बुधबार, असार १७,२०८३ 02:50:04
Bizshala
  • बुधबार, असार १७,२०८३ 02:50:04
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

२२ बीमा कम्पनीको सेयरभाउ बढ्यो, सर्वाधिक गुमाउनेमा एनएलजी इन्स्योरेन्स

Laxmi Sunrise Bank Limited
२२ बीमा कम्पनीको सेयरभाउ बढ्यो, सर्वाधिक गुमाउनेमा एनएलजी इन्स्योरेन्स

काठमाण्डौ । साताको तेस्रो कारोबार दिन सेयरबजारमा दोहोरो अंकको बढोत्तरी भएको छ । नेप्से परिसूचक ११.९१ अंकले बढेर २७३९.८२ विन्दुमा पुगेको छ । नेप्सेमा सूचीकृत ३१४ कम्पनीको १ करोड ८२ लाख ३० हजार ३०२ कित्ता सेयर किनबेच हुँदा १० अर्ब ४३ करोड रुपैयाँमाथिको कारोबार भएको छ ।

आज बीमा समूहका दुईवटै उपसूचक बढ्दा २२ कम्पनीको सेयरभाउ बढेको छ । सर्वाधिक कमाउने वा सेयरभाउ बढ्ने कम्पनीमा गार्डियन माइक्रो लाइफ रहेको छ । कम्पनीको सेयरभाउ ९.९९ प्रतिशतले बढेर ६४४ रुपैयाँ ९० पैसा पुगेको छ । त्यस्तै, एलआइसी नेपालको ७.३४ प्रतिशत, हिमालयन रि को ६.८५ प्रतिशत, नेपाल रि को ४.३५ प्रतिशत, सिद्धार्थ प्रिमियरको ३ प्रतिशत, नेपाल लाइफको २ प्रतिशत, नेपाल इन्स्योरेन्सको १.९४ प्रतिशत, सिटिजन लाइफको १.७९ प्रतिशत, सगरमाथा लुम्बिनीको १.४४ प्रतिशत, आइएमई लाइफको १.१३ प्रतिशत, नेशनल लाइफको ०.९७ प्रतिशत, सानिमा जिआइसीको ०.७९ प्रतिशत र युनाइटेड अजोडको ०.६९ प्रतिशतले सेयरभाउ बढेको छ । 

New Office
CG Motors
Garima Development Bank

यसका साथै सानिमा रिलायन्स लाइफको ०.६९ प्रतिशत, सन नेपाल लाइफको ०.६५ प्रतिशत, हिमालयन एभरेष्टको ०.६२ प्रतिशत, प्रभु इन्स्योरेन्सको ०.३० प्रतिशत, एशियन लाइफको ०.२५ प्रतिशत, नेको इन्स्योरेन्सको ०.२४ प्रतिशत, प्रभु महालक्ष्मी लाइफको ०.१९ प्रतिशत, शिखर इन्स्योरेन्सको ०.१३ प्रतिशत र आरबीसीएलको ०.०५ प्रतिशतले सेयरभाउ बढेको छ । आज सर्वाधिक गुमाउने बीमा कम्पनीमा एनएलजी इन्स्योरेन्स रहेको छ । 

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

कम्पनीको सेयरभाउ ३.०८ प्रतिशतले घटेर ९९५.४० रुपैयाँ कायम भएको छ । त्यस्तै, आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सको १.१३ प्रतिशत, हिमालयन लाइफको ०.७० प्रतिशत, रिलायबल नेपाल लाइफको ०.१८ प्रतिशतले सेयरभाउ घटेको छ ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.