सोमबार, श्रावण १८,२०८३ 11:51:57
Bizshala
  • सोमबार, श्रावण १८,२०८३ 11:51:57
Bizshala
Global IME Bank Limited

एकदिन पनि टिकेन नेप्सेको वृद्धि, जानकार भन्छन्,‘नाफा बुक मुख्य कारण’

एकदिन पनि टिकेन नेप्सेको वृद्धि, जानकार भन्छन्,‘नाफा बुक मुख्य कारण’
New Office

काठमाण्डौ । साताको अन्तिम कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च (नेप्से) दोहोरो अंकले घटेको छ । अघिल्लो दिनको बढोत्तरीलाई जोगाउन नसक्दा आज नेप्से परिसूचक १.२३ प्रतिशत अर्थात ३३.४२ अंकले घटेर २ हजार ६८२.२९ विन्दुमा सीमित बनेको छ ।

यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि १.३८ प्रतिशतले घटेर ४५८.२२ विन्दुमा झरेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३०४ वटा स्क्रिप्टको १ करोड २३ लाख ७१ हजार ३१८ कित्ता सेयर ६ अर्ब १४ करोड ४० लाख रुपैयाँभन्दा बढीको कारोबार भएको  छ ।

आजको बजारबारे नेपाल इन्भेष्टर्स फोरमका अध्यक्ष तुलसी राम ढकाल भन्छन्, ‘पूँजीबजार घट्नु– बढ्नु भनेको सुन्दर पक्ष हो । बजार सधैं बढेको बढ्यै र घटेको घट्यै गर्दैन । अहिले बजार बलियो अवस्थामै छ । ’

उनले केही राजनीतिक माहोलले गर्दा लगानीकर्ता दुविधामा परे जस्तो देखिएको र यो अफवाह धेरै नटिक्ने समेत उनले बताए । ‘बजार अहिले बेश क्याम्पमा अप डाउन गर्दैछ र बजारले छिट्टै ठूलो फड्को मार्ने तयारी गर्दैछ,’ उनले भने ।    

यस्तै आजको बजारबारे बजार जानकार यज्ञ घिमिरेले पनि राजनीतिक कारणले गर्दा नै बजार बढ्न नसकेको बताए । ‘धितोपत्र बोर्डमा नयाँ अध्यक्ष आएपनि सुधारका काम भएका छैनन् । आजको घटाई नाफा बुकको परिणाम हो । सोमबारबाट भने बजारले पुनःगति लिनेछ,’ उनले भने ।    

यो दिन नेप्सेमा सूचीकृत १३ वटा समूहमध्ये २ वटा बाहेक अन्य सबैमा रातो पोतियो। आज उत्पादन तथा प्रशोधन समूह ०.३८ प्रतिशत र म्युचुअल फण्ड समूह ०.३९ प्रतिशतले बढ्यो ।  

फाइनान्स समूहमा आज सर्वाधिक गिरावट आयो । यो समूह आज २.६४ प्रतिशतले घट्यो । बैंकिङ समूह पनि आज १.७२ प्रतिशत,विकास बैंक १.५५, होटल १.९८, हाईड्रोपावर ०.९९, लगानी १.१८,जीवन बीमा १.३७,लघुवित्त ०.६९,निर्जीवन बीमा ०.९२,अन्य ०.९९ र व्यापार समूह १.२६ प्रतिशतले घट्यो ।  

 

धेरै कारोबार गर्ने कम्पनीहरु

यो दिन जानकी फाइनान्सको सर्वाधिक सेयर कारोबार भयो । आज यो कम्पनीको २६ करोड १२ लाख बढीको कारोबार भयो । सर्वोत्तम सिमेन्टको पनि आज २१ करोड ५२ लाख,जोशी हाईड्रोको १५ करोड २८ लाख,मोलुङ हाईड्रोपावरको १४ करोड १५ लाख र युनाइटेड इदी मर्दीको १३ करोड ४८ लाख बढीको सेयर कारोबार भयो ।  

धरै कमाउने र गुमाउने कम्पनीहरु

आज नेप्सेमा कारोबार भएका कुनैपनि कम्पनीको सेयरमूल्यमा अपर सर्किट लागने । त्रिशुली जलविद्युत कम्पनीको सेयरमूल्य आज सर्वाधिक अर्थात ८.५५ प्रतिशतले बढ्यो ।  

यस्तै, नारायणी डेभलपमेन्ट बैंकको सेयरमूल्य ७.५४ प्रतिशत,कुथेली बुखरी स्मल हाईड्रोको ६.६४ र भूगोल इनर्जीको सेयरमूल्य ५.९९ प्रतिशतले बढ्यो ।  

यो दिन जानकी फाइनान्सको सेयरमूल्य सर्वाधिक घट्यो । यो कम्पनीको सेयरमूल्य ७.४१ प्रतिशतले घट्यो । इङ्ग्वा हाईड्रोको सेयरमूल्य आज ६.४३,इमर्जिङ नेपालको ६.२४ र स्वाभिमान लघुवित्तको सेयरमूल्य ६.०६ प्रतिशतले घट्यो ।  

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.