आईतवार, असार १५,२०८२ 10:03:29
  • आईतवार, असार १५,२०८२ 10:03:29
Global IME Bank Limited

दोहोरो अंकले बढ्यो नेप्से, जानकार भन्छन्,‘ लगानीको सिजन सुरु भयो’

Hyundai Nepal
दोहोरो अंकले बढ्यो नेप्से, जानकार भन्छन्,‘ लगानीको सिजन सुरु भयो’
Nabil Bank Limited

काठमाण्डौ । साताको तेस्रो कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च(नेप्से) मा दोहोरो अंकको वृद्धि भएको छ । आज नेप्से परिसूचक ०.७३ प्रतिशत अर्थात १५.७९ अंकले बढेर २ हजार १५२.१४ विन्दुमा पुगेको छ ।

यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.९२ प्रतिशतले बढेर ३८०.९६ विन्दुमा पुगेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३१६ वटा स्क्रिप्टको १ करोड १४ लाख ७४ हजार ५५० कित्ता सेयर ५ अर्ब ४२ करोड २६ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको  छ ।

आजको बजारबारे बजार जानकार गोविन्द प्रसाद घिमिरे भन्छन्, ‘असारको दबाव सकिनु,नयाँ सत्ता समीकरणसँगै मौद्रिक नीति आउनु, फालाफाल तरलतासँगै कर्जाको ब्याजदर घट्नु र सेयर लगानीको सिजन पनि सुरु हुनु जस्ता कारणले आज बजारमा वृद्धि देखिएको हो ।’

घिमिरेको विचारमा अहिले ५ अर्ब माथिको कारोबार हुनुले पनि बजारको वृद्धिलाई पुष्टि गरेको छ । बजारमा नकारात्मक विषय केहि पनि नभएकाले समेत बजारमा सुधार आएको उनले बताए ।  

अर्का बजार जानकार विरेन्द्र विष्टको विचारमा पनि नयाँ सत्ता समीकरणसँगै लचक मौद्रिक नीति आउने सम्भावनाका कारण बजार आज हरियाली भएको हो । केहि समयमै बजार २५ सयसम्म पुग्न सक्ने उनले आँकलन गरे ।  

CG Motors
Muktinath Bikas Bank Limited

यो दिन नेप्सेमा सूचीकृत १३ वटा समूहमध्ये ८ वटा समूहमा हरियाली छायो भने अन्य ४ वटा समूहमा भने रातो पोतियो र एउटा समूह भने स्थिर रह्यो । आज लघुवित्त समूहमा उछाल आएको छ । यो समूह आज ३.०६ प्रतिशतले बढ्यो । यस्तै विकास बैंक २.४६ प्रतिशत,बैंकिङ समूह ०.५३ प्रतिशत,हाईड्रो ०.५२,लगानी ०.३६,जीवन बीमा ०.२६,निर्जीवन बीमा ०.४४ र अन्य समूह ०.६६ प्रतिशतले बढ्यो । आज म्युचुल फण्ड समूह स्थिर रह्यो ।  

धेरै कारोबार गर्ने कम्पनीहरु

यो दिन एनआरएन इन्फ्रास्ट्रक्चरको सर्वाधिक सेयर कारोबार भयो । आज यो कम्पनीको १९ करोड ७७ लाख बढीको सेयर कारोबार भयो । नेपाल फाइनान्सको आज १६ करोड २१ लाख बढीको,जानकी फाइनान्सको १३ करोड ५६ लाख,ङादी ग्रुप पावरको १३ करोड १६ लाख र ग्लोबल आइएमई लघुवित्तको १२ करोड ३६ लाख बढीको सेयर कारोबार भयो ।  

धरै कमाउने र गुमाउने कम्पनीहरु

आज चारवटा कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट लाग्यो । आज गणपति लघुवित्त,आत्मनिर्भर लघुवित्त,बुद्धभूमि नेपाल हाईड्रो र युनिक नेपाल लघुवित्तको सेयरमूल्यमा सकारात्मक सर्किट लाग्यो ।  

आज नेपाल फाइनान्स कम्पनीको सेयरमूल्य सर्वाधिक अर्थात ४ प्रतिशतले घट्यो । साथै आज बोटलर्स नेपाल(बालाजु)को सेयरमूल्य ३.९० प्रतिशत र जानकी फाइनान्स कम्पनीको सेयरमूल्य ३.२६ प्रतिशतले घट्यो ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.