आईतवार, असार १५,२०८२ 10:08:42
  • आईतवार, असार १५,२०८२ 10:08:42
Global IME Bank Limited

लामो समयपछि नेप्सेमा उच्च अंकको वृद्धि, सबै समूहमा हरियाली

Hyundai Nepal
लामो समयपछि नेप्सेमा उच्च अंकको वृद्धि, सबै समूहमा हरियाली
Nabil Bank Limited

काठमाण्डौ । साताको चौथो कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च (नेप्से) उच्च अंकले बढेको छ । आज नेप्से परिसूचक २.३८ प्रतिशत अर्थात ६२.२५ अंकले बढेर २ हजार ६७२.७० विन्दुमा पुगेको छ ।

यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि २.४९ प्रतिशतले बढेर ४५१.२४ विन्दुमा पुगेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३०८ वटा स्क्रिप्टको २ करोड ७२ लाख ४५ हजार ४५९ कित्ता सेयर १० अर्ब ५१ करोड ८४ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको  छ ।

CG Motors
Muktinath Bikas Bank Limited

आजको बजारबारे अर्थशास्त्री सूर्यनारायण पौडेल भन्छन्,  ‘निरन्तरको गिरावटका कारण बजार पछिल्लो समय तल्लो सपोर्ट लेभलमा थियो । त्यसैले धेरै घटेका कारण आज बजार फर्केको हुनसक्छ अथवा भित्रि कुनै गूड न्यूजका कारणले पनि बढेको हुनसक्छ । पछिल्लो समय बजार २५८० देखि २७ सयबीचको साइडवेजमा छ ।’

यसकारण आजको मात्रै बढोत्तरीले बजार बढिहाल्यो भन्न हतार हुने तर २७ सयमाथि टिकेको खण्डमा बजारले अप ट्रेण्ड लिने उनले बताए । उनका अनुसार आज बैंक र हाई क्याप कम्पनी चल्नु सकारात्मक विषय हो ।  

अर्का बजार जानकार विरेन्द्र विष्टले पनि बजार धेरै घटेको कारण बढेको र यही सातामै गभर्नर नियुक्ति हुने सम्भावनाका कारण बजारमा सुधार आएका बताए ।  

नेपाल सेयरधनी संघका उपाध्यष कमलराज अधिकारीले पनि सकारात्मक समाचारको अपेक्षाले नै बजार बढेको बताए । ‘यो साताभित्र प्रजातान्त्रिक धारको गभर्नर आउने तथा धेरै कम्पनीको सेयरमूल्य ५२ साताकै न्यून स्तरमा आएका कारण पनि बजारमा उच्च वृद्धि देखिएको छ,’ उनले भने ।  

आज कारोबारसहित सूचक पनि बढेका कारण बजार ३ हजारदेखि ३२ सय विन्दुसम्म पुग्नेमा उनी ढुक्क देखिए ।  

यो दिन नेप्सेमा सूचीकृत १३ वटै समूहमा हरियाली छायो । फाइनान्स समूह आज सर्वाधिक अर्थात ५.५५ प्रतिशतले बढ्यो । बैंकिङ समूह पनि आज २.८० प्रतिशत, विकास बैंक २.५९, होटल २.१४,हाईड्रो ३.१३, लगानी ०.९६, जीवन बीमा २.५४,उत्पादन तथा प्रशोधन १.१३, लघुवित्त २.२२,म्युचुअल फण्ड ०.५८,निर्जीवन बीमा २.७७, अन्य १.९९ र व्यापार समूह ०.५४ प्रतिशतले बढ्यो ।  

धेरै कारोबार गर्ने कम्पनीहरु

यो दिन सानिमा माई हाईड्रोपावरको सर्वाधिक सेयर कारोबार भयो । आज यो कम्पनीको ५९ करोड २० लाख बढीको कारोबार भयो । ङादी ग्रुप पावरको पनि आज ५४ करोड ७९ लाख, राधी विद्युतको ४३ करोड ११ लाख, युनिभर्सल पावरको ४२ करोड ६३ लाख र सिंगटी हाईड्रोको ४१ करोड ८ लाख बढीको सेयर कारोबार भयो ।  

धरै कमाउने र गुमाउने कम्पनीहरु

आज नेप्सेमा कारोबार भएका ५ वटा कम्पनीको सेयरमूल्यमा अपर सर्किट लाग्यो । आज नेपाल माइक्रो इन्स्योरेन्स,क्रेष्ट माइक्रो लाइफ,बुटवल पावर,ओम मेगाश्री फर्मास्युटिकल्स र पिपुल्स हाईड्रोको सेयरमूल्यमा अपर सर्किट लाग्यो ।  

जानकी फाइनान्सको सेयरमूल्य पनि आज ९.०७ प्रतिशत, दोर्दी खोला जलविद्युतको ८.६१ र इष्टर्न हाईड्रोको सेयरमूल्य ८.०६ प्रतिशतले बढ्यो ।  

न्यादी हाईड्रोको सेयरमूल्यमा आज सर्वाधिक अर्थात ४.४३ प्रतिशतको गिरावट आयो ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.