सोमबार, श्रावण १८,२०८३ 11:43:24
Bizshala
  • सोमबार, श्रावण १८,२०८३ 11:43:24
Bizshala
Global IME Bank Limited

नेप्सेको ६ दिनको निरन्तरको गिरावटमा ब्रेक, सबै समूहमा हरियाली

नेप्सेको ६ दिनको निरन्तरको गिरावटमा ब्रेक, सबै समूहमा हरियाली
New Office

काठमाण्डौ । साताको दोस्रो कारोबार दिन नेपाल स्टक एक्सचेञ्च(नेप्से) दोहोरो अंकले बढेको छ । आज नेप्से परिसूचक ०.९९ प्रतिशत अर्थात २६.१० अंकले बढेर २ हजार ६४०.७८ विन्दुमा पुगेको छ ।

यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.९३ प्रतिशतले बढेर ४४३.४२ विन्दुमा पुगेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३२६ वटा स्क्रिप्टको ९७ लाख ३९ हजार ७३८ कित्ता सेयर ४ अर्ब ४८ करोड ३५ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको  छ ।

आजको बजारबारे बजार जानकार अजयसिंह थापा(जयशम्भु) भन्छन्,  ‘आजको बजारको बढोत्तरीलाई बजार घट्न रोकिएको मान्न सकिन्छ । बजार सपोर्ट लेभलमा आएर फर्किएको छ । यसकारण केही समय अब बजार २८ सय विन्दुसम्म माथि जान सक्छ ।’

प्राविधिक रुपमा आजको बजार आरएसआई ओभरसोल्ड जोनबाट फर्किएको उनले बताए । यस्तै उनले आज कारोबार भने नबढ्नु स्वभाविक नै भएको समेत बताए ।  

अर्का बजार जानकार विरेन्द्र विष्टले हिजोअस्तिको बजारको घटाई अस्वभाविक भएको र घट्नु पर्ने कुनै विशेष कारण नभएको बताए । ‘सरकार परिवर्तन हुने विषय हल्ला मात्रै भएको र तत्काल रानीतिक उथलपुथलको कुनै सम्भावना नरहेकाले लगानीकर्ता डराउनुपर्ने कुनै कारण देखिदैन । तेस्रो त्रैमासिक प्रतिवेदनमा बैंकहरुको खराब कर्जा अनुपात सुधार भएर आउदैछ, अर्थतन्त्र सुधारोन्मुख देखिन्छ, ब्याजदर अझै डेढ वर्ष परिवर्तन हुने देखिदैन । यस कारण सेयर बजारले राम्रो गति लिने अपेक्षा गर्न सकिन्छ,’ उनले भने ।    

यो दिन नेप्सेमा सूचीकृत १३ वटै समूहमा हरियाली छायो । फाइनान्स समूह आज सर्वाधिक अर्थात ३.७५ प्रतिशतले बढ्यो । बैंकिङ समूह पनि आज ०.९२ प्रतिशत, विकास बेंक ०.७८, होटल १.१६,हाईड्रो १, लगानी ०.९५,जीवन बीमा १.६४, उत्पादन तथा प्रशोधन ०.८०,लघुवित्त ०.९०,म्युचुअल फण्ड ०.४९, निर्जीवन बीमा ०.६१, अन्य १.९१ र व्यापार समूह १.५५ प्रतिशतले बढ्यो ।  

धेरै कारोबार गर्ने कम्पनीहरु

यो दिन हिमालयन रि इन्स्योरेन्सको सर्वाधिक सेयर कारोबार भयो । आज यो कम्पनीको ३२ करोड ६९ लाख बढीको कारोबार भयो । सिईडिबि होल्डिङको पनि आज १५ करोड २९ लाख, नेपाल पुनर्बीमा कम्पनीको १२ करोड ९६ लाख,गार्डियन माइक्रो लाइफको १२ करोड ४४ लाख र सिन्धु विकास बे.कको ११ करोड ८५ लाख बढीको सेयर कारोबार भयो ।  

धरै कमाउने र गुमाउने कम्पनीहरु

आज नेप्सेमा कारोबार भएका कुनैपनि कम्पनीको सेयरमूल्यमा अपर सर्किट लागेन । आज गार्डियन माइक्रो लाइफको सेयरमूल्य सर्वाधिक बढ्यो । यो कम्पनीको सेयरमूल्यमा आज ९.२९ प्रतिशतको बढोत्तरी देखियो । पोखरा फाइनान्सको सेयरमूल्य पनि ७.४७ प्रतिशत,समृद्धि फाइनान्सको ६.३०,स्वेत गंगा हाईड्रोपावरको ५.६४ र रिलायन्स फाइनान्सको सेयरमूल्य ५.२२ प्रतिशतले बढ्यो ।  

अपर हेवाखोला हाईड्रोको सेयरमूल्य आज सर्वाधिक अर्थात ४.९२ प्रतिशतले घट्यो । नारायणी डेभलपमेन्ट बैंकको सेयरमूल्य पनि आज ४.०५ प्रतिशत र युनाइटेड मोदी हाईड्रोपावरको सेयरमूल्य २.९० प्रतिशतले घट्यो ।  

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.