सोमबार, आश्विन १२,२०८३ 04:33:28
Bizshala
  • सोमबार, आश्विन १२,२०८३ 04:33:28
Bizshala
Global IME Bank Limited

सेयरबजार दोहोरो अंकले खस्कियो, जानकार भन्छन् -दशैंपछि बजारले एउटा राम्रो स्विङ लिन सक्छ

Bizshala
सेयरबजार दोहोरो अंकले खस्कियो, जानकार भन्छन् -दशैंपछि बजारले एउटा राम्रो स्विङ लिन सक्छ
New Office

काठमाण्डौ । साताको पहिलो कारोबार दिन सेयरबजार दोहोरो अंकले ओरालो लागेको छ । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ०.६२ प्रतिशत अर्थात १६.४७ अंकले घटेर २ हजार ६१३.३३ विन्दुमा सीमित बनेको छ। यससँगै बलिया तथा ठूला कम्पनीहरूको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.२८ प्रतिशतले घटेर ४६७.६७ विन्दुमा झरेको छ ।

आज नेप्सेमा सूचीकृत ३५७ वटा स्क्रिप्टको १ करोड ३१ लाख ७८ हजार १२८ कित्ता सेयर किनबेच हुँदा कुल कारोबार रकम ५ अर्ब ३८ करोड ५७ लाख बढीको सेयर कारोबार भएको छ ।  

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

आजको बजारबारे नेपाल इन्भेष्टर्स फोरमका अध्यक्ष तुलसीराम ढकाल भन्छन्, ‘आज बजार घट्नुको मुख्य कारण भनेको केही दिनअघि बजार लगातार बढ्दा नाफा बुक हुनु हो । साथै यतिबेला बजारमा चाडपर्वको पनि प्रभाव देखिन थालेको छ । लगानीकर्ताहरु क्लोजिङको समय नजिकिँदै जाँदा हिसाब किताब मिलाउन र चाडपर्वको लागि खर्च जुटाउन केही प्रतिशत नाफा भएपनि सेयर बेच्न थालेका छन् । तर समग्र बजारको अवस्था हेर्दा अहिले लगानीकर्ताको मनोबल विस्तारै बढ्दै गइरहेको छ र बजार पनि म्याचुअर्ड हुँदै गएको छ । यसबाहेक र्बैंकहरुको ब्याजरपनि स्थिर छ र तरलता फालाफाल छ । बजारमा ३ अर्ब रकम छ, तर लगानीकर्ताहरु निर्धक्क लगानी गर्ने वातावरण सिर्जना खोजिरहेका छन् र यो विस्तारै बन्दै गइरहेको छ । बजार घटबढ हुनु बजारको नियम नै हो घटिहाल्दा आत्तिहाल्नुपर्ने अवस्था छैन । सम्भवतः दशैंपछि बजारले एउटा राम्रो स्विङ लिन सक्छ ।’

कुन समूहमा भयो कतिको थपघट ?

आज कारोबारमा आएका १३ वटा समूहमध्ये एउटा बाहेक अन्य सबैमा रातो पोतियो । आज व्यापार समूह मात्रै बढ्यो । यो समूह आज ०.२३ प्रतिशतले बढ्यो ।  

यो दिन निर्जीवन बीमा समूह सर्वाधिक अर्थात १.२० प्रतिशतले घट्यो । यस्तै बैंकिङ समूह ०.१९, विकास बैंक ०.६९ प्रतिशत, फाइनान्स ०.८५, होटल ०.८७, हाईड्रो १.०३, लगानी १.१६ , जीवन बीमा ०.८३, उत्पादन तथा प्रशोधन ०.३०, लघुवित्त ०.८२, म्युचुअल फण्ड ०.७५ र अन्य समूह ०.५९ प्रतिशतले घट्यो ।  

सर्वाधिक कारोबार हुने कम्पनी

आज हिमालयन डिस्टीलरीको सर्वाधिक सेयर कारोबार भयो । यो कम्पनीको आज ३५ करोड ८२ लाख बढीको सेयर कारोबार भयो । यस्तै शिवम् सिमेन्टको २९ करोड ७८ लाख, हाथवे इन्भेष्टमेन्टको १९ करोड ९८ लाख र सिद्धार्थ बैंकको १२ करोड ३७ लाख बढीको सेयर कारोबार भयो ।  

सर्वाधिक कमाउने र गुमाउने कम्पनी

आज कारोबारमा आएका मध्ये एउटा मात्रै कम्पनीको सेयरमूल्यमा अपर सर्किट लााग्यो । आज ७ प्रतिशत लक्ष्मी डिबेञ्चरको मूल्यमा मात्रै अपर सर्किट लाग्यो । यस्तै आज १० प्रतिशत केबीएल डिबेञ्चरको मूल्य १२.१७ प्रतिशत र ६.२५ प्रतिशत प्राइम बैंक डिबेञ्चरको मूल्य ८.८३ प्रतिशतले बढ्यो । माण्डु हाईडोको मूल्य पनि ५.३८ प्रतिशतले उकालो लाग्यो ।  

यो दिन हाथवे इन्भचेष्टमेन्टको मूल्य सर्वाधिक अर्थात १०.५८ प्रतिशतले घट्यो । 

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
IME remit
Mahalaxmi Development Bank
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.