मंगलवार, असार १६,२०८३ 11:28:33
Bizshala
  • मंगलवार, असार १६,२०८३ 11:28:33
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

हिमालयन रि सहित २५ बीमा कम्पनीको सेयरभाउ घट्यो, कमाउनेमा गार्डियन माइक्रो र नेपाल रि

Laxmi Sunrise Bank Limited
हिमालयन रि सहित २५ बीमा कम्पनीको सेयरभाउ घट्यो, कमाउनेमा गार्डियन माइक्रो र नेपाल रि

काठमाण्डौ । साताको चौथो कारोबार दिन सेयरबजारमा दोहोरो अंकको गिरावट आएको छ । नेप्से परिसूचक २५.१६ अंकले घटेर २८२१.१३ विन्दुमा कायम भएको छ । नेप्सेमा सूचीकृत ३०८ कम्पनीको २ करोड ३३ लाख ४३ हजार २०१ कित्ता सेयर किनबेच हुँदा १० अर्ब ९७ करोड रुपैयाँमाथिको कारोबार भएको छ । 

बीमा समूहका दुईवटै उपसूचक आज घटेका छन् । जीवन बीमा उपसूचक १.४८ प्रतिशत र निर्जीवन बीमा उपसूचक १.५१ प्रतिशतले घटेको छ । आज गार्डियन माइक्रो लाइफ र नेपाल रि इन्स्योरेन्सको मात्रै सेयरभाउ बढेको छ । गार्डियन माइक्रो लाइफको सेयरभाउ १० प्रतिशतले बढेर १५२० रुपैयाँ २० पैसा पुगेको छ भने नेपाल रि इन्स्योरेन्सको सेयरभाउ ०.३० प्रतिशतले बढेर १३४५ रुपैयाँ पुगेको छ । आज २५ बीमा कम्पनीको सेयरभाउ घटेको छ । 

New Office
CG Motors
Garima Development Bank

सर्वाधिक गुमाउने बीमा कम्पनीमा प्रभु महालक्ष्मी लाइफ रहेको छ । कम्पनीको सेयरभाउ ३.५५ प्रतिशतले घटेर ६२७ रुपैयाँ ६० पैसा कायम भएको छ । यसका साथै नेशनल लाइफको ३.३४ प्रतिशत, युनाइटेड अजोडको ३.०६ प्रतिशत, नेपाल लाइफको २.७० प्रतिशत, एनएलजीको २.२७ प्रतिशत, नेपाल इन्स्योरेन्सको २.२४ प्रतिशत, सगरमाथा लुम्बिनीको २.०४ प्रतिशत, एशियन लाइफको १.८९ प्रतिशत, शिखरको १.७९ प्रतिशत, सिद्धार्थ प्रिमियरको १.७५ प्रतिशत, एलआइसी नेपालको १.६० प्रतिशत, आइजीआई प्रुडेन्सियलको १.४३ प्रतिशत, सुर्यज्योति लाइफको १.३६ प्रतिशत, आरबीसीएलको १.२६ प्रतिशत र सानिमा रिलायन्स लाइफको १.१० प्रतिशतले घटेको छ ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

त्यस्तै, आइएमई लाइफको १.०८ प्रतिशत, सिटिजन लाइफको १.०१ प्रतिशत, प्रभु इन्स्योरेन्सको ०.८९ प्रतिशत, हिमालयन लाइफको ०.८७ प्रतिशत, हिमालयन रि को ०.८१ प्रतिशत, हिमालयन एभरेष्टको ०.७९ प्रतिशत, सन नेपाल लाइफको ०.६४ प्रतिशत, नेको इन्स्योरेन्सको ०.२५ प्रतिशत, सानिमा जिआइसीको ०.२४ प्रतिशत र रिलायबल नेपाल लाइफको ०.०४ प्रतिशतले सेयरभाउ घटेको छ ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.