काठमाण्डौ । साताको तेस्रो कारोबार दिन आज पनि नेपाल स्टक एक्सचेञ्च (नेप्से)मा दोहोरो अंकको गिरावट आएको छ । आज नेप्से परिसूचक १.०५ प्रतिशत अर्थात ३०.३६ अंकले घटेर २ हजार ८४६.३० विन्दुमा झरेको छ ।
यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि १.१० प्रतिशतले घटेर ४७५.२७ विन्दुमा सीमित बनेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३१८ वटा स्क्रिप्टको २ करोड ६३ लाख ८९ हजार ९१० कित्ता सेयर १२ अर्ब ९४ करोड ६४ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।
अघिल्लो दिन भने १४ अर्ब २८ करोड बढीको कारोबार भएको थियो ।
आजको बजारबारे नेपाल इन्भेष्टर्स फोरमका उपाध्यक्ष राजन लम्साल भन्छन्, ‘लगातार ९ दिन बढेको बजारमा नाफा बुक भएको देखिन्छ । यो फेज केही समय अझै चल्न सक्छ । ब्रोकरहरुलाई पनि सेटलमेन्ट गर्न आवश्यक हुन्छ । त्यही कारण बजारमा बिक्री दबाब आएको हो ।’
उनले बजारले केही दिनमै पुनःलय समात्ने विश्वास व्यक्त गरे ।
अर्का बजार जानकार विनोद अर्यालले हिजो–आजको बजारको गिरावटलाई अल्पकालिन नाफा बुकको संज्ञा दिए । ‘यतिबेला बजारले माथि जान आधार तय गर्दैछ । करेक्सन हुँदै अघि बढ्ने बजार दिगो हुने भएकाले घट्दो बजार खरिदका लागि अवसर हुन्छ’ उनले भने ।
यो दिन नेप्सेमा सूचीकृत १३ वटै समूहमा रातो पोतियो । आज उत्पादन तथा प्रशोधन समूह सर्वाधिक अर्थात २.२१ प्रतिशतले घट्यो । बैंकिङ समूह पनि आज १.०५ प्रतिशत, विकास बैंक ०.३९,फाइनान्स २.१० प्रतिशत, होटल ०.९७, हाईड्रो १.०८,लगानी १.७५,जीवन बीमा ०.६९,उत्पादन तथा प्रशोधन २.२१,लघुवित्त १.४१, म्युचुअल फण्ड ०.५५, निर्जीवन बीमा १.११, अन्य ०.०६ र व्यापार समूह ०.८४ प्रतिशतले घट्यो ।
धेरै कारोबार गर्ने कम्पनीहरु
यो दिन हिमालयन रि इन्स्योरेन्सको सर्वाधिक सेयर कारोबार भयो । आज यो कम्पनीको १ अर्ब ९ करोड बढीको कारोबार भयो । नेपाल पुनर्बीमाको आज ६४ करोड २५ लाख, सिन्धु विकास बैंकको ४७ करोड १३ लाख,घलेम्दी हाईड्रोको ३९ करोड १० लाख र युनिर्भसल पावर कम्पनीको २७ करोड ५२ लाख बढीको कारोबार भयो ।
धरै कमाउने र गुमाउने कम्पनीहरु
आज नेप्सेमा कारोबार एउटा मात्रै कम्पनीको सेयरमूल्यमा अपर सर्किट लाग्यो । आज गार्डियन माइक्रो लाइफको सेयरमूल्य १० प्रतिशतले बढ्यो । आत्मनिर्भर लघुवित्तको सेयरमूल्य पनि आज ६.६६ प्रतिशत, युनिर्भसल पावरको ५.७४,बरुण हाईड्रोपावरको ५.६० र शिव श्री हाईड्रोको सेयरमूल्य ५.३० प्रतिशतले बढ्यो ।
यो दिन सिन्धु विकास बैंकको सेयरमूल्य सर्वाधिक अर्थात १० प्रतिशतले घट्यो । श्रृजनशिल लघुवित्तको सेयरमूल्य पनि आज ९ प्रतिशत,नेपाल रिपब्लिक मिडियाको ७.४६ प्रतिशत र समाज लघुवित्तको सेयरमूल्य ५.८७ प्रतिशतले घट्यो ।