सोमबार, कार्तिक २,२०८३ 04:35:43
  • सोमबार, कार्तिक २,२०८३ 04:35:43
Global IME Bank Limited

लगातार ३ दिन बढ्यो नेप्से, जानकार भन्छन्, ‘बजार प्रवेश गर्ने उपयुक्त समय’

Bizshala
लगातार ३ दिन बढ्यो नेप्से, जानकार भन्छन्, ‘बजार प्रवेश गर्ने उपयुक्त समय’
New Office

काठमाण्डौ । साताको अन्तिम कारोबार दिन आज पनि नेपाल स्टक एक्सचेञ्च(नेप्से) दोहोरो अंकले बढेको छ । आज नेप्से परिसूचक ०.४३ प्रतिशत अर्थात ११.९१ अंकले बढेर २ हजार ७३९.८२ विन्दुमा पुगेको छ ।

यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.०३ प्रतिशतले बढेर ४५९.८८ विन्दुमा पुगेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३१४ वटा स्क्रिप्टको १ करोड ८२ लाख ३० हजार ३०२ कित्ता सेयर १० अर्ब ४३ करोड ७० लाख रुपैयाँभन्दा बढीको कारोबार भएको  छ ।

Shivam Cement
Mahalaxmi Development Bank
CG Motors

आजको बजारबारे बजार जानकार गोविन्द प्रसाल घिमिरे भन्छन्,  ‘केही दिनदेखि बजारमा कारोबारसहित सूचक बढ्नु सकारात्मक विषय हो । यसले बजारमा सेयर एक्युमुलेशन भईरहेको जनाउछ । यस्तै संस्थागत लगानीकर्ता पनि बजार प्रवेश गरेको देख्न सकिन्छ । ’

उनको विचारमा अहिले सिजिनल रुपमा पनि सेयर खरिद गर्ने बेला भएकाले दुई सातादेखि बजारमा सुधार आएको छ । उनले आर्थिक गतिविधि बढ्नु, सस्तो ब्याजदरमा सेयर कर्जा बढुन् जस्ता विषयले सेयर खरिदको वातावरण सिर्जना बन्दै भएको बताए ।  

अर्का बजार जानकार जगन्नाथ थपलिया(मामा)ले पनि अहिले बजार अप ट्रेण्डमै चलिरहेको बताए । ‘आम लगानीकर्ताको सेन्टिमेन्ट सकारात्मक हुनु,घट्दो ब्याजदर र बढ्दो कारोबार रकमले बजारले उकालो यात्रा तय गरिरहेको बताउन सकिन्छ’ उनले भने ।    

यो दिन नेप्सेमा सूचीकृत १३ वटा समूहमध्ये ६ वटा समूहमा हरियाली छायो भने ७ वटा समूहमा रातो पोतियो । अन्य समूह आज सर्वाधिक अर्थात ३.६७ प्रतिशतले बढ्यो । बैंकिङ समूह पनि आज ०.२२ प्रतिशत, लगानी १.२४, जीवन बीमा १.७४,निर्जीवन बीमा ०.३० र व्यापार समूह ०.४१ प्रतिशतले बढ्यो ।  

विकास बैंक समूह आज सर्वाधिक अर्थात १.७४ प्रतिशतले घट्यो । वित्त समूह पनि आज १.५० प्रतिशत,होटल १.०४, हाईड्रो ०.१३,उत्पादन तथा प्रशोधन ०.०६,लघुवित्त ०.७९ र म्युचुअल फण्ड ०.०५ प्रतिशतले घट्यो ।

Garima Development Bank
Bizshala
Muktinath Bikas Bank Limited

धेरै कारोबार गर्ने कम्पनीहरु

यो दिन हिमालयन रि इन्स्योरेन्सको सर्वाधिक सेयर कारोबार भयो । आज यो कम्पनीको ८२ करोड २ लाख बढीको कारोबार भयो । नेपाल पुनर्बीमा कम्पनीको आज ५१ करोड ६८ लाख,पिपुल्स हाईड्रोको २९ करोड ३ लाख,एनआरएन इन्फ्रास्ट्रक्चरको २२ करोड ६८ लाख र सिईडिबि होल्डिङको २० करोड २२ लाख बढीको सेयर कारोबार भयो ।  

धरै कमाउने र गुमाउने कम्पनीहरु

आज नेप्सेमा कारोबार भएका ४ वटा कम्पनीको सेयरमूल्यमा अपर सर्किट लाग्यो । आज विन नेपाल लघुवित्त,गु्राँस लघुवित्त,इमर्जिङ नेपाल र गार्डियन माइक्रो लाइफको सेयरमूल्यमा अपर सर्किट लाग्यो ।  

यस्तै एलआईसी नेपालको सेयरमूल्य ७.३४ प्रतिशत,इष्टर्न हाईड्रोको ७.२६ र हिमालयन रि इन्स्योरेन्सको सेयरमूल्य ६.८५ प्रतिशतले बढ्यो ।  

सप्तकोशी डेभलपमेन्ट बैंकको सेयरमूल्य आज सर्वाधिक अर्थात १० प्रतिशतले घट्यो । भूगोल इनर्जीको सेयरमूल्य पनि आज ८.९५ प्रतिशत,एक्सेल डेभलपमेन्ट बैंकको ५.९९ र बोटलर्स नेपालको सेयरमूल्य ५.८४ प्रतिशतले घट्यो ।  

Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.