Bizshala
  • बुधबार, पुष ३०,२०८२ 05:17:56
Bizshala
Global IME Bank Limited

सेयरबजार १.५२ अंकले बढ्यो, कारोबार ६.२० अर्ब

Hyundai Nepal
सेयरबजार १.५२ अंकले बढ्यो, कारोबार ६.२० अर्ब
Shivam Cement

काठमाण्डौ । साताको चौथो कारोबार दिन सेयरबजार झिनो अंकले बढेको छ । आज नेपाल स्टक एक्सचेञ्च(नेप्से) परिसूचक ०.०५ प्रतिशत अर्थात १.५२ अंकले बढेर २ हजार ६४१.४३ विन्दुमा पुगेको छ ।

यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स भने ०.०२ प्रतिशतले घटेर ४५४.७३ विन्दुमा पुगेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३२० वटा स्क्रिप्टको १ करोड २५ लाख ४ हजार ९७० कित्ता सेयर ६ अर्ब २० करोड ९४ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।

CG Motors
Bizshala
Garima Development Bank

आजको बजारबारे नेपाल इन्भेष्टर फोरममा उपाध्यक्ष राजन लम्साल भन्छन्, ‘आज बजार झिनो अंकले बढेपनि यसलाई सेयरबजार बढेको भन्न मिल्दैन । आज विशेषतः धेरै सूचीकृत कम्पनीहरुको वार्षिक साधारण सभा भएकाले पनि सेयर लगानीकर्ताहरु एजीएमतर्फ उपस्थित हुँदा बजारमा ध्यान दिन पाएनन्, जसकारण सेयरबजारमा ठूलो अंकको उतारचढाव देखिएन । साथै, पछिल्लो समय चुनावी माहोल देखिएपनि नेपाल काङ्ग्रेसभित्र देखिएको समस्या र विवादले चुनावी समय धकेलिने होकी भन्ने अन्योलता अझै पनि छ । केही ठूला दलहरुले फागुन २१ मा नै चुनाव गर्न असमर्थन समेत जनाएको हल्ला छ, यस्तो कुराले सेयरबजारलाई पक्कै पनि नकारात्मक असर पार्छ । सम्भवतः माघ ६ गते मनोनयन दर्ता सकिएपछि बजार माथि उक्लिन सक्ने सम्भावना देखिन्छ ।’

यो दिन नेप्सेमा सूचीकृत १३ वटा समूहमध्ये ८ वटामा हरियाली छायो भने ५ वटामा रातो पोतियो । आज फाइनान्स  समूह सर्वाधिक अर्थात २.५५ प्रतिशतले बढ्यो । यस्तै विकास बैंक समूह ०.०१ प्रतिशत, होटल ०.३१, हाईड्रो ०.०७, लगानी ०.११, म्युचुअल फण्ड ०.०८, निर्जीवन ०.३८ र व्यापार ०.६७ प्रतिशतले बढ्यो ।

होटल समूह आज सर्वाधिक घट्यो । यो समूहमा आज ०.४१ प्रतिशतको गिरावट आयो । बैंकिङ समूह पनि आज ०.०८ प्रतिशत, जीवन बीमा ०.०१, उत्पादन तथा प्रशोधन ०.४१, लघुवित्त ०.०५ र अन्य ०.१३ प्रतिशतले घट्यो ।

New Office
Laxmi Sunrise Bank Limited
IME remit

धेरै कारोबार गर्ने कम्पनीहरु

आज राधी विद्युतको सर्वाधिक सेयर कारोबार भयो । आज यो कम्पनीको २६ करोड २४ लाख बढीको सेयर कारोबार भयो ।

यस्तै, युनियन हाईड्रोको २३ करोड २६ लाख, एसवाई प्यानलको २२ करोड १ लाख, मन्जुश्री फाइनान्सको २१ करोड ३८ लाख र दोर्दीखोला जलविद्युतको १९ करोड ३० लाख बढीको सेयर कारोबार भयो ।  

धरै कमाउने र गुमाउने कम्पनीहरु

आज नेप्सेमा कारोबार भएको एउटा मात्रै कम्पनीको सेयरमूल्यमा अपर सर्किट लाग्यो। आज सुपर मादी हाईड्रोको सेयरमूल्यमा मात्रै अपर सर्किट लाग्यो । यसैगरी, आज थ्रिस्टार हाईड्रोको सेयरमूल्य ८.२३ प्रतिशत, एनएमबी लघुवित्तको ७.३४ र गुडविल फाइनान्सको सेयरमूल्य ५.७३ प्रतिशतले बढ्यो ।

मकर जितुमाया सुरी हाईड्रोको सेयरमूल्य सर्वाधिक अर्थात २.५९ प्रतिशतले घट्यो।

Bizshala
Muktinath Bikas Bank Limited
IME remit
Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.