काठमाण्डौ । साताको चौथो कारोबार दिन सेयरबजारमा दोहोरो अंकको गिरावट आएको छ । नेप्से परिसूचक ३२.४४ अंकले घटेर २६५५.८८ विन्दुमा कायम भएको छ । नेप्सेमा सूचीकृत ३०८ कम्पनीको १ करोड ८४ लाख ७७ हजार ७०३ कित्ता सेयर किनबेच हुँदा ७ अर्ब ५७ करोड रुपैयाँमाथिको कारोबार भएको छ ।
आज बीमा समूहका दुईवटै उपसूचक घटेका छन् । जीवन बीमा उपसूचक ०.३३ प्रतिशत र निर्जीवन बीमा उपसूचक ०.९८ प्रतिशतले घटेको छ । आज ५ बीमा कम्पनीको मात्रै सेयरभाउ बढेको छ । सर्वाधिक कमाउने वा सेयरभाउ बढ्ने बीमा कम्पनीमा नेपाल माइक्रो इन्स्योरेन्स रहेको छ । कम्पनीको सेयरभाउ ९.९९ प्रतिशतले बढेर ८६१.७० रुपैयाँ पुगेको छ ।
त्यस्तै, क्रेष्ट माइक्रो लाइफको ९.९९ प्रतिशत, प्रभु महालक्ष्मी लाइफको २.३९ प्रतिशत, हिमालयन लाइफको ०.३९ प्रतिशत र सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको ०.०९ प्रतिशतले सेयरभाउ बढेको छ । आज सर्वाधिक गुमाउने बीमा कम्पनीमा भने नेपाल रि इन्स्योरेन्स र हिमालयन रि इन्स्योरेन्स रहेको छ । नेपाल रिको सेयरभाउ २.१८ प्रतिशतले घटेर १२८०.४० रुपैयाँ र हिमालयन रि को सेयरभाउ २.१२ प्रतिशतले घटेर ९९७.६५ रुपैयाँ कायम भएको छ ।
त्यस्तै, युनाइटेड अजोडको २.०३ प्रतिशत, सानिमा जिआइसीको १.७३ प्रतिशत, नेपाल इन्स्योरेन्सको १.७१ प्रतिशत, हिमालयन एभरेष्टको १.४४ प्रतिशत, एशियन लाइफको १.४२ प्रतिशत, सलिकोको १.४२ प्रतिशत, आइजीआई प्रुडेन्सियलको १.३५ प्रतिशत, रिलायबल नेपाल लाइफको १.३४ प्रतिशत, एनएलजीको १.३२ प्रतिशत, नेको इन्स्योरेन्सको १.३० प्रतिशत, गार्डियन माइक्रो लाइफको १.२३ प्रतिशत, एलआइसी नेपालको ०.८७ प्रतिशत, सानिमा रिलायन्स लाइफको ०.८७ प्रतिशत, प्रभु इन्स्योरेन्सको ०.८५ प्रतिशत, सिद्धार्थ प्रिमियरको ०.८२ प्रतिशत, नेपाल लाइफको ०.७५ प्रतिशत, आइएमई लाइफको ०.७२ प्रतिशत, सुर्यज्योति लाइफको ०.४८ प्रतिशत, आरबीसीएलक ०.४० प्रतिशत, हिमालयन लाइफको ०.३० प्रतिशत, नेशनल लाइफको ०.२२ प्रतिशत र सन नेपाल लाइफको ०.०६ प्रतिशतले घटेको छ ।