आईतवार, कार्तिक १,२०८३ 03:03:56
Bizshala
  • आईतवार, कार्तिक १,२०८३ 03:03:56
Bizshala
Global IME Bank Limited

नेप्सेमा दोहोरो अंकको गिरावट, एउटा बाहेक सबै समूह राताम्मे

Bizshala
नेप्सेमा दोहोरो अंकको गिरावट, एउटा बाहेक सबै समूह राताम्मे
New Office

काठमाण्डौ । अघिल्लो दिन ४.७९ अंकले बढेको सेयरबजारमा आज दोहोरो अंकको गिरावट आएको छ । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ०.५१ प्रतिशत अर्थात १३.८२ अंकले घटेर २ हजार ६५४.१५ विन्दुमा सीमित बनेको छ। यससँगै बलिया तथा ठूला कम्पनीहरूको मापक सेन्सेटिभ इन्डेक्स भने ०.५६ प्रतिशतले घटेर ४६४.७३ विन्दुमा झरेको छ ।

आज नेप्सेमा सूचीकृत ३४७ वटा स्क्रिप्टको १ करोड ८ लाख ४ हजार ४२६ कित्ता सेयर किनबेच हुँदा कुल कारोबार रकम ४ अर्ब ६२ करोड २७ लाख बढीको सेयर कारोबार भएको छ । अघिल्लो दिन भने ४ अर्ब ४० करोड बढीको सेयर कारोबार भएको थियो ।

आजको बजारबारे टेकेन्द्र थपलिया भन्छन्, ‘बजारमा पछिल्लो केही समयदेखि ठूला लगानीकर्ता प्रवेश गरेका छैनन । जसका कारण बजारमा गतिलो वृद्धि देख्न सकिएको छैन । ठूला लगानीकर्ताले बजारलाई चलायमान बनाईराख्ने भएकाले ठूला लगानीकर्ता बजार प्रवेश नगरेसम्म बजारको अवस्था यस्तै होला भनेर भन्न सकिने अवस्था छैन ।’

उनले सरकारले समेत पूँजीबजारलाई उकास्ने खालको नीति अबलम्बन गर्नुपर्ने र कार्यान्वयनमा ध्यान दिनुपर्ने बताए ।

Shivam Cement
Mahalaxmi Development Bank
CG Motors

कुन समूहमा भयो कतिको थपघट ?

आज कारोबारमा आएका १३ वटै समूहमध्ये एउटा बाहेक अन्य सबैमा रातो पोतियो । आज व्यापार समूह मात्रै बढ्यो । आज व्यापार समूह ०.५९ प्रतिशतले बढ्यो ।

यो दिन उत्पादन तथा प्रशोधन समूह सर्वाधिक अर्थात ०.८८ प्रतिशतले घट्यो । यस्तै बैंकिङ समूह ०.८४ प्रतिशत, विकास बैंक ०.३८, फाइनान्स ०.१०, होटल ०.४६, हाईड्रो ०.३८, लगानी ०.३०, जीवन बीमा  ०.६७, लघुवित्त ०.३०, म्युचुअल फण्ड ०.६५, निर्जीवन बीमा ०.७३ र अन्य ०.२८ प्रतिशतले घट्यो ।

सर्वाधिक कारोबार हुने कम्पनी

आज रिडी पावरको सर्वाधिक सेयर कारोबार भयो । यो कम्पनीको आज ४७ करोड २४ लाख बढीको सेयर कारोबार भयो । यस्तै आँखुखोला जलविद्युतको २६ करोड ५९ लाख, सोलु हाईड्रोपावरको २३ करोड ७९ लाख, नेशनल हाईड्रोपावरको १९ करोड ४२ लाख र खानीखोला हाईड्रोको १६ करोड ९३ लाख बढीको सेयर कारोबार भयो ।

सर्वाधिक कमाउने र गुमाउने कम्पनी

आज कारोबारमा आएका कम्पनीहरुमध्ये एउटा मात्रै कम्पनीको सेयरमूल्यमा अपर सर्किट लाग्यो । आज अपर लोहरे खोला हाईड्रोको सेयरमूल्यमा मात्रै अपर सर्किट लाग्यो ।

यस्तै कालंगा हाईड्रोको सेयरमूल्य ४.६२ प्रतिशत र सानिगाड हाईड्रोको सेयरमूल्य २.४६ प्रतिशतले बढ्यो ।  

यो दिन एलएस होराइजन१२ को मूल्य सर्वाधिक अर्थात ६.५० प्रतिशतले घट्यो । 

Garima Development Bank
Bizshala
Muktinath Bikas Bank Limited
Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.