शुक्रबार, असार १२,२०८३ 03:31:28
Bizshala
  • शुक्रबार, असार १२,२०८३ 03:31:28
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

सेयरबजार १.५२ अंकले बढ्यो, कारोबार ६.२० अर्ब

Laxmi Sunrise Bank Limited
सेयरबजार १.५२ अंकले बढ्यो, कारोबार ६.२० अर्ब

काठमाण्डौ । साताको चौथो कारोबार दिन सेयरबजार झिनो अंकले बढेको छ । आज नेपाल स्टक एक्सचेञ्च(नेप्से) परिसूचक ०.०५ प्रतिशत अर्थात १.५२ अंकले बढेर २ हजार ६४१.४३ विन्दुमा पुगेको छ ।

यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स भने ०.०२ प्रतिशतले घटेर ४५४.७३ विन्दुमा पुगेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३२० वटा स्क्रिप्टको १ करोड २५ लाख ४ हजार ९७० कित्ता सेयर ६ अर्ब २० करोड ९४ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।

New Office
CG Motors
Garima Development Bank

आजको बजारबारे नेपाल इन्भेष्टर फोरममा उपाध्यक्ष राजन लम्साल भन्छन्, ‘आज बजार झिनो अंकले बढेपनि यसलाई सेयरबजार बढेको भन्न मिल्दैन । आज विशेषतः धेरै सूचीकृत कम्पनीहरुको वार्षिक साधारण सभा भएकाले पनि सेयर लगानीकर्ताहरु एजीएमतर्फ उपस्थित हुँदा बजारमा ध्यान दिन पाएनन्, जसकारण सेयरबजारमा ठूलो अंकको उतारचढाव देखिएन । साथै, पछिल्लो समय चुनावी माहोल देखिएपनि नेपाल काङ्ग्रेसभित्र देखिएको समस्या र विवादले चुनावी समय धकेलिने होकी भन्ने अन्योलता अझै पनि छ । केही ठूला दलहरुले फागुन २१ मा नै चुनाव गर्न असमर्थन समेत जनाएको हल्ला छ, यस्तो कुराले सेयरबजारलाई पक्कै पनि नकारात्मक असर पार्छ । सम्भवतः माघ ६ गते मनोनयन दर्ता सकिएपछि बजार माथि उक्लिन सक्ने सम्भावना देखिन्छ ।’

यो दिन नेप्सेमा सूचीकृत १३ वटा समूहमध्ये ८ वटामा हरियाली छायो भने ५ वटामा रातो पोतियो । आज फाइनान्स  समूह सर्वाधिक अर्थात २.५५ प्रतिशतले बढ्यो । यस्तै विकास बैंक समूह ०.०१ प्रतिशत, होटल ०.३१, हाईड्रो ०.०७, लगानी ०.११, म्युचुअल फण्ड ०.०८, निर्जीवन ०.३८ र व्यापार ०.६७ प्रतिशतले बढ्यो ।

होटल समूह आज सर्वाधिक घट्यो । यो समूहमा आज ०.४१ प्रतिशतको गिरावट आयो । बैंकिङ समूह पनि आज ०.०८ प्रतिशत, जीवन बीमा ०.०१, उत्पादन तथा प्रशोधन ०.४१, लघुवित्त ०.०५ र अन्य ०.१३ प्रतिशतले घट्यो ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

धेरै कारोबार गर्ने कम्पनीहरु

आज राधी विद्युतको सर्वाधिक सेयर कारोबार भयो । आज यो कम्पनीको २६ करोड २४ लाख बढीको सेयर कारोबार भयो ।

यस्तै, युनियन हाईड्रोको २३ करोड २६ लाख, एसवाई प्यानलको २२ करोड १ लाख, मन्जुश्री फाइनान्सको २१ करोड ३८ लाख र दोर्दीखोला जलविद्युतको १९ करोड ३० लाख बढीको सेयर कारोबार भयो ।  

धरै कमाउने र गुमाउने कम्पनीहरु

आज नेप्सेमा कारोबार भएको एउटा मात्रै कम्पनीको सेयरमूल्यमा अपर सर्किट लाग्यो। आज सुपर मादी हाईड्रोको सेयरमूल्यमा मात्रै अपर सर्किट लाग्यो । यसैगरी, आज थ्रिस्टार हाईड्रोको सेयरमूल्य ८.२३ प्रतिशत, एनएमबी लघुवित्तको ७.३४ र गुडविल फाइनान्सको सेयरमूल्य ५.७३ प्रतिशतले बढ्यो ।

मकर जितुमाया सुरी हाईड्रोको सेयरमूल्य सर्वाधिक अर्थात २.५९ प्रतिशतले घट्यो।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.