बुधबार, असार १०,२०८३ 04:07:07
Bizshala
  • बुधबार, असार १०,२०८३ 04:07:07
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

नेप्सेको ओरालो यात्रा जारी, जानकार भन्छन्,‘२५ सय विन्दुमा मनोवैज्ञानिक सपोर्ट’

Laxmi Sunrise Bank Limited
नेप्सेको ओरालो यात्रा जारी, जानकार भन्छन्,‘२५ सय विन्दुमा मनोवैज्ञानिक सपोर्ट’

काठमाण्डौ । साताको दोस्रो कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च (नेप्से) मा दोहोरो अंकको गिरावट आएको छ । आज नेप्से परिसूचक २.१६ प्रतिशत अर्थात ५७.०३ अंकले घटेर २ हजार ५८०.७६ विन्दुमा सीमित बनेको छ ।

यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि १.८२ प्रतिशतले घटेर ४६०.११ विन्दुमा झरेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३१२ वटा स्क्रिप्टको १ करोड ७० लाख ६१ हजार ८०७ कित्ता सेयर ७ अर्ब ३६ करोड १९ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको  छ ।

New Office
CG Motors
Garima Development Bank

आजको बजारबारे बजार जानकार अजयसिंह थापा(जयशम्भु) भन्छन्,  ‘दशैंतिहारको दबाबले गर्दा बजारमा गिरावट आएको देखिन्छ । यो बेला सधैं बजार घट्छ भन्ने मनोविज्ञानले काम गर्ने गर्छ । यद्यपी यो बुलभित्रकै करेक्सन हो । बजारमा २५ सय विन्दुमा मनोवैज्ञानिक सपोर्ट रहेको छ ।’

अर्का बजार जानकार दामोदर गजुरेलले पनि बजारमा चाडपर्वका कारण बिक्री दबाब परेको हुनसक्ने बताए । ‘ बजार् केही समय साइडवेज पनि जान सक्छ । प्राविधिक रुपमा पनि सबै इन्डिकेटरले बिक्री दबाब नै परेको देखिन्छ । २ हजार बाट ३ हजार पुगेको बजारमा केही पुराना फसेकाहरु निस्केको र नयाँ लगानीकर्ता प्रवेश नगरेका कारण बजारको बढार्इ  दिगो हुन नसकेको हो,’ उनले भने ।    

यो दिन नेप्सेमा सूचीकृत १३ वटै समूहमा रातो पोतियो । आज वित्त समूहमा सर्वाधिक गिरावट आयो । यो समूह आज ५.६६ प्रतिशतले घट्यो ।  

यस्तै आज बैंकिङ समूह १.५९ प्रतिशत,विकास बैंक २.७२, वित्त ५.६६,होटल २.७९, हाईड्रो २.२८,लगानी २.५३,जीवन बीमा १.९१,उत्पादन तथा प्रशोधन १.७१,लघुवित्त २.४३,म्युचुअल फण्ड १.१७,निर्जीवन बीमा १.९१ र अन्य समूह २.३३ प्रतिशतले घट्यो ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

धेरै कारोबार गर्ने कम्पनीहरु

यो दिन सिईडिबि हाईड्रोको सर्वाधिक सेयर कारोबार  भयो । कम्पनीको आज ३१ करोड ११ लाख बढीको सेयर कारोबार  भयो ।  

सानिमा रिलायन्स लाइफको आज २७ करोड ४२ लाख, नेपाल फाइनान्सको २० करोड ९० लाख,एनएलजी इन्स्योरेन्सको १८ करोड २४ लाख र हिमालयन रि इन्स्योरेन्सको आज १४ करोड ७७ लाख बढीको सेयर कारोबार भयो ।    

धरै कमाउने र गुमाउने कम्पनीहरु

आज नेप्सेमा कारोबार भएका ३ वटा कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट लाग्यो । आज आत्मनिर्भर लघुवित्त,हिमालयन हाईड्रोपावर र जनउत्थान लघुवित्तको सेयरमूल्यमा अपर सर्किट लाग्यो ।  

राँवा इनर्जीको सेयरमूल्य आज ५.३७ प्रतिशत,राप्ती हाईड्रोको ५.३२ र अपर लोहरे खोलाको सेयरमूल्य ४.४० प्रतिशतले बढ्यो ।  

आज गुडविल फाइनान्सको सेयरमूल्य सर्वाधिक अर्थात ९.९१ प्रतिशतले घट्यो । थ्रिस्टार हाईड्रोको सेयरमूल्य आज ९.३६ प्रतिशत,नेपाल फाइनान्सको ८.४२ र श्रृजनशिल लघुवित्तको सेयरमूल्य ८.२८ प्रतिशतले घट्यो ।  

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.