सोमबार, श्रावण १८,२०८३ 11:53:02
Bizshala
  • सोमबार, श्रावण १८,२०८३ 11:53:02
Bizshala
Global IME Bank Limited

झिनो अंकले घट्यो सेयरबजार, कारोबार रु.४.६८ अर्ब

झिनो अंकले घट्यो सेयरबजार, कारोबार रु.४.६८ अर्ब
New Office

काठमाण्डौ । साताको अन्तिम कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च (नेप्से)मा झिनो अंकको गिरावट आएको छ । आज नेप्से परिसूचक ०.०३ प्रतिशत अर्थात ०.९३ अंकले घटेर २ हजार ५६०.१५ विन्दुमा सीमित बनेको छ ।

यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.३६ प्रतिशतले घटेर ४४०.६५ विन्दुमा झरेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३२८ वटा स्क्रिप्टको १ करोड ४ लाख ४९ हजार २९६ कित्ता सेयर ४ अर्ब ६८ करोड ८८ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको  छ ।

आजको बजारबारे बजार जानकार टेकेन्द्र थपलियाले लगानीकर्तामा उच्च मनोबलको अभावका कारण पछिल्लो समय सेयरबजार उभो लाग्न नसकेको बताए । साइडवेजमा चलिरहेको बजारमा बेलाबखतमा हुने विभिन्न राजनीतिक घटनाक्रमले बजार थप दबाबमा परेको समेत उनको तर्क छ ।  

बजारमा सबै कुरा सकारात्मक रहेको तर राजनीतिक स्थिरताको कमीले भने केही समस्या भएको उनले बताए । राजनीतिक दिशा थप प्रष्ट हुँदै गएमा भने बजारले उकालो यात्रा तय गर्ने उनले विश्वास व्यक्त गरे ।    

यो दिन नेप्सेमा सूचीकृत १३ वटा समूहमध्ये ६ वटा समूहमा हरियाली छायो भने अन्य ७ वटामा रातो पोतियो । आज होटल समूह सर्वाधिक अर्थात १.१६ प्रतिशतले बढ्यो । हाईड्रो समूह पनि आज ०.०९ प्रतिशत, लघुवित्त ०.२७, अन्य ०.३० र व्यापार समूह ०.१७ प्रतिशतले बढ्यो ।  

फाइनान्स समूह आज सर्वाधिक अर्थात ०.७१ प्रतिशतले घट्यो । बैंकिङ समूह पनि आज ०.३४ प्रतिशत, विकास बैंक ०.०८, लगानी ०.५२, जीवन बीमा ०.०६, म्युचुअल फण्ड ०.४१ र निर्जीवन बीमा ०.३३ प्रतिशतले घट्यो ।  

धेरै कारोबार गर्ने कम्पनीहरु

यो दिन साहस उर्जाको सर्वाधिक सेयर कारोबार भयो । आज सप्तकोशी डेभलपमेन्ट बैंकको पनि १६ करोड ९३ लाख, नेपाल पुनर्बीमा कम्पनीको १२ करोड ६९ लाख, युनियन हाईड्रोपावरको १२ करोड १५ लाख र बरुण हाईड्रोपावरको १२ करोड ६३ हजार बढीको सेयर कारोबार भयो ।  

धरै कमाउने र गुमाउने कम्पनीहरु

आज नेप्सेमा कारोबार भएका ४ वटा कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट लाग्यो । आज धौलागिरी लघुवित्त, बन्दीपुर केवलकार,झापा इनर्जी र सागर डिष्टिलरीको सेयरमूल्यमा अपर सर्किट लाग्यो ।  

यस्तै आज सिन्धु विकास बैंकको सेयरमूल्य ९.६० प्रतिशत, सप्तकोशी डेभलपमेन्ट बैंकको ७.७१ र चिर्ख्वा हाईड्रोपावरको सेयरमूल्य ६.८० प्रतिशतले बढ्यो ।  

यो दिन बुङ्गल हाईड्रोको सेयरमूल्य सर्वाधिक अर्थात ९.०५ प्रतिशतले घट्यो ।  

यस्तै दरमखोला हाईड्रो इनर्जीको सेयरमूल्य ४.९१ प्रतिशत र विकास हाईड्रोपावरको सेयरमूल्य ३.७९ प्रतिशतले घट्यो ।  

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.