सोमबार, श्रावण १८,२०८३ 11:40:51
Bizshala
  • सोमबार, श्रावण १८,२०८३ 11:40:51
Bizshala
Global IME Bank Limited

उच्च अंकले घट्यो नेप्से, जानकार भन्छन्, ‘आत्तिएर सेयर बेच्दा बजारमा दबाब’

उच्च अंकले घट्यो नेप्से, जानकार भन्छन्, ‘आत्तिएर सेयर बेच्दा बजारमा दबाब’
New Office

काठमाण्डौ । साताको दोस्रो कारोबार दिन आज पनि नेपाल स्टक एक्सचेञ्च (नेप्से)मा उच्च अंकको गिरावट आएको छ । आज नेप्से परिसूचक २.२८ प्रतिशत अर्थात ५९.०२ अंकले घटेर २ हजार ५२९.३३ विन्दुमा झरेको छ ।

यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि १.९४ प्रतिशतले घटेर ४५४.४१ विन्दुमा खुम्चिएको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३१२ वटा स्क्रिप्टको १ करोड ३५ लाख ३५ हजार ९०३ कित्ता सेयर ५ अर्ब ६६ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको  छ ।

आजको बजारबारे बजार जानकार अजयसिंह थापा (जयशम्भु) भन्छन्,  ‘आज केही राजनीतिक विषयका कारण बजार घटेको देखिन्छ । दुर्गा प्रसाई र रवि लामिछानेको विषयले बजारमा  केही दबाब परेको छ । साथै फाइनान्स समूहका केही खेलाडीको बारेमा नकारात्मक समाचार आउँदा यो समूहमा उच्च गिरावट आएको छ ।’

यद्यपी २५ सय विन्दुभन्दा तल बजार नजाने थापाले दाबी गरे ।  

अर्का बजार जानकार विरेन्द्र विष्टले पनि केही राजनीतिक र सेयर बजारका विषयमा नकारात्मक खबर बाहिरिदा आत्तिएर लगानीकर्ताले सेयर बेचेको बताए । ‘तर बजार २४८० विन्दु भन्दा तल भने जादैन । सेयर बजारलाई सरकारले प्राथमिकतामा राखेको र ब्याजदर घटेको र तरलाता प्रयाप्त भएका कारण बजार तल जादैन,’ उनले भने ।      

यो दिन नेप्सेमा सूचीकृत १३ वटै समूहमा रातो पोतियो । आज वित्त समूह सर्वाधिक अर्थात ५.५६ विन्दुमा सीमित बनेको छ । बैंकिङ समूह आज १.२७ प्रतिशत, विकास बैंक,होटल ३.३४,हाईड्रो २.८९, होटल ३.३४,लगानी २.७३,जीवन बीमा २.३५,उत्पादन तथा प्रशोधन १.८१,लघुवित्त २.५६,म्युिचुअल फण्ड ०.४८,निर्जीवन बीमा २.६९,अन्य २.२२ र व्यापार समूह ३.९३ प्रतिशतले घट्यो ।  

धेरै कारोबार गर्ने कम्पनीहरु

यो दिन नेपाल फाइनान्सको सर्वाधिक सेयर कारोबार भयो । आज यो कम्पनीको २१ करोड १३ लाख बढीको कारोबार भयो । सिईडिबि हाईड्रोको आज १३ करोड ३९ लाख,हिमालयन रि इन्स्योरेन्सको १२ करोड ५२ लाख,अपि पावरको ११ करोड ७७ लाख र सानिमा माई हाईड्रोको ११ करोड ६२ लाख बढीको सेयर कारोबार भयो ।    

धरै कमाउने र गुमाउने कम्पनीहरु

आज नेप्सेमा कारोबार भएका १ वटा कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट लाग्यो । आज हिमालयन हाईड्रोको सेयरमूल्यमा अपर सर्किट लाग्यो । एक्सेल डेभलपमेन्ट बैंकको सेयरमूल्य आज ८.१२ प्रतिशत,राँवा इ नर्जीको ५.३३ र नेपाल फाइनान्सको सेयरमूल्य ५.११ प्रतिशतले बढ्यो ।  

आज ४ वटा कम्पनीको सेयरमूल्यमा लोअर सर्किट लाग्यो । आज गुडविल फाइनान्स,समृद्धि फाइनान्स,एनआईसी एशिया फ्लेक्सी फण्ड र इष्टर्न हाईड्रोको सेयरमूल्य १० प्रतिशतले घट्यो ।  

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.