मंगलवार, माघ २२,२०८१ 07:50:22
IME remit
  • मंगलवार, माघ २२,२०८१ 07:50:22
IME remit
Global IME Bank Limited

दोहोरो अंकले घट्यो नेप्से, जानकार भन्छन्,‘उधारो कारोबारीले नाफा बुक गर्नु मुख्य कारण’

Hyundai Nepal
दोहोरो अंकले घट्यो नेप्से, जानकार भन्छन्,‘उधारो कारोबारीले नाफा बुक गर्नु मुख्य कारण’
Nabil Bank Limited

काठमाण्डौ । साताको तेस्रो कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च(नेप्से) मा दोहोरो अंकको गिरावट आएको छ । आज नेप्से परिसूचक ०.५१ प्रतिशत अर्थात १४.०८ अंकले घटेर २ हजार ७१५.९१ विन्दुमा सीमित बनेको छ ।

यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.५४ प्रतिशतले घटेर ४५७.१२ विन्दुमा झरेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३१५ वटा स्क्रिप्टको १ करोड ६९ लाख १७ हजार ८३५ कित्ता सेयर ८ अर्ब ९१ करोड ९६ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको  छ ।

Bizshala
CG Motors
Sagarmatha Cement

आजको बजारबारे बजार जानकार विरेन्द्र विष्ट भन्छन्,  ‘आजको घटाई सामान्य करेक्सन मात्रै हो । आज अन्तिम समयमा राम्रो भोल्युम आएको छ । बजारमा भएको सहज तरलता, बलियो अर्थतन्त्र,राजश्वमा सुधार जस्ता सकारात्मक विषयले गर्दा बजार कुनैपनि बेला ३ हजार विन्दुमाथि जान सक्छ ।’

विष्टले नयाँ गभर्नर आउदै गदौ बजार असार–साउनसम्म ४ हजार विन्दुसम्म पुग्न सक्ने आँकलन गरे ।  

नेपाल इन्भेष्टर्स फोरमका उपाध्यक्ष राजन लम्साल भन्छन्,‘अहिले बजारमा उधारो कारोबार हुने भएकाले नाफा बुक भएको देखिन्छ । प्राविधिक विश्लेषकहरुले बजारको विषयमा नकारात्मक बोल्दा समेत बजारमा दबाब परेको छ । यद्यपी आगामी साताबाट भने बजारले लय लिनेछ ।’,  

उनले अहिले लगानी गर्न डराउनु पर्ने अवस्था भने नरहेको बताए ।  

यो दिन नेप्सेमा सूचीकृत १३ वटा समूहमध्ये २ वटा बाहेक अन्य सबैमा रातो पोतियो । आज अन्य समूह ०.४३ प्रतिशत र हाईड्रो समूह ०.१५ प्रतिशतले बढ्यो ।  

विकास बैंक समूहमा आज सर्वाधिक गिरावट आयो । यो समूह आज २.६० प्रतिशतले घट्यो । बैंकिङ समूह पनि आज ०.५७ प्रतिशत, फाइनान्स १.७०, होटल १.७९,लगानी ०.५०,जीवन बीमा ०.२४,उत्पादन तथा प्रशोधन १.१३,लघुवित्त ०.६४,म्युचुअल फण्ड ०.५४,निर्जीवन बीमा ०.५७ र व्यापार समूह ०.५२ प्रतिशतले घट्यो ।  

Muktinath Bikas Bank Limited

धेरै कारोबार गर्ने कम्पनीहरु

यो दिन एनआरएन इन्फ्रास्ट्रक्चरको सर्वाधिक सेयर कारोबार भयो । आज यो कम्पनीको ३० करोड ८७ लाख बढीको कारोबार भयो । नेपाल पुनर्बीमा कम्पनीको पनि आज २६ करोड ८४ लाख,हिमालयन उर्जाको २५ करोड ४० लाख,हिमालयन रि इन्स्योरेन्सको २१ करोड ४२ लाख र पिपुल्स हाईड्रोको १९ करोड २ लाख बढीको सेयर कारोबार भयो ।  

धरै कमाउने र गुमाउने कम्पनीहरु

आज नेप्सेमा कारोबार भएका एउटा कम्पनीको सेयरमूल्यमा मात्रै अपर सर्किट लाग्यो । आज जोशी हाईड्रोपावरको सेयरमूल्य ९.९८ प्रतिशतले बढ्यो । सामुदायिक लघुवित्तको सेयरमूल्य पनि आज ८.३० प्रतिशत,मध्यभोटे कोशीको ८.२५,न्यादी हाईड्रोको ८.१९ र उपकार लघुवित्तको सेयरमूल्य ८.१२ प्रतिशतले बढ्यो ।  

कर्पोरेट डेभलपमेन्ट बैंक,ग्रिन डेभलपमेन्ट बैंक र सिन्धु विकास बैंकको सेयरमूल्य आज सर्वाधिक अर्थात १० प्रतिशतले घट्यो । यस्तै सप्तकोशी डेभलपमेन्ट बैंकको सेयरमूल्य ९.९९ र धौलागिरी लघुवित्तको ४.७७ प्रतिशतले घट्यो ।  

Nepal Investment Mega Bank Limited
IME remit
Shivam Cement
New Office
Bizshala
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.