बुधबार, असार १०,२०८३ 04:09:28
Bizshala
  • बुधबार, असार १०,२०८३ 04:09:28
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

१० बीमा कम्पनीको मात्रै सेयरभाउ बढ्यो, सर्वाधिक गुमाउनेमा गार्डियन माइक्रो लाइफ

Laxmi Sunrise Bank Limited
१० बीमा कम्पनीको मात्रै सेयरभाउ बढ्यो, सर्वाधिक गुमाउनेमा गार्डियन माइक्रो लाइफ

काठमाण्डौ । साताको पहिलो कारोबार दिन सेयरबजारमा दोहोरो अंकको बढोत्तरी भएको छ । नेप्से परिसूचक २९ अंकले बढेर २७६०.८० विन्दुमा उक्लिएको छ । नेप्सेमा सूचीकृत ३११ कम्पनीको ३ करोड २५ लाख ९२ हजार ३० कित्ता सेयर किनबेच हुँदा ११ अर्ब ४१ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ । 

आज बीमा समूहका दुईवटा उपसूचकमध्ये जीवन बीमा समूह ०.०२ प्रतिशतले बढेको छ भने निर्जीवन बीमा समूह ०.३४ प्रतिशतले घटेको छ । आज १० बीमा कम्पनीको मात्रै सेयरभाउ बढेको छ । सर्वाधिक कमाउनेमा सूर्यज्योति लाइफ इन्स्योरेन्स रहेको छ । कम्पनीको सेयरभाउ १.०४ प्रतिशतले बढेर ४४८.४५ रुपैयाँ पुगेको छ । 

New Office
CG Motors
Garima Development Bank

त्यस्तै, एशियन लाइफको ०.०२ प्रतिशत, हिमालयन लाइफको ०.६२ प्रतिशत, आइएमई लाइफको ०.८३ प्रतिशत, नेपाल लाइफको ०.२९ प्रतिशत, सन नेपाल लाइफको ०.३६ प्रतिशत, सानिमा रिलायन्स लाइफको ०.८० प्रतिशत, नेको इन्स्योरेन्सको ०.०४ प्रतिशत, सानिमा जिआइसीको ०.०२ रुपैयाँ र युनाइटेड अजोडको ०.७९ प्रतिशतले बढेको छ । आज सर्वाधिक गुमाउने बीमा कम्पनीमा भने गार्डियन माइक्रो लाइफ रहेको छ । 

कम्पनीको सेयरभाउ २.२४ प्रतिशतले घटेर २१९०.७३ रुपैयाँ कायम भएको छ । त्यस्तै, सिटिजन लाइफको ०.१८ प्रतिशत, क्रेष्ट माइक्रो लाइफको ०.८० प्रतिशत, एलआइसी नेपालको ०.५६ प्रतिशत, नेशनल लाइफको ०.१८ प्रतिशत, प्रभु महालक्ष्मी लाइफको ०.१९ प्रतिशत, रिलायलब नेपाल लाइफको ४३ प्रतिशत, हिमालयन एभरेष्टको ०.७७ प्रतिशत, आइजीआई प्रुडेन्सियलको ०.०१ प्रतिशत, नेपाल इन्स्योरेन्सको ०.५८ प्रतिशत, एनएलजीको ०.४६ प्रतिशत, नेपाल माइक्रो इन्स्योरेन्सको ०.२८ प्रतिशत, प्रभुको १.३३ प्रतिशत, आरबीसीएलको ०.२४ प्रतिशत, सलिकोको ०.१९ प्रतिशत, शिखरको ०.२१ प्रतिशत र सिद्धार्थ प्रिीमयरको १.०६ प्रतिशतले घटेको छ ।

 त्यस्तै, पुनर्बीमातर्फ हिमालयन रि को सेयरभाउ ०.४५ प्रतिशतले घटेर ९२७.५२ रुपैयाँ कायम भएको छ भने नेपाल रि को सेयरभाउ १.०८ प्रतिशतले घटेर १२९२.९८ रुपैयाँ कायम भएको छ ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.