आईतवार, असार १५,२०८२ 09:05:13
  • आईतवार, असार १५,२०८२ 09:05:13
Global IME Bank Limited

एकदिन पनि टिकेन नेप्सेको वृद्धि, जानकार भन्छन्,‘नाफा बुक मुख्य कारण’

Hyundai Nepal
एकदिन पनि टिकेन नेप्सेको वृद्धि, जानकार भन्छन्,‘नाफा बुक मुख्य कारण’
Nabil Bank Limited

काठमाण्डौ । साताको अन्तिम कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च (नेप्से) दोहोरो अंकले घटेको छ । अघिल्लो दिनको बढोत्तरीलाई जोगाउन नसक्दा आज नेप्से परिसूचक १.२३ प्रतिशत अर्थात ३३.४२ अंकले घटेर २ हजार ६८२.२९ विन्दुमा सीमित बनेको छ ।

यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि १.३८ प्रतिशतले घटेर ४५८.२२ विन्दुमा झरेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३०४ वटा स्क्रिप्टको १ करोड २३ लाख ७१ हजार ३१८ कित्ता सेयर ६ अर्ब १४ करोड ४० लाख रुपैयाँभन्दा बढीको कारोबार भएको  छ ।

CG Motors
Muktinath Bikas Bank Limited

आजको बजारबारे नेपाल इन्भेष्टर्स फोरमका अध्यक्ष तुलसी राम ढकाल भन्छन्, ‘पूँजीबजार घट्नु– बढ्नु भनेको सुन्दर पक्ष हो । बजार सधैं बढेको बढ्यै र घटेको घट्यै गर्दैन । अहिले बजार बलियो अवस्थामै छ । ’

उनले केही राजनीतिक माहोलले गर्दा लगानीकर्ता दुविधामा परे जस्तो देखिएको र यो अफवाह धेरै नटिक्ने समेत उनले बताए । ‘बजार अहिले बेश क्याम्पमा अप डाउन गर्दैछ र बजारले छिट्टै ठूलो फड्को मार्ने तयारी गर्दैछ,’ उनले भने ।    

यस्तै आजको बजारबारे बजार जानकार यज्ञ घिमिरेले पनि राजनीतिक कारणले गर्दा नै बजार बढ्न नसकेको बताए । ‘धितोपत्र बोर्डमा नयाँ अध्यक्ष आएपनि सुधारका काम भएका छैनन् । आजको घटाई नाफा बुकको परिणाम हो । सोमबारबाट भने बजारले पुनःगति लिनेछ,’ उनले भने ।    

यो दिन नेप्सेमा सूचीकृत १३ वटा समूहमध्ये २ वटा बाहेक अन्य सबैमा रातो पोतियो। आज उत्पादन तथा प्रशोधन समूह ०.३८ प्रतिशत र म्युचुअल फण्ड समूह ०.३९ प्रतिशतले बढ्यो ।  

फाइनान्स समूहमा आज सर्वाधिक गिरावट आयो । यो समूह आज २.६४ प्रतिशतले घट्यो । बैंकिङ समूह पनि आज १.७२ प्रतिशत,विकास बैंक १.५५, होटल १.९८, हाईड्रोपावर ०.९९, लगानी १.१८,जीवन बीमा १.३७,लघुवित्त ०.६९,निर्जीवन बीमा ०.९२,अन्य ०.९९ र व्यापार समूह १.२६ प्रतिशतले घट्यो ।  

 

धेरै कारोबार गर्ने कम्पनीहरु

यो दिन जानकी फाइनान्सको सर्वाधिक सेयर कारोबार भयो । आज यो कम्पनीको २६ करोड १२ लाख बढीको कारोबार भयो । सर्वोत्तम सिमेन्टको पनि आज २१ करोड ५२ लाख,जोशी हाईड्रोको १५ करोड २८ लाख,मोलुङ हाईड्रोपावरको १४ करोड १५ लाख र युनाइटेड इदी मर्दीको १३ करोड ४८ लाख बढीको सेयर कारोबार भयो ।  

धरै कमाउने र गुमाउने कम्पनीहरु

आज नेप्सेमा कारोबार भएका कुनैपनि कम्पनीको सेयरमूल्यमा अपर सर्किट लागने । त्रिशुली जलविद्युत कम्पनीको सेयरमूल्य आज सर्वाधिक अर्थात ८.५५ प्रतिशतले बढ्यो ।  

यस्तै, नारायणी डेभलपमेन्ट बैंकको सेयरमूल्य ७.५४ प्रतिशत,कुथेली बुखरी स्मल हाईड्रोको ६.६४ र भूगोल इनर्जीको सेयरमूल्य ५.९९ प्रतिशतले बढ्यो ।  

यो दिन जानकी फाइनान्सको सेयरमूल्य सर्वाधिक घट्यो । यो कम्पनीको सेयरमूल्य ७.४१ प्रतिशतले घट्यो । इङ्ग्वा हाईड्रोको सेयरमूल्य आज ६.४३,इमर्जिङ नेपालको ६.२४ र स्वाभिमान लघुवित्तको सेयरमूल्य ६.०६ प्रतिशतले घट्यो ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.