बिहीबार, बैशाख ३१,२०८३ 07:09:42
Bizshala
  • बिहीबार, बैशाख ३१,२०८३ 07:09:42
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

१९ बीमा कम्पनीको सेयरभाउ बढ्यो, सर्वाधिक कमाउनेमा नेको इन्स्योरेन्स

Laxmi Sunrise Bank Limited
१९ बीमा कम्पनीको सेयरभाउ बढ्यो, सर्वाधिक कमाउनेमा नेको इन्स्योरेन्स
Shivam Cement

काठमाण्डौ । साताको पहिलो कारोबार दिन सेयरबजारमा सामान्य अंकको बढोत्तरी भएको छ । नेप्से परिसूचक २.६१ अंकले बढेर २५८८.८५ विन्दुमा कायम भएको छ । नेप्सेमा सूचीकृत ३२४ कम्पनीको ७६ लाख ३३ हजार ९८ कित्ता सेयर किनबेच हुँदा ३ अर्ब ८६ करोड ७७ लाख रुपैयाँमाथिको कारोबार भएको छ । 

नेप्सेमा रहेका १३ उपसूचकमध्ये आज ८ वटा समूह बृद्धि भएका छन् भने ५ वटा उपसूचक घटेको छ । बीमा समूहका दुईवटै उपसूचक बढेको छ । जीवन बीमा समूह ०.२७ प्रतिशत र निर्जीवन बीमा उपसूचक ०.०४ प्रतिशतले बृद्धि भएको छ । आज १९ वटा बीमा कम्पनीको सेयरभाउ बढेको छ । सर्वाधिक कमाउने वा सेयरभाउ बढ्ने कम्पनीमा नेको इन्स्योरेन्स रहेको छ । 

Bizshala
New Office
CG Motors

कम्पनीको सेयरभाउ १.४१ प्रतिशतले बढेर ९२९.९० रुपैयाँ कायम भएको छ । त्यस्तै, सानिमा जिआइसीको १.३८ प्रतिशत, नेपाल रि इन्स्योरेन्सको १.३० प्रतिशत, सगरमाथा लुम्बिनी इन्स्योरेन्सको १.३० प्रतिशत, नेपाल इन्स्योरेन्सको १.२५ प्रतिशत, सन नेपाल लाइफको १.२१ प्रतिशत, हिमालयन एभरेष्टको १.१४ प्रतिशत, आइएमई लाइफको १.०४ प्रतिशत, प्रभु इन्स्योरेन्सको ०.३८ प्रतिशत, नेपाल लाइफको ०.६६ प्रतिशत, सिटिजन लाइफको ०.६६ प्रतिशत, हिमालयन लाइफको ०.५४ प्रतिशत, एनएलजी इन्स्योरेन्सको ०.४१ प्रतिशत, हिमालयन रि को ०.३८ प्रतिशत, प्रभु महालक्ष्मी लाइफको ०.३५ प्रतिशत, आइजीआई प्रुडेन्सियलको ०.२४ प्रतिशत, एशियन लाइफको ०.१६ प्रतिशत र सुर्यज्योति लाइफको ०.०२ प्रतिशतले सेयरभाउ बढेको छ । 

Garima Development Bank
Shivam Cement
IME remit

आज सर्वाधिक गुमाउने कम्पनीमा भने राष्ट्रिय बीमा कम्पनी रहेको छ । कम्पनीको सेयरभाउ २.८३ प्रतिशतले घटेर १४ हजार ९०० रुपैयाँ कायम भएको छ । त्यसतै, शिखर इन्स्योरेनसको ०.७५ प्रतिशत, सिद्धार्थ प्रिमियरको ०.६३ प्रतिशत, रिलायबल नेपाल लाइफको ०.५२ प्रतिशत, सानिमा रिलायन्स लाइफको ०.४७ प्रतिशत र एलआइसी नेपालको ०.३६ प्रतिशतले सेयरभाउ घटेको छ।

Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.