शनिबार, मंसिर ६,२०८२ 10:24:40
IME remit
  • शनिबार, मंसिर ६,२०८२ 10:24:40
IME remit
Global IME Bank Limited

नेप्सेमा झिनो वृद्धि, जानकार भन्छन्,‘ धैर्य गर्नेले कमाउँछ र हरेक करेक्सन किन्ने अवसर’

Hyundai Nepal
नेप्सेमा झिनो वृद्धि, जानकार भन्छन्,‘ धैर्य गर्नेले कमाउँछ र हरेक करेक्सन किन्ने अवसर’
Shivam Cement

काठमाण्डौ । साताको चौथो कारोबार दिन आज पनि नेपाल स्टक एक्सचेञ्च (नेप्से) मा झिनो अंकको वृद्धि भएको छ । आज नेप्से परिसूचक ०.०७ प्रतिशत अर्थात २.११ अंकले बढेर २ हजार ९६८.४४ विन्दुमा पुगेको छ ।

यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.२३ प्रतिशतले बढेर ५३०.११ विन्दुमा पुगेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३३७ वटा स्क्रिप्टको ४ करोड १४ लाख ५४ हजार ६११ कित्ता सेयर १८ अर्ब ९० करोड ६३ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको  छ ।

आजको बजारबारे बजार जानकार अजयसिंह थापा(जयशम्भु) भन्छन्,  ‘पछिल्लो समयको बजारको गिरावट भनेको साइडवेज करेक्सन हो । २ हजार विन्दुतिर सेयर खरिद गरेका लगानीकर्ताले ३ हजारको मनोवैज्ञानिक विन्दुमा नाफा बुक गरेको देखिन्छ । प्राविधिक रुपमा पनि यो तेस्रो वेभ भित्रको सानो करेक्सन हो । बजारले इन्ट्रा डे करेक्सन हुँदै एक–दुई दिनमै सम्हालिन सक्छ ।’

आजको भोल्युम नाफा बुक गरेको भोल्युम भएकाले कम भएको र बजार ३०५० कटेपछि भने पुनः उच्च कारोबार हुन थाल्ने थापाले दाबी गरे ।  

अर्थशास्त्री सूर्यनारायण पौडेलले अहिले लगानीकर्ता दोधारमा रहेकाले र केहीले नाफा बुक गर्दा बजारमा दबाब आएको बताए । ‘करिब १९ अर्बको कारोबारलाई नराम्रो भन्न सकिदैन । अहिलेको बजारमा बेच्नेहरुले नै गुमाउनु परेको र बढेर खानु परेको अवस्था छ । त्यसैले यो बजारमा धैर्य गर्नेले कमाउने र हरेक करेक्सन किन्ने अवसर रहेको छ । ’

नीतिगत सहजता र ब्याजदर न्यून अवस्थामा भएका कारण डराउनु पर्ने अवस्था नरहेको पौडेल बताउँछन् ।    

CG Motors
New Office
Garima Development Bank

यो दिन नेप्सेमा सूचीकृत १३ वटा समूहमध्ये ५ वटा समूहमा मात्रै हरियाली छायो भने अन्य ८ वटा समूहमा रातो पोतियो । आज फाइनान्स समूहमा सर्वाधिक उछाल आयो । यो समूह आज ४.९९ प्रतिशतले बढेर ३९२६.८८ विन्दुमा पुग्यो ।  

यस्तै आज बैंकिङ समूह ०.५९ प्रतिशत, विकास बैंक ०.७२,लगानी ०.१२ र अन्य समूह ०.१८ प्रतिशतले बढ्यो ।  

आज व्यापार समूहमा सर्वाधिक गिरावट आयो । यो समूह आज २.०९ प्रतिशतले घट्यो । यस्तै होटल समूह १.०३ प्रतिशत,हाईड्रो समूह ०.७५,जीवन बीमा ०.१९,उत्पादन तथा प्रशोधन ०.४१,लघुवित्त ०.५४,म्युचुअल फण्ड ०.६४ र निर्जीवन बीमा समूह ०.६८ प्रतिशतले घट्यो ।  

धेरै कारोबार गर्ने कम्पनीहरु

यो दिन हिमालयन रि इन्स्योरेन्सको सर्वाधिक सेयर कारोबार भयो । आज यो कम्पनीको ६५ करोड ९५ लाख बढीको सेयर कारोबार भयो । अपि पावरको आज ४५ करोड ७२ लाख,एभरेष्ट बैंकको ४५ करोड ९ लाख,सानिमा माई हाईड्रोको ३६ करोड ८० लाख र सिईडिबि हाईड्रोको ३६ करोड ५२ लाख बढीको सेयर कारोबार भयो ।    

धरै कमाउने र गुमाउने कम्पनीहरु

आज नेप्सेमा कारोबार भएका ८ वटा कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट लाग्यो । आज कर्पोरेट डेभलपमेन्ट बैंक,सिन्धु विकास बैंक, रिलायन्स फाइनान्स,दोल्ती पावर,मल्टीपर्पस फाइनान्स,सिईडिबि हाईड्रोपावर,सगरमाथा जलविद्युत र ग्रिन डेभलपमेन्ट बैंकको सेयरमूल्यमा अपर सर्किट लाग्यो ।  

यो दिन कर्णली डेमलपमेन्ट बैंकको सेयरमूल्यमा लोअर सर्किट लाग्यो । यस्तै मातृभूमि लघुवित्तको सेयरमूल्य ५.९८ प्रतिशत,सम्पदा लघुवित्तको ५.४८, सिटी होटलको ४.१५ र बलेफि हाईड्रोको सेयरमूल्य ४.०५ प्रतिशतले घट्यो ।    

Laxmi Sunrise Bank Limited
Shivam Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
IME remit
Mahalaxmi Development Bank
Bizshala
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.