आईतवार, भाद्र २३,२०८१ 10:48:09
IME remit
  • आईतवार, भाद्र २३,२०८१ 10:48:09
IME remit
Global IME Bank Limited

सामान्य करेक्सनका साथ नेप्सेमा ५ महिना पछिकै उच्च कारोबार,जानकार भन्छन्,‘बुल ट्रेण्डको सुरुवात’

Hyundai Nepal
सामान्य करेक्सनका साथ नेप्सेमा ५ महिना पछिकै उच्च कारोबार,जानकार भन्छन्,‘बुल ट्रेण्डको सुरुवात’
Nabil Bank Limited

काठमाण्डौ । साताको अन्तिम कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च(नेप्से) मा सामान्य अंकको गिरावट आएको छ । आज नेप्से परिसूचक ०.४३ प्रतिशत अर्थात ९.३२ अंकले घटेर २ हजार ११२.२९ विन्दुमा सीमित बनेको छ ।

यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.१९ प्रतिशतले घटेर ३७४.१८ विन्दुमा झरेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३१३ वटा कम्पनीको १ करोड ४२ लाख ७९ हजार २५४ कित्ता सेयर ६ अर्ब ४३ करोड ५० लाख रुपैयाँभन्दा बढीको कारोबार भएको  छ । यो कारोबार ५ महिना पछिकै उच्च हो । यसअघि गत वर्षको माघ ७ गते उच्च कारोबार भएको थियो । त्यस दिन ७ अर्ब ६७ करोड बढीको कारोबार भएको थियो ।  

आजको बजारबारे बजार जानकार प्रकाश रजौरे भन्छन्, ‘ करिब ३ वर्ष बियरिस चलेको बजार बुल ट्रेण्डको सुरुवातमा रहेको छ । धितोपत्र बोर्डको अध्यक्ष पनि छिट्टै नियुक्त हुने प्रक्रियामा रहेको सुन्नमा आएको छ । राष्ट्र बैंकले पनि जोखिम भार घटाउने र क्याप हटाउने विषयमा केहि लचक हुन सक्ने देखिएकाले लगानीकर्तामा विस्तारै उत्साहको सञ्चार भईरहेको छ ।’

रजौरेका अनुसार बजारमा घट्दो ब्याजदरसँगै अधिक तरलता भएकाले नयाँ लगानीकर्ता पनि विस्तारै बजार प्रवेश गरेर सेयर जम्मा गरिरहेका छन् । केहि दिन बढेको बजारमा नाफा बुक भएका कारण आज बजारमा करेक्सन आएको रजौरेले बताए ।  

नेपाल पूँजी बजार लगानीकर्ता संघकी अध्यक्ष राधा पोखरेलको विचारमा पनि सहज मौद्रिक नीतिको अपेक्षाका कारण लगानीकर्ताले लगानी बढाएको देखिन्छ । ‘हामीले पनि क्याप हटाउनुपर्ने,जोखिमभार घटाउनु पर्ने जस्ता विषय लिखित रुपमा नै राष्ट्र बैंकसमक्ष पेश गरेका छौं । त्यसैले लचक मौद्रिक नीतिको आश गर्न सकिन्छ ।’ पोखरेलले भनिन् ।    

CG Motors
Muktinath Bikas Bank Limited
Sagarmatha Cement

यो दिन नेप्सेमा सूचीकृत १३ वटा समूहमध्ये २ वटा समूहमा मात्रै हरियाली छाएको छ । आज वित्त समूह २.०३ र विकास बैंक समूह १.३१ प्रतिशतले बढ्यो ।  

आज बैंकिङ समूह ०.४३, होटल ०.१५,हाईड्रो ०.५९,लगानी ०.६४,जीवन बीमा ०.५१,उत्पादन तथा प्रशोधन १.०३,लघुवित्त ०.३८,म्युचुअल फण्ड ०.११,निर्जीवन बीमा ०.८२,अन्य ०.८१ र व्यापार समूह १.०३ प्रतिशतले घटे ।  

धेरै कारोबार गर्ने कम्पनीहरु

आज नेपाल फाइनान्सको सर्वाधिक सेयर कारोबार भएको छ । आज यो कम्पनीको २८ करोड ४७ लाख बढीको सेयर कारोबार भएको छ । यो दिन एनआरएन इन्फ्रास्ट्रक्चरको २० करोड ५७ लाख,समृद्धि फाइनान्सको १७ करोड ५६ लाख र साधना लघुवित्तको १२ करोड ९९ लाख बढीको सेयर कारोबार भएको छ ।  

धरै कमाउने र गुमाउने कम्पनीहरु

आज ५ वटा कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट लाग्यो । आज समृद्धि फाइनान्स,कुथेली बुखरी स्मल हाईड्रोपावर,साधना लघुवित्त,सप्तकोशी डेभलपमेन्ट बैंक र बाराही हाईड्रोपावरको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ ।  

यो दिन मनकामना स्मार्ट लघुवित्तको सेयरमूल्य ९.२७ प्रतिशत,गुडविल फाइनान्सको ८.८४ र वरुण हाईड्रोको सेयरमूल्य ८.४४ प्रतिशतले बढ्यो ।  

यो दिन मिड सोलु हाईड्रोका सेयरमूल्य सर्वाधिक अर्थात १० प्रतिशतले घट्यो । साथै आज भगवति हाईड्रोको सेयरमूल्य ८.२७ प्रतिशत,एनआरएन एन्फ्रास्ट्रक्चरको ७.७८ प्रतिशत र महुली लघुवित्तको सेयरमूल्य ५.६२ प्रतिशतले घट्यो ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.

Global IME Bank Limited
X
Global IME Bank Limited
X