सोमबार, श्रावण १८,२०८३ 11:51:55
Bizshala
  • सोमबार, श्रावण १८,२०८३ 11:51:55
Bizshala
Global IME Bank Limited

नेप्सेमा गिरावटका साथ साताको सुरुवात, होटल समूहमा भने चमक

नेप्सेमा गिरावटका साथ साताको सुरुवात, होटल समूहमा भने चमक
New Office

काठमाण्डौ । साताको पहिलो कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च (नेप्से) मा दोहोरो अंकको गिरावट आएको छ । आज नेप्से परिसूचक ०.४७ प्रतिशत अर्थात १२.५३ अंकले घटेर २ हजार ६४९.११ विन्दुमा पुगेको छ ।

यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.५७ प्रतिशतले घटेर ४४६.३२ विन्दुमा सीमित बनेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३०० वटा स्क्रिप्टको २ करोड ४० लाख ११ हजार १४ कित्ता सेयर १० अर्ब २० करोड २७ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको  छ ।

आजको बजारबारे नेपाल सेयरधनी संघका अध्यक्ष घनश्याम पाण्डे भन्छन्,  ‘पछिल्लो समय बजारलाई कारोबारले राम्रै साथ दिईरहेको छ । बजार यतिबेला सेक्टर परिवर्तन हुँदै चलिरहेको छ । जसले बजारलाई मजबुत बनाउदै लगेको छ ।’

उनले पूँजीगत खर्च बढ्ने क्रममा रहेको,तरलता अझै सहज हुने र लगानीमैत्री बजेट आउने सम्भावनाका कारण बजार केही दिनमै बढ्ने उनले अनुमान गरे । यस्तै अहिले बजारमा एक्युमुलेशन बढिरहेको समेत उनले बताए ।  

अर्का बजार जानकार विरेन्द्र विष्टले पनि गभर्नर नियुक्तिमा भईरहेको ढिलाईको प्रभाव अझैपनि सेयर बजारमा देखापरिरहेको बताए । उनी पनि केही दिनभित्रै बजार सम्हालिनेमा ढुक्क देखिए ।  

यो दिन नेप्सेमा सूचीकृत १३ वटा समूहमध्ये ५ वटा समूहमा हरियाली छायो भने ८ वटा समूहमा रातो पोतियो । होटल समूह आज सर्वाधिक अर्थात ६.५० प्रतिशतले बढ्यो । विकास बैंक समूह पनि आज १.२७ प्रतिशत,जीवन बीमा ०.३१,निर्जीवन बीमा ०.०६ र व्यापार समूह ०.२० प्रतिशतले बढ्यो ।  

फाइनान्स समूह आज सर्वाधिक अर्थात ३.७२ प्रतिशतले घट्यो । यस्तै बैंकिङ समूह ०.५१, हाईड्रोपावर १.२६,लगानी १.५५,उत्पादन तथा प्रशोधन ०.३९,लघुवित्त ०.०९,म्युचुअल फण्ड ०.२८ र अन्य समूह १.५८ प्रतिशतले घट्यो ।  

धेरै कारोबार गर्ने कम्पनीहरु

यो दिन राधी विद्युत कम्पनीको सर्वाधिक सेयर कारोबार भयो । आज यो कम्पनीको ६६ करोड १० लाख बढीको कारोबार भयो । ङादी ग्रुप पावरको पनि आज ६० करोड ६८ लाख, युनिभर्सल पावरको ५४ करोड ६७ लाख,सानिमा माई हाईड्रोको ५३ करोड ३३ लाख र बुटवल पावर कम्पनीको ३२ करोड ५७ लाख बढीको सेयर कारोबार भयो ।  

आज ५ वटा कम्पनीको सेयरमूल्यमा अपर सर्किट लाग्यो । नेपाल माइक्रो इन्स्योरेन्स, क्रेष्ट माइक्रो लाइफ, हिमालयन पावर पार्टनर, जोशी हाईड्रो र ओम मेगाश्री फर्मास्ट्टिकल्सको सेयरमूल्यमा अपर सर्किट लाग्यो ।  

यस्तै सोल्टी होटलको सेयरमूल्य ८.३६ र सिक्लेस हाईड्रोको सेयरमूल्य ८.३४ प्रतिशतले बढ्यो ।  

यो दिन सिन्धु विकास बैंकको सेयरमूल्य सर्वाधिक अर्थात ७.३० प्रतिशतले घट्यो ।  

 

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.