सोमबार, कार्तिक २,२०८३ 04:33:34
  • सोमबार, कार्तिक २,२०८३ 04:33:34
Global IME Bank Limited

लगातार दुई दिन घट्यो नेप्से, कारोबारमा पनि गिरावट

Bizshala
लगातार दुई दिन घट्यो नेप्से, कारोबारमा पनि गिरावट
New Office

काठमाण्डौ । साताको तेस्रो कारोबार दिन आज पनि नेपाल स्टक एक्सचेञ्च (नेप्से)मा दोहोरो अंकको गिरावट आएको छ । आज नेप्से परिसूचक १.०५ प्रतिशत अर्थात ३०.३६ अंकले घटेर २ हजार ८४६.३० विन्दुमा झरेको छ ।

यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि १.१० प्रतिशतले घटेर ४७५.२७ विन्दुमा सीमित बनेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३१८ वटा स्क्रिप्टको २ करोड ६३ लाख ८९ हजार ९१० कित्ता सेयर १२ अर्ब ९४ करोड ६४ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको  छ ।

Shivam Cement
Mahalaxmi Development Bank
CG Motors

अघिल्लो दिन भने १४ अर्ब २८ करोड बढीको कारोबार भएको थियो ।  

आजको बजारबारे नेपाल इन्भेष्टर्स फोरमका उपाध्यक्ष राजन लम्साल भन्छन्,  ‘लगातार ९ दिन बढेको बजारमा नाफा बुक भएको देखिन्छ । यो फेज केही समय अझै चल्न सक्छ । ब्रोकरहरुलाई पनि सेटलमेन्ट गर्न आवश्यक हुन्छ । त्यही कारण बजारमा बिक्री दबाब आएको हो ।’

उनले बजारले केही दिनमै पुनःलय समात्ने विश्वास व्यक्त गरे ।  

अर्का बजार जानकार विनोद अर्यालले हिजो–आजको बजारको गिरावटलाई अल्पकालिन नाफा बुकको संज्ञा दिए । ‘यतिबेला बजारले माथि जान आधार तय गर्दैछ । करेक्सन हुँदै अघि बढ्ने बजार दिगो हुने भएकाले घट्दो बजार खरिदका लागि अवसर हुन्छ’ उनले भने । 

यो दिन नेप्सेमा सूचीकृत १३ वटै समूहमा रातो पोतियो ।  आज उत्पादन तथा प्रशोधन समूह सर्वाधिक अर्थात २.२१ प्रतिशतले घट्यो । बैंकिङ समूह पनि आज १.०५ प्रतिशत, विकास बैंक ०.३९,फाइनान्स २.१० प्रतिशत, होटल ०.९७, हाईड्रो १.०८,लगानी १.७५,जीवन बीमा ०.६९,उत्पादन तथा प्रशोधन २.२१,लघुवित्त १.४१, म्युचुअल फण्ड ०.५५, निर्जीवन बीमा १.११, अन्य ०.०६ र व्यापार समूह ०.८४ प्रतिशतले घट्यो ।  

Garima Development Bank
Bizshala
Muktinath Bikas Bank Limited

धेरै कारोबार गर्ने कम्पनीहरु

यो दिन हिमालयन रि इन्स्योरेन्सको सर्वाधिक सेयर कारोबार भयो । आज यो कम्पनीको १ अर्ब ९ करोड बढीको कारोबार भयो । नेपाल पुनर्बीमाको आज ६४ करोड २५ लाख, सिन्धु विकास बैंकको ४७ करोड १३ लाख,घलेम्दी हाईड्रोको ३९ करोड १० लाख र युनिर्भसल पावर कम्पनीको २७ करोड ५२ लाख बढीको कारोबार भयो ।  

धरै कमाउने र गुमाउने कम्पनीहरु

आज नेप्सेमा कारोबार एउटा मात्रै कम्पनीको सेयरमूल्यमा अपर सर्किट लाग्यो । आज गार्डियन माइक्रो लाइफको सेयरमूल्य १० प्रतिशतले बढ्यो । आत्मनिर्भर लघुवित्तको सेयरमूल्य पनि आज ६.६६ प्रतिशत, युनिर्भसल पावरको ५.७४,बरुण हाईड्रोपावरको ५.६० र शिव श्री हाईड्रोको सेयरमूल्य ५.३० प्रतिशतले बढ्यो ।  

यो दिन सिन्धु विकास बैंकको सेयरमूल्य सर्वाधिक अर्थात १० प्रतिशतले घट्यो । श्रृजनशिल लघुवित्तको सेयरमूल्य पनि आज ९ प्रतिशत,नेपाल रिपब्लिक मिडियाको ७.४६ प्रतिशत र समाज लघुवित्तको सेयरमूल्य ५.८७ प्रतिशतले घट्यो ।  

Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.