बिहीबार, बैशाख ३१,२०८३ 07:15:56
Bizshala
  • बिहीबार, बैशाख ३१,२०८३ 07:15:56
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

२६ बीमा कम्पनीको सेयरभाउ घट्यो, कमाउनेमा सलिको मात्रै

Laxmi Sunrise Bank Limited
२६ बीमा कम्पनीको सेयरभाउ घट्यो, कमाउनेमा सलिको मात्रै
Shivam Cement

काठमाण्डौ । साताको चौथो कारोबार दिन सेयरबजारमा दोहोरो अंकको गिरावट आएको छ । नेप्से परिसूचक १४.८८ अंकले घटेर २६८२.१५ विन्दुमा कायम भएको छ । नेप्सेमा सूचीकृत ३११ कम्पनीको ९५ लाख ८३ हजार ८२९ कित्ता सेयर किनबेच हुँदा ५ अर्ब १४ करोड रुपैयाँमाथिको कारोबार भएको छ । 

आज बीमा समूहका दुईवटै उपसूचक घटेका छन् । जीवन बीमा समूह १.४८ प्रतिशत र निर्जीवन बीमा उपसूचक ०.५१ प्रतिशतले घटेको छ । बीमा कम्पनीमा आज सगरमाथा लुम्बिनी इन्स्योरेन्सको मात्रै सेयरभाउ बढेको छ । कम्पनीको सेयरभाउ ०.४० प्रतिशतले बढेर ७२३ रुपैयाँ पुगेको छ । त्यस्तै, सर्वाधिक गुमाउने बीमा कम्पनीमा भने एलआइसी नेपाल रहेको छ । 

Bizshala
New Office
CG Motors

कम्पनीको सेयरभाउ ३.४८ प्रतिशतले घटेर ९९८ रुपैयाँ कायम भएको छ । यसका साथै सन नेपाल लाइफको ३.२० प्रतिशत, सिटिजन लाइफको २.७९ प्रतिशत, रिलायबल नेपाल लाइफको २.६५ प्रतिशत, प्रभु महालक्ष्मी लाइफको १.७१ प्रतिशत, प्रभु इन्स्योरेन्सको १.५१ प्रतिशत, शिखरको १.३२ प्रतिशत, आइजीआई प्रुडेन्सियलको १.१६ प्रतिशत, हिमालयन एभरेष्टको १.१४ प्रतिशत, गार्डियन माइक्रो लाइफको १.०२ प्रतिशत, एशियन लाइफको ०.९५ प्रतिशत, हिमालयन रि को ०.९३ प्रतिशत र सिद्धार्थ प्रिमियरको ०.८२ प्रतिशतले सेयरभाउ घटेको छ । 

Garima Development Bank
Shivam Cement
IME remit

त्यस्तै, हिमालयन लाइफको ०.८२ प्रतिशत, एनएलजीको ०.७७ प्रतिशत, सानिमा जिआइसीको ०.७७ प्रतिशत, नेपाल लाइफको ०.७० प्रतिशत, आइएमई लाइफको ०.६१ प्रतिशत, नेपाल रि को ०.५५ प्रतिशत, सानिमा रिलायन्स लाइफको ०.४७ प्रतिशत, युनाइटेड अजोडको ०.४६ प्रतिशत, नेको इन्स्योरेन्सको ०.४५ प्रतिशत, सुर्यज्योति लाइफको ०.२२ प्रतिशत, नेपाल इन्स्योरेन्सको ०.१७ प्रतिशत र आरबीसीएलको ०.१० अंकले सेयरभाउ घटेको छ ।

Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.