सोमबार, कार्तिक २,२०८३ 04:28:50
  • सोमबार, कार्तिक २,२०८३ 04:28:50
Global IME Bank Limited

१२ बीमा कम्पनीको मात्रै सेयरभाउ बढ्यो, सर्वाधिक गुमाउनेमा नेपाल माइक्रो इन्स्योरेन्स

Bizshala
१२ बीमा कम्पनीको मात्रै सेयरभाउ बढ्यो, सर्वाधिक गुमाउनेमा नेपाल माइक्रो इन्स्योरेन्स
New Office

काठमाण्डौ । साताको दोस्रो कारोबार दिन सेयरबजारमा सामान्य अंकको गिरावट आएको छ । नेप्से परिसूचक ४.१५ अंकले घटेर २५६१.९४ विन्दुमा कायम भएको छ । नेप्सेमा सूचीकृत ३२७ कम्पनीको ८६ करोड ४७ लाख ८८९ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ५१ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ । 

आज बीमा समूहका दुईवटै उपसूचक घटेको छ । जीवन बीमा समूह ०.२६ प्रतिशत र निर्जीवन बीमा समूह ०.४१ प्रतिशतले घटेको छ । आज १२ बीमा कम्पनीको मात्रै सेयरभाउ बढेको छ । सर्वाधिक कमाउनेमा नेशनल लाइफ इन्स्योरेन्स रहेको छ । कम्पनीको सेयरभाउ १.६७ प्रतिशतले बढेर ६१० रुपैयाँ पुगेको छ । 

Shivam Cement
Mahalaxmi Development Bank
CG Motors

त्यस्तै, सिटिजन लाइफको ०.६४ प्रतिशत, क्रेष्ट माइक्रो लाइफको ०.०२ प्रतिशत, हिमालयन लाइफको ०.३८ प्रतिशत, प्रभु महालक्ष्मी लाइफको ०.५९ प्रतिशत, सन नेपाल लाइफको ०.९७ प्रतिशत, आइजीआई प्रुडेन्सियलको ०.७२ प्रतिशत, प्रभु इन्स्योरेन्सको १.०४ प्रतिशत, आरबीसीएलको ०.१० प्रतिशत, सलिकोको १.१५ प्रतिशत, शिखरको ०.१६ प्रतिशत र युनाइटेड अजोडको ०.४२ प्रतिशतले सेयरभाउ बढेको छ । 

Garima Development Bank
Bizshala
Muktinath Bikas Bank Limited

आज सर्वाधिक गुमाउने नेपाल माइक्रो इन्स्योरेन्स रहेको छ । कम्पनीको सेयरभाउ ४.४३ प्रतिशतले घटेर १२९६.५० रुपैयाँ कायम भएको छ । हिमालयन एभरेष्टको ०.७६ प्रतिशत, नेपाल इन्स्योरेन्सको ०.५८ प्रतिशत, नेको इन्स्योरेन्सको १.१६ प्रतिशत, एनएलजीको १.५३ प्रतिशत, सानिमा जिआइसीको ०.६४ प्रतिशत, सिद्धार्थ प्रिमियरको १.०४ प्रतिशत, एशियन लाइफको ०.९० प्रतिशत, गार्डियन माइक्रो लाइफको १.६० प्रतिशत, आइएमई लाइफको ०.५३ प्रतिशत, एलआइसी नेपालको ०.९२ प्रतिशत, नेपाल लाइफको ०.६७ प्रतिशत, रिलायबल नेपाल लाइफको २.०४ प्रतिशत, सूर्यज्योतिको ०.९२ प्रतिशत, सानिमा रिलायन्स लाइफको ०.२६ प्रतिशत, हिमालयन रि को ०.५१ प्रतिशत र नेपाल रि को ०.४४ प्रतिशतले घटेको छ ।

Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.