बिहीबार, बैशाख ३१,२०८३ 07:12:52
Bizshala
  • बिहीबार, बैशाख ३१,२०८३ 07:12:52
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

नेप्सेमा दोहोरो अंकको गिरावट, कारोबार ४.७२ अर्बमा सीमित

Laxmi Sunrise Bank Limited
नेप्सेमा दोहोरो अंकको गिरावट, कारोबार ४.७२ अर्बमा सीमित
Shivam Cement

काठमाण्डौ । साताको चौथो कारोबार दिन आज पनि नेपाल स्टक एक्सचेञ्च (नेप्से) परिसूचकमा गिरावट आएको छ । आज नेप्से परिसूचक ०.५७ प्रतिशत अर्थात १५.६४ अंकले घटेर २ हजार ७२६.३३ विन्दुमा सीमित बनेको छ ।

यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.५७ प्रतिशतले घटेर ४७०.९४ विन्दुमा झरेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३२६ वटा स्क्रिप्टको १ करोड १३ लाख ४५ हजार ९९४ कित्ता सेयर ४ अर्ब ७२ करोड ८० लाख रुपैयाँभन्दा बढीको कारोबार भएको  छ ।

आजको बजारबारे नेपाल सेयरधनी संघका महासचिव सु्रज खड्का भन्छन्,  ‘पछिल्लो समय निरन्तर सेयरबजार घट्नुको मुख्य कारण नियामक निकायको कमजोरी हो । १५ मिनेटको व्यवस्थालाई निरन्तरता दिन खोज्नु, आईपीओ निष्कासनका लागि अनुमति दिईरहनु र प्रि–आईपीओबाट धमाधम पैसा बाहिरिनु जस्ता विषयले बजारमा सुधार आउन सकेको छैन । यसका साथै चाडपर्व नजिकिएकाले समेत बजारमा दबाब परेको छ ।’

Bizshala
New Office
CG Motors

उनले ब्रोकरको उधारोका कारण समेत बजार घटेको बताए ।  

अर्का बजार जानकार निमानन्द कंडेलले लगानीकर्ताको मनोबल खस्किएका कारण बजारमा निरन्तर गिरावट आईरहेको बताए । ‘प्राविधिक रुपमा पनि सपोर्ट लेभलबाट बजार फर्कन नसक्नु भनेको बजार कमजोर बन्दै गरेको र दशैं अघि ठूलो मूभ आउन नसक्नु हो,’उनले भने ।    

यो दिन नेप्सेमा सूचीकृत १३ वटा समूहमध्ये दुईवटा बाहेक अन्य सबै समूहमा रातो पोतियो । आज म्युचुअल फण्ड समूह ०.३२ र व्यापार समूह ०.०७ प्रतिशतले बढे ।  

होटल्स समूह आज सर्वाधिक घट्यो । यो समूह आज ०.९३ प्रतिशतले घट्यो । बैंकिङ समूह पनि आज ०.४९ प्रतिशत,विकास बैंक ०.९२, फाइनान्स ०.५९, हाईड्रो ०.९४, लगानी ०.४९, जीवन बीमा ०.५३, उत्पादन तथा प्रशोधन ०.४६, लघुवित्त ०.७०, निर्जीवन बीमा ०.२६ र अन्य समूह ०.२७ प्रतिशतले घट्यो ।  

धेरै कारोबार गर्ने कम्पनीहरु

यो दिन युनियन हाईड्रोपावरको सर्वाधिक सेयर कारोबार भयो । आज यो कम्पनीको ३३ करोड ८० लाख बढीको सेयर कारोबार भयो । लिबर्टी इनर्जीको पनि आज २७ करोड ३७ लाख, नेपाल पुनर्बीमा कम्पनीको २६ करोड १५ लाख, हिमालयन रि इन्स्योरेन्सको २४ करोड ९४ लाख र पञ्चकन्या माई हाईड्रोको १३ करोड ४४ लाख बढीको सेयर कारोबार भयो ।  

धरै कमाउने र गुमाउने कम्पनीहरु

आज नेप्सेमा कारोबार भएको एउटा कम्पनीको सेयरमूल्यमा मात्रै अपर सर्किट लाग्यो । हिम स्टार उर्जा कम्पनीको सेयरमूल्यमा ९.९९ प्रतिशतको वृद्धिका साथ अपर सर्किट लाग्यो ।  

यस्तै युनियन हाईड्रोको सेयरमूल्य पनि ७.०३ प्रतिशतले बढ्यो ।

यो दिन लिबर्टी इनजीको सेयरमूल्य सर्वाधिक अर्थात ६.९९ प्रतिशतले घट्यो । यस्तै छ्याङदी हाईड्रोको सेयरमूल्य ६.४५ प्रतिशत, नेपाल रिपब्लिक मिडियाको ३.८८ र  सिक्लेस हाईड्रोको सेयरमूल्य ३.७६ प्रतिशतले घट्यो ।  

Garima Development Bank
Shivam Cement
IME remit
Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.