आईतवार, असार १५,२०८२ 09:49:09
  • आईतवार, असार १५,२०८२ 09:49:09
Global IME Bank Limited

नेप्सेको ओरालो यात्रा जारी, जानकार भन्छन्,‘२५ सय विन्दुमा मनोवैज्ञानिक सपोर्ट’

Hyundai Nepal
नेप्सेको ओरालो यात्रा जारी, जानकार भन्छन्,‘२५ सय विन्दुमा मनोवैज्ञानिक सपोर्ट’
Nabil Bank Limited

काठमाण्डौ । साताको दोस्रो कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च (नेप्से) मा दोहोरो अंकको गिरावट आएको छ । आज नेप्से परिसूचक २.१६ प्रतिशत अर्थात ५७.०३ अंकले घटेर २ हजार ५८०.७६ विन्दुमा सीमित बनेको छ ।

यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि १.८२ प्रतिशतले घटेर ४६०.११ विन्दुमा झरेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३१२ वटा स्क्रिप्टको १ करोड ७० लाख ६१ हजार ८०७ कित्ता सेयर ७ अर्ब ३६ करोड १९ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको  छ ।

CG Motors
Muktinath Bikas Bank Limited

आजको बजारबारे बजार जानकार अजयसिंह थापा(जयशम्भु) भन्छन्,  ‘दशैंतिहारको दबाबले गर्दा बजारमा गिरावट आएको देखिन्छ । यो बेला सधैं बजार घट्छ भन्ने मनोविज्ञानले काम गर्ने गर्छ । यद्यपी यो बुलभित्रकै करेक्सन हो । बजारमा २५ सय विन्दुमा मनोवैज्ञानिक सपोर्ट रहेको छ ।’

अर्का बजार जानकार दामोदर गजुरेलले पनि बजारमा चाडपर्वका कारण बिक्री दबाब परेको हुनसक्ने बताए । ‘ बजार् केही समय साइडवेज पनि जान सक्छ । प्राविधिक रुपमा पनि सबै इन्डिकेटरले बिक्री दबाब नै परेको देखिन्छ । २ हजार बाट ३ हजार पुगेको बजारमा केही पुराना फसेकाहरु निस्केको र नयाँ लगानीकर्ता प्रवेश नगरेका कारण बजारको बढार्इ  दिगो हुन नसकेको हो,’ उनले भने ।    

यो दिन नेप्सेमा सूचीकृत १३ वटै समूहमा रातो पोतियो । आज वित्त समूहमा सर्वाधिक गिरावट आयो । यो समूह आज ५.६६ प्रतिशतले घट्यो ।  

यस्तै आज बैंकिङ समूह १.५९ प्रतिशत,विकास बैंक २.७२, वित्त ५.६६,होटल २.७९, हाईड्रो २.२८,लगानी २.५३,जीवन बीमा १.९१,उत्पादन तथा प्रशोधन १.७१,लघुवित्त २.४३,म्युचुअल फण्ड १.१७,निर्जीवन बीमा १.९१ र अन्य समूह २.३३ प्रतिशतले घट्यो ।

धेरै कारोबार गर्ने कम्पनीहरु

यो दिन सिईडिबि हाईड्रोको सर्वाधिक सेयर कारोबार  भयो । कम्पनीको आज ३१ करोड ११ लाख बढीको सेयर कारोबार  भयो ।  

सानिमा रिलायन्स लाइफको आज २७ करोड ४२ लाख, नेपाल फाइनान्सको २० करोड ९० लाख,एनएलजी इन्स्योरेन्सको १८ करोड २४ लाख र हिमालयन रि इन्स्योरेन्सको आज १४ करोड ७७ लाख बढीको सेयर कारोबार भयो ।    

धरै कमाउने र गुमाउने कम्पनीहरु

आज नेप्सेमा कारोबार भएका ३ वटा कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट लाग्यो । आज आत्मनिर्भर लघुवित्त,हिमालयन हाईड्रोपावर र जनउत्थान लघुवित्तको सेयरमूल्यमा अपर सर्किट लाग्यो ।  

राँवा इनर्जीको सेयरमूल्य आज ५.३७ प्रतिशत,राप्ती हाईड्रोको ५.३२ र अपर लोहरे खोलाको सेयरमूल्य ४.४० प्रतिशतले बढ्यो ।  

आज गुडविल फाइनान्सको सेयरमूल्य सर्वाधिक अर्थात ९.९१ प्रतिशतले घट्यो । थ्रिस्टार हाईड्रोको सेयरमूल्य आज ९.३६ प्रतिशत,नेपाल फाइनान्सको ८.४२ र श्रृजनशिल लघुवित्तको सेयरमूल्य ८.२८ प्रतिशतले घट्यो ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.