IME remit
  • बिहीबार, श्रावण २९,२०८२ 06:25:36
IME remit
Global IME Bank Limited

नेप्सेमा झिनो अंकको सुधार, कारोबार पनि बढ्यो

Hyundai Nepal
नेप्सेमा झिनो अंकको सुधार, कारोबार पनि बढ्यो
Shivam Cement

काठमाण्डौ । साताको अन्तिम कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च (नेप्से) झिनो अंकले बढेको छ । आज नेप्से परिसूचक ०.०९ प्रतिशत अर्थात २.६२ अंकले बढेर २ हजार ७८८.३६ विन्दुमा पुगेको छ ।

यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स भने ०.१९ प्रतिशतले घटेर ४७८.८२ विन्दुमा सीमित बनेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३२० वटा स्क्रिप्टको १ करोड ९२ लाख ५८ हजार ४४५ कित्ता सेयर ७ अर्ब ४६ करोड ४१ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको  छ ।

अघिल्लो दिन भने ६ अर्ब १६ करोड बढीको कारोबार भएको थियो ।  

Shivam Cement
Muktinath Bikas Bank Limited

आजको बजारबारे नेपाल सेयरधनी संघका अध्यक्ष घनश्याम पाण्डे भन्छन्,‘केही संस्थापहरुले लकिङ नखुल्दै सेयर बेचेर बजारबाट निस्किएका कारण अहिले बजार सुृस्त बनेको छ । यद्यपी कम्पनीहरुको रिपोर्ट भने राम्रै आएको छ । यो साता केही साइडवेज रहेतापनि आजबाट भने बजार सम्हालिएको देखिनछ ।’  

यस्तै अर्थशास्त्री सूर्यनारायण पौडेल भन्छन्,  ‘यो वर्ष चाडपर्वहरु अन्य वर्षको तुलनामा छिटो परेका छन् । यही कारण अटो तथा अन्य सम्पत्ति खरिद गर्नेहरु र चाडपर्वका लागि सामाग्री आयात गर्नेहरु र म्युचुअल फण्डहरुले लाभांश प्रदान गर्न सेयर बिक्री गर्दा बजार साइडवेज चलेको छ । यद्यपी यो बुलभित्रकै करेक्सन हो । बजारमा बुलक सकिएको छैन ।’

त्यसैले आत्तिएर सेयर बेच्नु पर्ने कुनै कारण नभएको उनले बताए । उनका अनुसार प्राविधिक रुपमा पनि बजार २७८० आसपासबाट फर्कन सक्ने उच्च सम्भावना रहेको छ ।  

यो दिन नेप्सेमा सूचीकृत १३ वटा समूहमध्ये ८ वटा समूहमा हरियाली छायो भने अन्य ५ वटा समूहमा भने रातो पोतियो ।  

धेरै कारोबार गर्ने कम्पनीहरु

यो दिन नेपाल पुनर्बीमा कम्पनीको सर्वाधिक सेयर कारोबार भयो । यो कम्पनीको आज ४७ करोड १७ लाख बढीको सेयर कारोबार भयो । एनआरएन इन्फ्रास्ट्रक्चरको पनि आज ४१ करोड ७७ लाख, बलेफि हाईड्रोको ३६ करोड ८४ लाख, हिमालयन रि इन्स्योरेन्सको २२ करोड ६५ लाख र साहस उर्जाको २२ करोड ३३ लाख बढीको सेयर कारोबार भयो ।  

धरै कमाउने र गुमाउने कम्पनीहरु

आज नेप्सेमा कारोबार भएको एउटा कम्पनीको सेयरमूल्यमा मात्रै अपर सर्किट लाग्यो । यो दिन नेपाल रिपब्लिक मिडियाको सेयरमूल्य ९.९९ प्रतिशतले बढ्यो ।  

यस्तै पञ्चकन्या माई हाईड्रोको सेयरमूल्य ५.५६ प्रतिशत,राधी विद्युत कम्पनीको ४.४३ र अपर स्याङ्गे हाईड्रोको सेयरमूल्य ४.२२ प्रतिशतले बढ्यो ।  

नेपाल बैंकको सेयरमूल्य आज सर्वाधिक अर्थात ५.९१ प्रतिशतले घट्यो ।  

Nepal Investment Mega Bank Limited
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.