बुधबार, असार १०,२०८३ 04:09:28
Bizshala
  • बुधबार, असार १०,२०८३ 04:09:28
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

नेप्सेमा करिब ४० अंकको वृद्धि, विश्लेषक भन्छन्, ‘लगानीकर्ताको मनोबल बलियो बन्दैछ’

Laxmi Sunrise Bank Limited
नेप्सेमा करिब ४० अंकको वृद्धि, विश्लेषक भन्छन्, ‘लगानीकर्ताको मनोबल बलियो बन्दैछ’

काठमाण्डौ । साताको पहिलो कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च (नेप्से) दोहोरो अंकले बढेको छ । आज नेप्से परिसूचक १.५५ प्रतिशत अर्थात ३९.९२ अंकले बढेर २ हजार ६००.२२ विन्दुमा पुगेको छ ।

यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि १.७३ प्रतिशतले बढेर ४४८.२९ विन्दुमा पुगेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३३४ वटा स्क्रिप्टको १ करोड ३३ लाख ८१ हजार ९२९ कित्ता सेयर ६ अर्ब २८ करोड ६७ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको  छ ।

आजको बजारबारे बजार जानकार उपेन्द्र पाठकले राजनीतिक र आगामी चुनावको विषयले विगत केही समयदेखि बजार घट्दै आईरहेकोमा अहिले अवस्थामा सुधार आएकाले आज बजारमा ठूलो अंकको वृद्धि देखिएको बताए । यसका कारण लगानीकर्ताको मनोबल  बढेको उनको धारणा छ । ‘अहिले सस्तो बयाजदरमा लगानी गर्ने अवसर छ । राजनीतिक माहौलमा सुधार आउदै गर्यो भने बजारपनि माथि नै लाग्ने हो । बैंकहरुको मुद्दती निक्षेपमा भन्दा सेयरबजारमा लगानी गर्नु उपयुक्त देखिएको छ,’ उनले भने ।

New Office
CG Motors
Garima Development Bank

यस्तै अर्का बजार जानकार विष्णु भुसालले पनि देशमा निर्वाचनको वातावरण बन्दै गएकाले लगानीकर्ताको मनोबल बढेको बताए । माहौल राम्रो बनेकाले मौद्रिक नीति पनि सकारात्मक नै आउनेमा उनी ढुक्क देखिए । उनले एकपटक बजारमा राम्रो अंकको उछाल आउने पनि विश्वास व्यक्त गरे ।  

यो दिन नेप्सेमा सूचीकृत १३ वटा समूहमध्ये एउटा बाहेक अन्य सबैमा हरियाली छायो । आज जीवन बीमा समूह सर्वाधिक अर्थात २.५५ प्रतिशतले बढ्यो । बैंकिङ समूह पनि आज १.३६ प्रतिशत, विकास बैंक  १.८४, फाइनान्स १.६१, होटल १.५७, हाईड्रो १.३३, लगानी २.०३, उत्पादन तथा प्रशोधन १.५६, लघुवित्त १.८३, निर्जीवन बीमा १.९९, अन्य १.१८ र व्यापार समूह ०.२५ प्रतिशतले बढ्यो ।  

आज घट्ने एउटा मात्रै समूहको रुपमा म्युचुअल फण्ड समूह रह्यो । यो समूह आज ०.२७ प्रतिशतले घट्यो ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

धेरै कारोबार गर्ने कम्पनीहरु

यो दिन एनआरएन इन्फ्रास्ट्रक्चरको सर्वाधिक सेयर कारोबार भयो । आज यो कम्पनीको ६५ करोड ६० लाख बढीको सेयर कारोबार भयो ।

यस्तै पिपुल्स हाईड्रोपावरको ३४ करोड ७८ लाख, राधी विद्युत कम्पनीको २१ करोड ९२ लाख, नेपाल पुनर्बीमा कम्पनीको १७ करोड १२ लाख, शिवम् सिमेन्टको १५ करोड ४८ लाख बढीको सेयर कारोबार भयो ।

धरै कमाउने र गुमाउने कम्पनीहरु

आज नेप्सेमा कारोबार भएका ३ वटा कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट लाग्यो । आज सागर डिष्टिलरी, झापा इनर्जी र बन्दिपुर बेवलकारको सेयरमूल्यमा अपर सर्किट लाग्यो ।  

यस्तै आज स्वस्तिक लघुवित्तको सेयरमूल्य ८.१९ प्रतिशत, छ्याङदी हाईड्रोपावको ६.२९ र जोशी हाईड्रोपावरको सेयरमूल्य ५.९३ प्रतिशतले बढ्यो ।

यो दिन पिपुल्स हाईड्रोको सेयरमूल्य सर्वाधिक अर्थात ७.६५ प्रतिशतले घट्यो ।  

यस्तै मोदी इनर्जीको सेयरमूल्य ४.४९ प्रतिशत र सप्तकोशी डेभलपमेन्ट बैंकको सेयरमूल्य ४.४७ प्रतिशतले घट्यो ।  

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.