जोखिमभार र क्याप हट्न सक्ने जस्ता अपेक्षाका कारण बजारमा उछाल आएको हो । जसलाई घट्दो ब्याजदरले थप सपोर्ट गरेको छ,’ उनले भने  ।   

Bizshala
New Office
CG Motors

यो दिन नेप्सेमा सूचीकृत १३ वटा समूहमध्ये २ वटा बाहेक अन्य सबैमा हरियाली छायो । आज बैंकिङ समूहमा सर्वाधिक उछाल आयो । यो समूह आज ६.२८ प्रतिशतले बढेर १ हजार ३६२ विन्दुमा पुग्यो ।  

यस्तै आज विकास बैंक समूह १.३१ प्रतिशत, होटल १.०४ लगानी ०.८९,जीवन बीमा १.२९, उत्पादन तथा प्रशोधन १.१७,लघुवित्त २.७७,म्युचुअल फण्ड ०.८९,निर्जीवन बीमा १.०५,अन्य २.३० र व्यापार समूह ०.४६ प्रतिशतले बढ्यो ।  

धेरै कारोबार गर्ने कम्पनीहरु

यो दिन नेपाल फाइनान्सको सर्वाधिक सेयर कारोबार भयो । आज यो कम्पनीको ४२ करोड ४६ लाख बढीको कारोबार भयो । अप्पर तामाकोशीको आज ३८ करोड ९१ लाख,ङादी ग्रुप पावरको ३० करोड ३२ लाख,साइन रेसुङ्गा डेभलपमेन्ट बैंकको २७ करोड ९१ लाख र कुमारी बैंकको २३ करोड ९२  लाख बढीको सेयर कारोबार भयो ।  

धरै कमाउने र गुमाउने कम्पनीहरु

आज नेप्सेमा कारोबार भएका ७ वटा कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट लाग्यो । आज नेपाल इन्भेष्टमेन्ट मेगा बैंक,नेपाल फाइनान्स,आँखुखोला जलविद्युत,उपकार लघुवित्त,थ्रिस्टार हाईड्रो,कुमारी बैंक र प्रभु बैंकको सेयरमूल्यमा सकारात्मक सर्किट लाग्यो ।  

यस्तै आज रिभर फल्सको सेयरमूल्य ९.११ प्रतिशत,मेरो माइक्रोफाइनान्सको ८.४१ र प्राइम कमर्सियल बैंकको सेयरमूल्य ८.३७ प्रतिशतले बढ्यो ।  

आज सिन्धु विकास बैंकको सेयरमूल्य सर्वाधिक अर्थात ४.५७ प्रतिशतले घट्यो ।  

Garima Development Bank
Shivam Cement
IME remit
Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.