काठमाण्डौ । साताको तेस्रो कारोबार दिन सेयरबजारमा दोहोरो अंकको बढोत्तरी भएको छ । नेप्से परिसूचक ३०.४९ अंकले बढेर विन्दुमा ३००१.८० विन्दुमा पुगेको छ । नेप्सेमा सूचीकृत ३२१ कम्पनीको ४ करोड १८ लाख ८ हजार ९६६ कित्ता सेयर किनबेच हुँदा १८ अर्ब ५२ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ ।
आज बीमा समूहका दुईवटै उपसूचक बढेका छन् । जीवन बीमा समूह ०.९८ प्रतिशत र निर्जीवन बीमा समूह १.०८ प्रतिशतले बढेको छ । आज २६ बीमा कम्पनीको सेयरभाउ बढेको छ । सर्वाधिक कमाउनेमा नेपाल रि इन्स्योरेन्स रहेको छ । कम्पनीको सेयरभाउ २.७५ प्रतिशतले बढेर १६०१.६६ रुपैयाँ पुगेको छ ।
त्यस्तै, हिमालयन रि को १.३४ प्रतिशत, हिमालयन एभरेष्टको १.५७ प्रतिशत, आइजीआई प्रुडेन्सियलको ०.४८ प्रतिशत, नेपाल इन्स्योरेन्सको ०.६५ प्रतिशत, नेको इन्स्योरेन्सको ०.२६ प्रतिशत, एनएलजीको २.१३ प्रतिशत, नेपाल माइक्रो इन्स्योरेन्सको ०.८१ प्रतिशत, प्रभु इन्स्योरेन्सको ०.८० प्रतिशत, आरबीसीएलको २.०४ प्रतिशत, सलिकोको १.१४ प्रतिशत, सानिमा जिआइसीको ०.३० प्रतिशत, शिखरको १.४४ प्रतिशत, सिद्धार्थ प्रिमियरको ०.७६ प्रतिशत र युनाइटेड अजोडको ०.२८ प्रतिशतले बढेको छ ।
यसका साथै, सिटिजन लाइफको १.९४ प्रतिशत, क्रेष्ट माइक्रो लाइफको १.५० प्रतिशत, गार्डियन माइक्रो लाइफको १.०४ प्रतिशत, हिमालयन लाइफको १.४१ प्रतिशत, हिमालयन लाइफको १.४१ प्रतिशत, आइएमई लाइफको १.४३ प्रतिशत, एलआइसी नेपालको ०.५६ प्रतिशत, नेपाल लाइफको ०.९५ प्रतिशत, रिलायबल नेपाल लाइफको १ प्रतिशत, सूर्यज्योति लाइफको ०.९९ प्रतिशत, सन नेपाल लाइफको ०.९३ प्रतिशत र सानिमा रिलायन्स लाइफको ०.९३ प्रतिशतले बढेको छ । आज तीन बीमा कम्पनीको मात्रै सेयरभाउ घटेको छ ।
सर्वाधिक गुमाउनेमा नेशनल लाइफ रहेको छ । कम्पनीको सेयरभाउ ०.३७ प्रतिशतले घटेर ६५५.४३ रुपैयाँ कायम भएको छ । यसका साथै प्रभु महालक्ष्मी लाइफको सेयरभाउ ०.२७ प्रतिशतले घटेर ५५२.९३ रुपैयाँ र एशियन लाइफको ०.१० प्रतिशतले घटेर ५२६.६३ रुपैयाँ कायम भएको छ ।