काठमाण्डौ । साताको अन्तिम कारोबार दिनको सुरुवाती कारोबारमा सेयर बजारमा उच्च अंकको वृद्धि देखिएको छ । मौद्रिक नीतिको समीक्षापछिको आजको पहिलो कारोबारमा सेयर बजार १.५७ प्रतिशत अर्थात ४३.४४ अंकले बढेको छ ।
यो वृद्धिसँगै नेप्से परिसूचक २ हजार ८०९ विन्दुमा पुगेको छ । आजको प्रि ओपन सेसनमा नेप्से परिसूचक २०.७६ अंकले बढेको थियो । यो समाचार तयार पार्दासम्म २० लाख ३४ हजार ८८२ कित्ता सेयर ९० करोड ४२ लाख बढीको कारोबार भएको छ । आज गार्डियन माइक्रो लाइफ र दोर्दी खोला जलसविद्युत कम्पनीको सेयरमूल्यमा अपर सर्किट लागेको छ ।
यस्तै सर्वाधिक कारोबार गर्ने कम्पनीको रुपमा युनाइटेड इदी मर्दी कम्पनी रहेको छ । यो कम्पनीको ११ करोड बढीको कारोबार भएको छ ।