काठमाण्डौ । साताको चौथो कारोबार दिन सेयरबजारमा दोहोरो अंकको बढोत्तरी भएको छ । नेप्से सूचक १७.२८ अंकले बढेर २७३६.४८ विन्दुमा उक्लिएको छ । नेप्सेमा सूचीकृत ३२३ कम्पनन्ीको २ करोड २९ लाख ४१ हजार ३६५ कित्ता सेयर किनबेच हुँदा ८ अर्ब २३ करोड रुपैयाँमाथिको कारोबार भएको छ ।
बीमा समूहका दुईवटै उपसूचक बढेको छ । जीवन बीमा समूह ०.६४ प्रतिशत र निर्जीवन बीमा समूह ०.४० प्रतिशतले बृद्धि भएको छ । आज २० बीम कम्पनीको सेयरभाउ बढेको छ । सर्वाधिक कमाउने वा सेयरभाउ बढ्ने बीमा कम्पनीमा प्रभु इन्स्योरेन्स रहेको छ । कम्पनीको सेयरभाउ ७.८९ प्रतिशतले बढेर १०६८ रुपैयाँ पुगेको छ ।
त्यस्तै, आज कमाउने जीवन बीमकहरुमा एशियन लाइफको ०.६८ प्रतिशत, हिमालयन लाइफको ०.०२ प्रतिशत, आइएमई लाइफको ०.६३ प्रतिशत, एलआइसी नेपालको १.२० प्रतिशत, नेपाल लाइफको ०.७७ प्रतिशत, प्रभु महालक्ष्मी लाइफको १.३२ प्रतिशत, रिलायबल नेपाल लाइफको ३.२६ प्रतिशत, सुर्यज्योति लाइफको ०.२२ प्रतिशत, सन नेपाल लाइफको १.१८ प्रतिशत र सानिमा रिलायन्स लाइफको १.६१ प्रतिशतले सेयरभाउ बढेको छ ।
निर्जीवन बीमातर्फ हिमालयन एभरेष्टको ०.४९ प्रतिशत, आइजीआई प्रुडेन्सियलको ०.३० प्रतिशत, नेपाल इन्स्योरेन्सको ०.५७ प्रतिशत, एनएलजीको ०.९२ प्रतिशत, सानिमा जिआइसीको ०.१५ प्रतिशत, सिद्धार्थ प्रिमियरको ०.२३ प्रतिशत र युनाइटेड अजोडको ०.१५ प्रतिशतले सेयरभाउ बढेको छ । त्यस्तै, पुनर्बीमातर्फ हिमालयन रि को सेयरभाउ १.३९ प्रतिशत र नेपाल रि को सेयरभाउ २.१७ प्रतिशतले बढेको छ ।
आज सर्वाधिक गुमाउनेमा भने गार्डियन माइक्रो लाइफ रहेको छ । कम्पनीको सेयरभाउ १.८६ प्रतिशतले घटेर १९६१ रुपैयाँ कायम भएको छ । त्यस्तै, सिटिजन लाइफको १.६३ प्रतिशत, नेको इन्स्योरेन्सको ०.२६ प्रतिशत, आरबीसीएलको ०.८७ प्रतिशत, सलिकोको ०.६८ प्रतिशत र शिखर इन्स्योरेन्सको ०.६२ प्रतिशतले सेयरभाउ घटेको छ ।